Loading... आजः शुक्रबार , श्रावण ११, २०८१

सामान भण्डारण गर्ने ट्राञ्जिट क्याम्प बनाउन वरिष्ठ मन्त्रीहरूको निरिक्षण भ्रमण


गान्तोक, 22 अप्रेल। कोरोना भाइरसको बड्ने प्रकोपको सम्भावनालाई ध्यानमा राख्दै सिक्किम सरकारले सतर्कताको विभिन्न प्रयासहरूलाई अघि सारेको छ। यही क्रममा मुख्यमन्त्री प्रेमसिंह तामाङको निर्देशमा कृषि तथा बागवानी मन्त्री लोकनाथ शर्मा, उद्योग तथा वाणिज्य मन्त्री बीएस पन्त, शहरी विकास तथा आवास मन्त्री अरुण उप्रेती, यातायात मन्त्री सञ्जित खरेल र विद्युत मन्त्री एमएन शेर्पालगायत सिक्किम पुलिसका एडीजीपी (कानुन आदेश) अक्षय सचदेवा अनि विबागीय अधिकारीहरूले आवश्यक सामाग्रीहरूको ट्राञ्जिट भण्डारण बनाउने विषयमा दक्षिण सिक्किमको थलथले, रम्फू र माझिटारको कोल्ड स्टोरेजको निरिक्षण भ्रमण गरे। भ्रमणपछि पत्रकारहरूसित कुराकानी गर्दै मन्त्री शर्माले हिजो राजधानीमा मुख्यमन्त्री तामाङको अध्यक्षतामा बसेको उच्चस्तरीय वैठकले सिक्किम ल्याइने विभिन्न आवश्यक सामाग्रीलाई 48 घण्टाको निम्ति ट्राञ्जिट क्याम्पमा राख्दा अझ सुरक्षित हुने विषलाई ध्यानमा राख्दै मन्त्रीगणलाई यसको निम्ति ठाउँ हेर्ने आदेश दिए बमोजिम आज निरिक्षण गरिएको बताए। यसबारेमा थलथलेको निरिक्षणपछि रम्फू र माइनिङको कोल्ड स्टोरेजमा पनि सम्भावना खोजिएको अनि विस्तृत जानकारी सहित मुख्यमन्त्रीलाई प्रतिवेदन दिएपछि निर्णय लिइने बताए।

विशेष गरेर राज्य बाहिरबाट आउने प्याज, टमाटर आदिको सहित आवश्यक सामानहरू 48 घण्टासम्म राखेरमात्र राज्यको ठाउँ-ठाउँमा पठाउँदा कोरोना भाइरसको सङ्क्रमण अझ कम हुने भएकोले गर्दा कोरोना भाइरसबाट अक्षुण्ण रहेको अवस्थालाई यस्तै बनाइराख्न गरिने पहलहरूमध्ये यो पनि एउटा रहेको बताए। ट्राञ्जिट क्याम्पकोरूपमा माझिटार र रम्फूको कोल्ड स्टोरेजलाई प्रयोग गर्न सकिने जसमा 22-23 हजार मेट्रिक टन सामान राख्न सकिने भएकोले त्यसलाई प्रयोग गर्न सकिने सम्भावना पनि रहेको बताए। यसरी नै कृषि बागवानी विभागको तर्फबाट विशेष गरेर राज्यका पुष्प खेतीका किसानहरूको निम्ति कोरोना भाइरसको कारण पुगेको क्षतिलाई ध्यानमा राख्दै केही सहयोग राशी प्रदान गर्ने सरकारले निर्णय गरेको अनि यसबारे अहिले सर्वेक्षण भइरहेको बताए।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!