Loading... आजः आइतबार , बैशाख १४, २०८२

साना िकसानले ताेक्याे धानकाे मुल्य


बिनाेद चन्द  सानाे श्री वर्दिया

सानाकिसान कृषि सहकारी सस्था लिमिटेड सानो श्री वर्दियाले धानको समर्थन मुल्य तोकेको छ ।

Insert your Ads code here

सानाकिसान सहकारी सस्था लिमिटेडको सञ्चालन समिति अध्यक्ष धर्मराज थापाको अध्यक्षतामा वसेको वैठकले मोटा धानको मुल्य प्रति क्विन्टल २ हजार ५ सय २५ र मसिनो धानको मुल्य ३ हजार २५ निर्धारण गरेको छ ।

वैठकले धानको मुल्य निर्धारण गरे सगँै धान खरिद पनि सुरु गरेको संस्थाका अध्यक्ष धर्मराज थापाले वताउनु भयो । उहाले भन्नु भयो वजारमा व्यापारीहरुले मोटा धान २ हजार १ सयमा खरिद गरिरहेका वेला साना किसान कृर्षि सहकारीले धानको मुल्य निर्धारण गरी धान खरिद गर्न लागेकाले कृषकहरुलाई केही राहत हुने वताउनु भयो ।

थापाले आफुहरुले पहिलो पटक धानको सर्मथन मुल्य निर्धारण गरेकाले व्यवस्थापनमा अली कठिनाई भएको र मुल्य निर्धारणमा केही ढिलो हुन गएकाले किसानहरुलाई मर्का परेका भन्दै आगामी दिनहरुमा असोजको पहिलो साता नै धानको मुल्य निर्धारण गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।
त्यस्तै ताराताल सानाकिसान कृर्षि सहकारीले पनि सोही मुल्य निधारर्ण गरि धान खरिद गरिरहेको छ ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!