Loading... आजः शनिबार , श्रावण १२, २०८१

सिआन—काठमाडौं पहिलो रेल संचालनमा


मे २२ तारिख विहान ४९०७४ नम्बरको चीन-युरोप रेलमा पिभिसी पाइप, प्रिन्टर, लुगाफाटा तथा जुत्ताहरू लगायत सामग्री बोकेर चीनको पल्लो शान्षीको सिआन पश्चिम रेलस्टेशनबाट नेपालको काठमाडौं लक्षित रेल सुरु भएको छ। पल्लो शान्षीबाट दक्षिण एशियाली मुलुकमा पठाइएको पहिलो मालवाहक रेल हो। उक्त रेल तिब्बत स्वायत्त प्रदेशको सिगाच्छे पुगेपछि मालबाहक कन्टेनरबाट ती सामान केरुङ हुँदै काठमाडौँ लगिनेछ।

उक्त मालवाहक अन्तर्राष्ट्रिय रेल रेल तथा ट्रक संयुक्त ढुवानी तरिकाले गरिँदै छ। मालसामानहरू रेलद्वारा तिब्बतको सिगाचेसम्म पुर्‍याइनेछ र त्यहाँबाट राजमार्गमा ट्रकद्वारा केरुङ नाका हुँदै नेपाल पठाउने योजना छ। सबै सामान लगभग ८ दिनमा काठमाडौं पुग्ने अनुमान गरिएको छ। पहिले परम्परागत गाडी तथा समुद्री ढुवानीको मिलनसँगको दाँजोमा यो नयाँ तरिकाबाट ढुवानी समयलाई छोटो पारिएको छ र सामान ढुवानी खर्चलाई पनि प्रभावकारी रूपमा घटाइएको छ।

हालसम्म सिआन शहरबाट संचालित चीन-यूरोप रेलका ४ वटा एसिया रूट छन जसले मध्य, पश्चिमी र दक्षिण एसिया समेटेको छ।

Insert your Ads code here
Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!