Loading... आजः शनिबार , श्रावण १२, २०८१

सामाजिक सस्कार सिकाउन जरुरी रहेको नगर प्रमुख दिपेश थारुको भनाई बिबाह निम्तो कार्डमा जन्म मिति उल्लेख गरीनु पर्ने


 

बर्दिया राजापुर
राजापुर नगरपालिका नगर प्रमुख दिपेश थारुले विकृती फैलाउने संस्कृती राम्रो समाजमा बढीरहेकोले अब हामीले हाम्रो बालबालिकाहरुलाई सामाजिक संस्कार सिकाउन जरुरीरहेको बताउदै राम्रो अहिले कुलतमा लाग्ने हरुको सख्या बढीरहेकोले त्यसलाई कम गर्न तपाई हामी लाग्नु पर्ने बताउनु भएको छ ।


राजापुर नगरपालिका वडा नं ६ ले आयोजना गरेको बालविवाह न्युनिकरण तथा लागु पदार्थ दुव्यसन सम्बन्धी अभिमुखीकरण अभियान कार्यक्रममा बोल्दै प्रमुख अतिथी राजापुर नगरपालिका प्रमुख दिपेश थारुले सो कुरा बताउनु भएको हो ।
प्रमुख अतिथी प्रमुख दिपेश थारुले बिगतमा राजापुर नगरपालिकामा ४७ प्रतिशत बाल बिवाह हुने गरेकोमा हाल ३२ प्रतिशतमा झरेको, राजापुर नगरपालिकाको सबै भन्दा बढी बालविवाह वडा नं ६मा हुने गरेकोमा सबैका प्रयासबाट अहिले सबै भन्दा कम बाल विवाह हुने वडा नं ६ रहेकोबताउदै अब हाम्रो समाजमा बढी रहेको कुलतलाई कम गर्न तपाई हामी लाग्नु पर्ने बताउनु भयो ।
हाम्रो बाल बालिकाहरुले हाम्रो सस्कार र सस्कृतीलाई भूल्दै गइरहेको कारण सामाजिक सस्कार सिकाउन पनि जरुरीरहेको नगर प्रमुख दिपेश थारुले बताउदै यस क्षेत्रको विकास गर्न तपाई हामीनै लाग्नु पर्ने अरुले बनाई दिने होइन बताउदै हाम्रो समाज राम्रो समाज बनाउन हामी सबै मिलेर लाग्नु पर्ने बताउनु भयो ।

Insert your Ads code here

कार्यक्रमका समापति वडा नं ६का अध्यक्ष असराज न्यौपानेले राजापुरनगरपालिकान वडा नं ६लार्इृ बाल विवाह मुक्त वडा बनाउन लागि परेको बताउदै वडा वासी अगुवा व्यक्तीत्व हरु सबैको साथ र सहयोग आवश्यक्त रहेको बताउनु भयो ।
स्वागत मन्तव्य राख्दै वडा सदस्य बलविर रानाले यहाँ हुने हरेक कार्यक्रमहरुमा अनिवार्य रुपमा बाल विवाह न्यूनिकरण जानकारी दिनु पर्ने र पाठ्यक्रममा पनि यस सम्बन्धी बिषय राख्नु पर्ने बताउनु भयो ।
वडा सचिब अनिता चौधरीले संचालन गर्नु भएको कार्यक्रममा जनप्रतिनिधि , कर्मचारी , विभिन्न संघ संस्थाका प्रमुख एम प्रतिनिधि बरघरहरु महिला स्वास्थ्य स्वयम् सेविका, धर्म गुरु, प्रहरी प्रतिनिधि , शिक्षक, बुद्धिजिबी लगायत वडा भित्रका सम्पूर्णअगुवाहरुको उपस्थितिमा बालबिवाह नगर्ने र गर्न नदिने भनि प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेका थिए ।
साझा प्रतिबद्धता पत्रमा बालबालिकाहरुको सम्पुर्ण अधिकार सुनिश्चित तथा संरक्षणका सवालमा गम्भिर हुने । बालबिवाह नहोस भन्नका लागि पैरवी गर्ने, जन्म उमेरको कागजातको आधारमा २० बर्ष पुरा भएको नभएको निक्र्यौल गरी केटा र केटी दुबैको उमेर २० बर्ष भन्दा कम भए खण्डमा लगन जुराउने काम नगर्ने, हरेक धर्म गुरु, स्वयमसेविका र बरघरहरुले आफ्नो समुदायमा २० बर्ष पुरा नभई विवाह गर्नु हुदैन भन्ने जानकारी दिने आ आफ्नो समुदायमा यौन तथा प्रजनन स्वास्थ्य अधिकार को वारेमा सचेतना फैलाउने , बाल विवाह गराउन खोजिएको खण्डमा स्थानिय निकाय प्रहरी तथा सम्बन्धी निकायमा खबर गर्ने, बालविवाहको निम्तो बहिस्कार गर्ने तथा अनिवार्यरुपमा विवाहको कार्डमा जन्ममिती तथा यो विवाह बालविवाह होइन उल्लेख गर्नु पर्ने जस्ता रहेको छ ।
साथै अबदेखि बिवाहाकोलागि निमन्त्रणा छ्पाउदा दुलहा र दुलहीको जन्म मिति अनिवार्य लेख्ने र बालबिबाह गर्नेहरुलाइ समाजिक बहिष्कार गर्ने निर्णय समेत भएकोछ ।
सो कार्यक्रम राजापुर नगरपालिका वडा नं ६ वडाकार्यालयको आयोजना राधाकृष्ण जनसेवा केन्द्र, कारितास नेपाल , बिग्रुप, लगाएतका संस्थाको समन्वय गरीएको थियो ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!