बर्दियाको बारबर्दिया नगरपालिकामा रहेको साना किसान कृषि सहकारि संस्था लिमिटेडको १८ औ वार्षिक साधरण सम्पन्न गरिएको छ ।
Insert your Ads code here
बारबर्दिया नगरपालिकाकी उपप्रमुख अञ्जु दहितको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा संस्थाको विविधि क्रियाकलाप, आर्थिक क्रियाकलाप लगायतको प्रस्तुत गरिएको थियो ।
सहकारी सस्थाका अध्यक्ष जगन्ननाथ कडेलको सभापतित्वमा उक्त १८ औं साधारण सभा गरिएको हो । साना किसान कृषी सहकारी संस्थाले उक्त क्षेत्रमा २ सय ८१ वटा समुहमा गरि १ हजार ९ सय ३६ जना शेयर सदस्यहरु आबद्ध रहेको संस्थाले जनाएको छ । सहकारि संस्था लिमिटेड पदनाहाले गर्दै आएको १६ करोड बराबरको आर्थिक प्रतिबेदन संस्थाका सहायक प्रबन्धक सीता पोखरेलले प्रस्तुत गर्नु भएको थियो ।
संस्थामा आबद्ध शेयर सदस्यहरूलाई रासायनिक मलखाद बिक्री वितरण, पशुपालक तथा मासुजन्य व्यवसायका लागी न्युन ब्याजदरमा ऋण लगानि गरिरहेको संस्थाले कार्यक्रममा जनाएको छ । तरकारिको बीउ बितरण गर्ने गरेको उक्त सहकारी संस्थाले कोभिड १९ को संक्रमण रोकथामका लागि बारबर्दिया नगरपालिकालाई रु ५० हजार रुपैया सहयोग समेत गरीसकेको छ ।
पछिल्लो समय बर्दियाका किसानहरुले आफुले उत्पादन गरेको धान सरकारी मुल्य भन्दा कममा बेच्न बाध्य भएको सय साना किसान कृषी सहरकारी संस्था लिमिटेडले भने कृषकहरूको धान सरकारले तोकेको दररेटमै खरिद गरिरहेको अध्यक्ष जगन्नाथ कंडेलले जानकारी दिनु भयो ।