Loading... आजः शनिबार , श्रावण १२, २०८१

सालक संरक्षणमा ध्यान नदिदा देखिन छाड्यो बर्दियामा


दीपकलाल श्रेष्ठ
चैत्र २० गते । सरकारले बाघ, गैंडा, चितुवा, कस्तुरी, भालु र रातो हाब्रेसँगै सालकलाई पनि अति संकटापन्न जनावरको सूचीमा राखेको छ। सालकको बिगत दशक देखिरहने गरेको थियो बर्दियामा । पहिले पहिले सालक देखिए पनि हाल बर्दियामा सालक देखिन छाडेको धेरै भएको डिभिजन वन कार्यालय बर्दियाका प्रमुख वन अधिकृत प्रवीण बिडारी ले जानकारी दिनुभयो । बर्दियामा सालक सम्बन्धि अध्ययन पनि नगरिएको र
सात बर्ष पहिले सालक देखिएको तथ्याङ्क रहेको तर त्यसपछि हाल सम्म सालक कहि पनि नदेखिएको समेत वन अधिकृत बिडारी ले भने ।
लजालु र कसैलाई नोक्सानी नपुर्याउने सोझो वन्यजन्तु मानिन्छ सालक। चोरि सिकारी वासस्थान विनासका कारण लोपोन्मुख यो स्तनधारी जीवलाई जोगाउन नेपाल सहित विश्वभरिका संरक्षणकर्मी चिन्तित रहेका छन ।
एसिया र अफ्रिकामा सालका ८ प्रजाति अस्तित्वमा छन्। तर, प्रत्येक दिन संसारभर ३०० वटा सालक मारिने अनुमान छ। नेपालमा कालो खबटा भएको चाइनिज प्याङ्गोलिन र फुस्रो खबटा भएको इन्डियन प्याङ्गोलिन पाइन्छ। तीमध्ये चाइनिज प्याङ्गोलिन विश्वकै अति संकटापन्न सूचीमा पर्छ। नेपालमा पाइने स्तनधारीमध्ये यो एउटै मात्र अन्तर्राष्ट्रिय रूपमै अति संकटापन्न वन्यजन्तु हो।
बर्दियामा ७ बर्ष अघि साबित मधुवन नगरपालिका ७ गंगाबस्तीमा डिभिजन वन कार्यालय बर्दियाले एक सालक उद्धार गरेको थियो तर सो उद्धार गरिएको सालक बर्दिया राष्ट्रिय निकुञ्जलाई जिम्मा लगाइएको डिभिजन वन कार्यालय बर्दियाका सुचना अधिकारी द्रोणराज शर्माले बताए।
 वन तथा भूसंरक्षण मन्त्रालयको सालक सर्वेक्षणको टोलीले जिल्लाहरुमा गरेको पछिल्लो तथ्याङ्कअनुसार नेपालमा हाल ४३ जिल्लामा सालक रहेको पाइन्छ।
सालक एकदमै कम देखिने स्तनधारी वन्यजन्तु रहेको र बर्दिया राष्ट्रिय निकुञ्जमा सालक एकदमै कम देखिने गरेको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख अशोक भण्डारीले जानकारी दिए।
 “नेपालमा कालो सालक र तामे सालक मात्र पाइने गरेको छ, सालकलाई संकटापन्न सूचीमा राखेपनि जिल्ला मात्र होइन नेपालमै सालकको संख्याको बारेमा तथ्याङ्क नरहेको राष्ट्रिय प्रकृति संरक्षण कोष(NTNC) बर्दियाका प्रमुख डा. रविन कनोडियाले बताए। सालक जमिन खनेर माटो भित्र बास बस्ने र बढि रातको समयमा आहारका लागि बाहिर आउने गरेको हुनाले स्थानीयले अलि कमै देखिने गरेको समेत डा. कनोडियाले जानकारी दिए। बर्दियामा सालक तथ्याङ्क र अध्ययन नगरिएकोले बर्दियामा सालक को अवस्था ठ्याक्कै यो रहेको भनेर भन्न नसकिने समेत डा. कनोडियाले भने ।
सालक विषेशगरी भारत, चीनलगायत एसियाली राष्ट्र र अफ्रिकाका उष्णभूभागमा पाइन्छ। सालकलाई किसानको साथी पनि भन्ने गरिन्छ। सालकले खेतीबाली र उत्पादनलाई हानी नोक्सानी गर्ने किराहरु समेत खाएर नियन्त्रण गर्दछ। सालकले एक बर्षमा करिब सात करोडभन्दा बढी किरा फट्यांग्रा खाने विश्वास गरिन्छ।
सालक विश्व मै बढी चोरी सिकार हुने प्रजातीमध्येको एक हो। सालकको अवैधरुपमा शिकार, कारोबार गर्नेलाई ५ देखि १५ वर्षसम्म कैद वा ५० हजारदेखि १ लाखसम्म जरिवानासहित दण्ड सजाय हुने पण्डितले जानकारी दिए।
Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!