सरकारले कोभिड-१९ कोरोना भाइरस फैलिन नदिन अत्यावश्यक कामका बाहेक आवतजावत गर्न रोक लगाएको छ। बुधबार बसेको रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकको अत्यावश्यक हिँडडुल गर्न रोक लगाउने निर्णय गरेको हो।
बैठकको निर्णय अनुसार अब सार्वजनिक स्थलहरुमा २५ जना भन्दा बढी मानिस भेला हुन नपाइने भएको छ। ‘सांस्कृतिक, सामाजिक र त्यस्तै कार्यमा पार्टी प्यालेस, मठमन्दिर, गुम्बा, मस्जिद, चर्च जस्ता धार्मिक र सार्वजनिक स्थलमा २५ जना भन्दा बढी मानिस भेला हुन बन्द हुनेछ’ निर्णयमा भनिएको छ।
उक्त अनुगमन गृहमन्त्रालय एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गर्ने बताइएको छ।
Insert your Ads code here
त्यस्तै सरकारले चैत मसान्तसम्म सबै विद्यालय र कलेज बन्द गर्ने निर्णय गरेको हो। ‘चैत ६ गतेदेखि सञ्चालन हुन गइरहेको एसईई परीक्षा प्रत्येक केन्द्रहरुमा स्वास्थ्य जाँचसहितको हेल्थ डेस्क स्थापना गरी सुरक्षित एवम् व्यवस्थित रुपमा सम्पन्न गर्ने’, बैठकपछि सार्वजनिक विज्ञप्तिमा भनिएको छ, ‘तर बाल विकास केन्द्र, आधारभूत तथा माध्यमिक विद्यालयहरु र विश्वविद्यालयहरुमा पठनपाठन २०७६ चैत मसान्तसम्मका लागि बन्द गर्ने।’