साहित्यकार शंकरदेव ढकाललाई डॉ. शोभाकान्ति थेगिन (लेप्चा) स्मृति पुरस्कार 2020
गान्तोक, 26 जुन। डॉ. शोभाकान्ति थेगिम (लेप्चा) स्मृति पुरस्कार 2020 सिक्किमेली साहित्यकार शङ्करदेव ढकाललाई प्रदान गरिने भएको छ। डॉ. शोभाकान्ति थेगिम (लेप्चा) मेरोरियल ट्रस्टले प्रेस बयान जारी गरेर यसबारेमा घोषणा गरेको छ। साहित्यकार ढकाललाई उनको उपन्यास किरायको कोखलाई यो वर्षको पुरस्कार प्रदान गरिने ट्रस्टका अध्यक्ष डुप छिरिङ लेप्चाले बताएका छन्। ट्रस्टद्वारा स्थापित द्वीस्तरीय चयन समितिको सिफारिसअनुसार गान्तोक पूर्व सिक्किम निवासी शंकरदेव ढकाललाई 23औं डॉ. शोभाकान्ति थेगिम (लेप्चा) स्मृति पुस्कार प्रदान गरिने निर्णय भएको छ।
प्रारम्भदेखि नै दिवाङ्गत शोभाकान्ति थेगिम (लेप्चा) को जन्म दिन 4 जुलाइको दिन प्रदान गर्दै आएको हो। यो वर्ष भने कोविड 19 को वैश्विक महामारीला ध्यानमा राखेर पुसक्रा अलङ्करण समारोह पछि सारिएको ट्रस्टले बताएको छ। अनुकूल समय हेरे पुस्कार अलङ्करण समारोह आयोजन गरिने जानकारी दिइएको छ।
पूर्व सिक्किमको मध्य पाण्डममा पिता शिवलाल ढकाल र माता लक्ष्मीमाया ढकालको घर गढी कर्मीथाङमा 15 जुलाई 1962 जन्मिएका साहित्यकार ढकालको पुरस्कृत उपन्यास किरायको कोख बाहेक, 2007 सालमा उखान लोकप्रचलित कथन का व्यख्यान (हिन्दी) प्रकाशित छ भने 2008 सालमा झार्लाङ्गी (खण्डकाव्य) 2009 सालमा हिन्दी भाषामा सिक्किम के पारम्परिक लोकनाट्यः बालुन, 2009 सालमा कालोभारी उपन्यास, 2010 सालमा सिक्किम टिचर्स ह्याण्ड बुक, 2011 सालमा बालसुधा सागर (बाल साहित्य) प्रकाशित भइसकेको छ। यसैगरि उनलाई बालसुधा सागरमा साहित्य अकादमी नयाँ दिल्लीले बाल साहित्य पुरस्कार पनि प्रदान गरिसकेको छ। यस अतिरिक्त उनले 1987 मा नेपाली डाइजेस्ट बिजुवाको सम्पादन गरेका थिए। जुन देशको राजधानी नयाँ दिल्लीबाट प्रकाशित हुने प्रथम नेपाली पत्रिका रहेको बताइको छ। जसको निरन्तर सम्पादन र प्रकाशन 1990 सालसम्म जारी राखेका थिए। हाल उनी सिक्किम सरकारको मुख्यमन्त्री कार्यालयमा मुख्यमन्त्रीका सचिवको पदमा कार्यरत रहेका छन्
तपाइँकाे प्रतिक्रिया
