Loading... आजः शनिबार , श्रावण १२, २०८१

सिंहदरबार अगाडि पुगेका चिनियाँहरु अपराधी होइनन्


कोरोनाका कारण देशमा लकडाउन जारी रहेको समयमा शुक्रबार अपराह्न सिंहदरबारमा चिनियाँ नागरिक र प्रहरीबीच झडप भएको छ।

घर फर्कन माग गर्दै नाे मनि, वि वान्ट गाे हाेम लेखेर प्लेकार्ड देखाउँदै सिंहदरबारको मुख्य गेट अगाडि पुगेका चिनियाँ नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएर सम्झाइ बुझाइ गर्ने र उनीहरूले लक डाउन उल्लंघन गरेर अाउनुकाे कारण नसाेधी एक्कासि धकेल्ने र लाठीचार्ज गरेपछि चिनियाँ नागरिक र प्रहरीबीच झडप भएको हो।

सिंहदरबार अगाडि पुगेका चिनियाँहरु अपराधी होइनन्, उनीहरू त्यहाँ प्रहरीलाई अाक्रमण गर्न वा सिंहदरबार कब्जा गर्ने उद्देश्यले गएका होइनन्। देश बाहिर रहेकाेे अवस्थामा लक डाउन भएकोले बेखर्ची भएका खान नपाएर भाेकै बस्न बाध्य भएकाले स्वदेश फर्कने ब्यवस्था हुने अाशाले सिंहदरबार अगाडि पुगेका थिए।

Insert your Ads code here

२५/३० जनाको संख्यामा रहेका चिनियाँहरु सिंहदरबार अगाडि पुगेर प्लेकार्ड प्रदर्शन गर्दै स्वदेश फिर्तीका लागि अनुरोध गरिरहेका थिए। प्रहरीले चाहेको भए सहजै नियन्त्रणमा लिएर सम्बन्धित निकायलाई जानकारी गराउन वा लक डाउन उल्लंघन गरेको अाराेपमा कानुनी कार्वाहीका लागि प्रक्रिया अघि बढाउन सक्थ्यो। अथवा मानवीय ब्यवहार देखाउँदै उनीहरूलाई सम्झाइ बुझाई फर्काउन सक्थ्यो। तर, प्रहरीले त्यस्तो गर्न उपयुक्त ठानेन र हातपात र लाठीचार्ज गर्याे। सार्वजनिक भएका भिडियोमा स्पष्ट देख्न सकिन्छ एकजना चिनियाँ महिलालाई समातेर उनलाई थिच्दै प्रहरीले सडकपेटीकाे बार नाघेका छन्, लगत्तै अर्का प्रहरीले पशुलाई झै लाठी प्रहार गरेका छन्। मानवअधिकारको कुरा गरेर नथाक्नेहरु र मानवअधिकारकाे बारम्बार तालिम लिएको प्रहरीले कस्तो अवस्थामा लाठीचार्ज गर्नुपर्ने वा नपर्ने यसघटनामा हेक्का राखेको देखिएन।

खासगरी दक्षिण एसियाली मुलुकमा प्रहरीहरु सरकारमा रहेका वा शक्तिशाली ब्यक्तिहरुकाे स्वार्थ रक्षामा प्रयोग भइरहेको हजारौं घटना छन्। नागरिकलाई पशु र अपराधी ठान्ने प्रवृत्ति अझैसम्म हटिसकेकाे छैन। हाम्रो अगाडि हङकङमा महिनाैंसम्म अान्दाेलन भयो। अान्दाेलनकारीले प्रहरीमाथि ढुङ्गामुढा मात्रै गरेरनन् बम समेत प्रहार गरे। तर, प्रहरीले नागरिकको हक र अधिकारकाे रक्षा र मानवअधिकारकाे पूर्ण पालना गरिरह्याे।

प्रहरी संगठन नागरिकलाई झुठा अाराेपमा फसाउन, उनीहरूलाई दमन गर्न, शक्तिशाली र शासकवर्गकाे स्वार्थ रक्षाका लागि नागरिकलाई नियन्त्रण गर्न गठन भएको होइन। प्रहरीले नागरिकको जीउधनको सुरक्षा गर्ने हो। उनीहरूकाे दुखमा सहयोग गर्ने हो। उनीहरूलाई राज्य जनताप्रति उत्तरदायी भएको ब्यवहारबाट देखाउने हो।

प्रहरी संगठन नागरिकलाई झुठा अाराेपमा फसाउन, उनीहरूलाई दमन गर्न, शक्तिशाली र शासकवर्गकाे स्वार्थ रक्षाका लागि नागरिकलाई नियन्त्रण गर्न गठन भएको होइन। प्रहरीले नागरिकको जीउधनको सुरक्षा गर्ने हो। उनीहरूकाे दुखमा सहयोग गर्ने हो। उनीहरूलाई राज्य जनताप्रति उत्तरदायी भएको ब्यवहारबाट देखाउने हो।

नागरिक घरमा नबसेर सडकमा किन जान्छ? उसको उद्देश्य वा माग के हो? साेधपुछ नगरी एक्कासी हातपात गर्ने, लाठीचार्ज गर्ने, उत्तेजित बनाउने काम प्रहरीले गर्ने होइन। यतिबेला चिनियाँ नागरिकले प्रहरीमाथि अाक्रमण गरेको पक्षबाट समाचार सम्प्रेषित भइरहेका छन्। चिनियाँहरु नेपाल अाएर यहाँको प्रहरीमाथि अाक्रमण गर्याे भनेर मिडियाले गलत सन्देश फैलाइरहेका छन्। यसरी गलत सन्देश फैलाउँदा वा भ्रम सिर्जना गर्दा कसलाई फाइदापुग्छ? विदितै छ। ती चिनियाँहरु चीनबाट नेपाल प्रहरीलाई अाक्रमण गर्ने उद्देश्यले अाएका होइनन्। उनीहरू कतिपय यहीँ ब्यापार ब्यवसाय गरेर बसेका हुन। कतिपय नेपाल भ्रमण बर्ष २०२० सफल बनाउन अाएका हुन। एक्कासि लक डाउन घाेषणा भएपछि अाफ्नाे देश फर्किन नपाएर यहीँ अलपत्र परेका हुन। तस्करी गर्न नपाएर, अनाधिकृत नेपाली सरहदभित्र प्रवेश गर्न नपाएर प्रहरीमाथि जाईलागेका होइनन्। स्मरणरहाेस, २४ अप्रिल २०२० देखि अहिलेसम्म भारतीय सीमावर्ती क्षेत्रमा एघारपटक प्रहरीमाथि अाक्रमण प्रयास भएका छन्। अहिलेकाे यो घटना त्यस्तो अापराधिक होइन। अलपत्र परेका, पैसा नभएर घर फर्किन नपाएका, खान नपाएका लगायतका समस्या झेलिरहेका मानिसलाई प्रहरीले हातपात गर्ने, लाठीचार्ज गर्ने कि साेधपुछ गरेर सक्दाे सहयोग गर्ने? यो घटनाले नेपाल प्रहरीको छवि र विश्वास बढेको नभइ घटेको छ। यसतर्फ पनि नेपाल प्रहरीले साेच्ने कि!

प्रहरीको कारणबाट भएको झडपमा केही चिनियाँ नागरिक र नेपाल प्रहरीका डीएसपीसमेत घाइते भएका छन्। झडप भएपछि प्रहरीले त्यस छेउछाउमा रहेका प्रदर्शन गरिरहेका र नगरेका समेत ४७ चिनियाँ जनालाई नियन्त्रणमा लिएर नगर प्रहरी कार्यालयमा राखेको छ।

केही दिनअघि गत विहीबार नेपालमा अलपत्र परेका चिनियाँहरु भृकुटीमण्डपमा रहेको पर्यटन बोर्डको कार्यालय अघि घर फर्काउन अनुरोध गर्दै प्लेकार्ड सहित धर्ना दिन गएका थिए। यद्यपि नेपाल सरकारले उपयुक्त पहल गरेको छैन। कोरोना भाइरस महामारी विरुद्ध जारी लकडाउनका कारण नेपालमा रोकिएको र आफूहरुलाई घर पठाउन नेपाल स्थित चिनियाँ दूतावासले चासो नदिएपछि उनीहरु सिंहदरबार अघि धर्ना बस्न गएका थिए। स्मरणीय छ, यसैसाता चीन सरकारले दुईवटा जहाज पठाएर एक खेप चिनियाँ नागरिकलाई स्वदेश लगिसकेकाेछ। नेपालमा अझै झण्डै चार हजार चिनियाँ नागरिक स्वदेश फर्कने अाशामा पर्खिरहेका छन्।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!