Loading... आजः शनिबार , श्रावण १२, २०८१

सिंहदरबार प्रवेशमा कडाइ, प्रेसपासवाहक पत्रकारलाई समेत गेटबाटै फिर्ता गरियो


उपत्यकामा कोरोना भाइरस संक्रमितको संख्या वृद्धि भइरहेकाबेला गृह मन्त्रालयले सिंहदरवार प्रवेशमा कडाइ गरेको छ। अाज सिंहदरबार प्रवेश गर्न चाहने प्रेस पास वाहक पत्रकार र सिंहदरबार बाहिरका सरकारी कर्मचारीलाई समेत गेटबाटै फिर्ता गरिएको छ।

सिंहदरवारमा भेटघाटका लागि मात्रै आउजाउ गर्नेहरुलाई नियन्त्रण गर्न प्रवेश कडाइ गरिएको हो। महानगरी प्रहरी प्रभाग सिंहदरवारका डीएसपी सुवासचन्द्र बोहराका अनुसार फोन र अनलाइन पास बन्द गरिएको छ। ‘सामान्य खालका भिजिटरलाई रोकिएको हो,’ उहाँले नेपालटीभी अनलाइनसँग भन्नुभयो।  उहाँले नेपालटीभी अनलाइनसँग भन्नुभयो, ‘सम्बन्धित कार्यालयले पत्र लेखेर पठाएको अवस्थामा भने महत्वपूर्ण काममा आउने भिजिटरलाई रोकिँदैन।’

चियाखाजा र सामान्य भेटघाटका लागि अनावश्यक भीड बढेपछि जोखिम अवधिभर कडाइ गरिने डीएसपी बोहराले भन्नुभयो।

Insert your Ads code here

प्रहरीले सिंहदरवारभित्र निर्माणाधिन भवनमा काम गर्ने कामदारलाई पनि भित्रबाहिर गर्न नदिने जानकारी गराएको छ। कामदार भित्रबाहिर आउजाउ गर्दा संक्रमण जोखिम रहेकाले त्यस्ता कामदारको आवागमनमा पनि कडाइ गरिएको नेपाल टेलिभिजनले लेखेको छ।

बोहराले कर्मचारीको सवारीमा सिंहदरवार प्रवेश गर्ने अन्य आगन्तुकलाई पनि रोक्ने निर्णय भएको छ ।   फाइल तस्बिर

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!