Loading... आजः शनिबार , श्रावण १२, २०८१

साहित्यकार सलोन कार्थकले थापे नेपाली भाषाको साहित्य अकादमी


गान्तोक, 26 फरवरी। भारतको मान्यताप्राप्त 23वटा भाषा सितै नेपाली भाषाको निम्ति साहित्यकार सलोन कार्थोकले वर्ष 20202 को निम्ति साहित्य अकादमी पुरस्कार ग्रहण गरे। नयाँ दिल्लीमा मङ्गलबार आयोजित भव्य कार्यक्रमबीच नेपाली साहित्यमा उनको कृति विश्व एउटा पल्लो गाउँ यात्र संस्मरणको निम्ति लेखक कार्थोकलाई पुरस्कृति गरिएको हो।
20 दिसम्बर 1947 सालमा दार्जीलिङमा जन्मिएका कार्थकले नेपाली बाहेक अङ्ग्रेजी हिन्दी र लेप्चा भाषमा पनि धेरथोर लेख्दै आएका छन्। 1970-को दशकदेखि साहित्यमा कलम चलाउँदै आएका साहित्यकार कार्थकको 1976-सालमा पहिलो पुस्तक प्रकाशित भएको हो। अहिलेसम्म नेपाली साहित्यलाई 8 वटा पुस्तक दिइसकेका कार्थकको समुद्र वारी-समुद्र पारी, हस्तान्तरण, गोलार्ध घुम्नेको रङ्गहरू जस्ता भ्रमण वृतान्त उल्लेखनीय मानिन्छ।
विश्व एउटा पल्लो गाउँमा लेखकले आफ्नो यात्रा संस्मरणलाई अन्तर्राष्ट्रिय देशहरूको भ्रमण वृतान्त राखेको भएपनि यसले वर्तमान समयमा कसरी विश्व नै एउटा गाउँजस्तो बनिसकेको छ भन्ने कुरालाई ग्लोवल भिलेजको सिद्धान्तलाई पोख्न चाहेको देखिन्छ। जुन नेपाली भाषामा लिखित भारतीय यात्रा वृत्तान्त साहित्यको एउटा महत्वपूर्ण उपलब्धी मान्न सकिन्छ। कालेबुङको मिडल बोम बस्तीमा बस्ने साहित्यकार कार्थोकले यस अघि सिक्किमबाट प्रदान गरिने श्रष्टा, लालमान सञ्चरानी, डा. शोभाकान्ति थेगिम पुरस्कार समेत पारसमणी ,शिवकुमार राई पुरस्कार पाइसकेका छन्।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!