Loading... आजः बुधबार , फाल्गुन ७, २०८१

सान्जेन जलविद्युत् आयोजनामा नेपाली सेनाले सुरक्षा दिने


रसुवामा निर्माणाधीन सान्जेन जलविद्युत् आयोजनाको सुरक्षाको जिम्मा नेपाली सेनाले पाएको छ। विश्वव्यापी फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमणको रोकथाम तथा सीमा सुरक्षाको लागि सशस्त्र प्रहरीलाई सीमामा खटाउने सरकारको नीति अनुसार नेपाली सेनालाई जिम्मेवारी दिइएको नागरिक अनलाइनले लेखेको छ।

यसअघि यो आयोजनामा सान्जेन हाइड्रोपावर सुरक्षा वेस, सशस्त्र प्रहरी बल नेपालले सुरक्षा दिँदै आएको थियो। सशस्त्र प्रहरीलाई सीमा नाकामा लक्षित गर्ने सरकारको नीति अनुसार आयोजनामा सेनाले सोमबारदेखि जिम्मेवारी लिएको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले बताउनुभयो। ‘जिल्लाको विभिन्न जलविद्युत् आयोजनामा नेपाली सेनाले नै सुरक्षा दिँदै आएको छ’, उहाँले भन्नुभयो, ‘सान्जेनमा यसअघि सशस्त्र प्रहरीले सुरक्षा दिँदै आएको थियो।’

यो आयोजनामा सेनाले कति समयसम्मका लागि सुरक्षा दिन्छ भन्ने एकिन भएको छैन। हरेक विषम परिस्थितिमा सशस्त्र प्रहरी बल, नेपाल जनताको सेवामा समर्पित हुँदै आएको र अहिले सीमा सुरक्षाको विषय महत्वपूर्ण भएकाले सोही अनुसार कार्य गर्ने सशस्त्र प्रहरी बल नेपाल २० नम्बर गुल्मका सशस्त्र प्रहरी नायव उपरीक्षक किरण पौडेलले बताउनुभयो।

महत्वपूर्ण प्रतिष्ठान, कारागार र आयोजनामा खटिएका सशस्त्र प्रहरीका कर्मचारीलाई फिर्ता गर्ने गरी नेपाली सेना खटिने सरकारले जनाएको छ।

Insert your Ads code here

अहिले जिल्लामा निर्माण भइरहेका विभिन्न जलविद्युत् आयोजनामा नेपाली सेनाले सुरक्षा दिँदै आएको छ। जिल्लामा अहिले एक दर्जन भन्दा बढी जलविद्युत् आयोजना निर्माण भइरहेका छन्।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!