Loading... आजः शुक्रबार , श्रावण ११, २०८१

सामाजिक कल्याण गुठि (आमा घर) कालिमाटी रवि भवनमा फलफुल, स्वास्थ्य सामाग्री वितरण गरेको छ ।


नेपाल तरुण दल केन्द्रिय समितिले वृद्धावस्था व्यवस्थापन तथा सामाजिक कल्याण गुठि (आमा घर) कालिमाटी रवि भवनमा (फलफुल, स्वास्थ्य सामाग्री) वितरण गरेको छ । नेपाली काँग्रेसका तत्कालिन पार्टी सभापति एवं पुर्व प्रधानमन्त्री स्वर्गीय सुशील कोइराला ज्युको ८१ औं जन्म जयन्ती तथा अन्तरराष्ट्रिय युवा दिवसको अवसरमा नेपाल तरुण दल केन्द्रिय समितिले उक्त सामाग्री वितरण गरेको हो ।

कोरोना भाईरसको जोखिमलाई ध्यानमा राखेर तरुण दलले छोटो कार्यक्रम गरेको हो । कार्यक्रममा नेपाल तरुण दलका केन्द्रिय अध्यक्ष जित जंग बस्नेत, उपाध्यक्ष उत्तम चापागाईं, कोषाध्यक्ष विद्वान गुरुङ लगायतको उपस्थिति रहेको थियो । त्यसै गरी कार्यक्रममा सहयोग पुर्याईदिने नेपाली काँग्रेस ललितपुर जिल्ला कार्यसमितिका आ. सदस्य सन्तोष राज केसी र नेपाल विद्यार्थी संघका पुर्व केन्द्रिय सदस्य रवि थापालाई नेपाल तरुण दल केन्द्रिय समितिले धन्यवाद समेत दिएको छ ।

Please follow and like us:

Insert your Ads code here


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!