Loading... आजः शनिबार , श्रावण १२, २०८१

सिक्किमका पर्यटन हितधारकहरूको संयुक्त वैठक सम्पन्न


सिक्किमको पर्यटन व्यवसायलाई आर्थिक मार्गमा फर्काइ ल्याउन पूर्वोत्तरको अन्तर ग्रीन जोनमा हवाई सेवा मार्फत पर्यटन चलाउनुपर्छ- लोकेन्द्र रसाइली

गान्तोक, 12 मई। सिक्किमको मुख्य स्वनिर्भर रोजगारकोरूपमा स्थापित बनेको पर्यटनमा विश्व महामारी कोविड-19को मारले पुऱ्याएको क्षति र यसबाट बाहिर निस्किन भावी रणनीतिहरू तय गर्न राज्यको चर्चित पर्यटन हितधारकहरूको विभिन्न संघ संस्थाहरूको संयुक्त वैठक सम्पन्न भएको छ। सत्तारूढ सिक्किम क्रान्तिकारी मोर्चाको पर्यटन प्रकोष्ठको आयोजनामा स्थानीय एक होटेलमा सामाजिक दूरीलाई ध्यानमा राख्दै आयोजित वैठकले सिक्किमको पर्यटनको आकर्षणलाई फर्काइल्याउन भारतको पूर्वोत्तर राज्यहरू जो अधिकाङ्शरूपमा कोविड-19 बाट अछुत रहेर ग्रीन जोनमा परेकाहरू बीच हवाई मार्गमार्फत पर्यटन सञ्चालन गर्नुपर्ने सरकारलाई सुझाउ दिने निर्णय गरेको छ।
अहिलेघरी रेडियो नेरिगसनको अभावमा बन्द रहेको पाकिम ग्रीनफिल्ड एयरपोर्टलाई आवश्यक सुधार गरेर सुचारु गर्नुपर्ने अनि पूर्वोत्तर भारतको ग्रीन जोनमा परेका राज्यहरूसित आपसी पर्यटन सम्भावना खोज्नुपर्ने वैठकले सर्वसम्मतिले निर्णय गरेको प्रकोष्ठका अध्यक्ष लोकेन्द्र रसाइलीले बताए। वैठकपछि कुराकानी गर्दै स्थितिलाई ध्यानमा राखेर अहिलेसम्म पर्यटन हितधारकहरूले भोग्दै गरेको समस्याहरूलाई केही समय पछि भएपनि अनुकुल प्रकारले सबै पर्यटन हितधारकहरूको संघ संस्थाहरूलाई सर सल्लाहको निम्ति आज निम्तो गरिएको बताए। जसमा चालकहरूको समस्या, होटल व्यवसायीहरूको समस्या, ट्रावल एजेण्टहरूको समस्या, पोटर गाइडको समस्या आदिलाई सम्बोधन गर्दै सजिलो मार्ग निकालेर भविश्यको दिशा निर्देश गर्ने प्रकोष्ठले निर्णय गरेपछि वैठक आयोजन गरेको बताए।
वैठकमा ट्याक्सी चालक, लग्जरी वाहन चालक र मालिकहरूको ऋण भुक्तानीको समस्या, होटलको लीज, ट्रावल एजेण्टको अफिस र कर्मचारीहरूको वेतन, ट्रावल एजेन्सीमा पहिला बाटै आएको बुकिङको एडवान्स फर्काउने जस्ता गम्भीर समस्याबारे आपसी सुझाउ र छलपहल गरिएपछि राज्य सरकारलाई विभिन्न सुझाउ र माग सहित ज्ञापन पत्र बुझाउने अनि आवश्यक राहतको निम्ति माग गर्ने वैठकले निर्णय गरेको छ। आगामी 72 घण्ट भित्र नै वैठकको निर्णयलाई लिएर पर्यटन हितधारकहरूको माग र ज्ञापनपत्र तयार गरी मुख्यमन्त्रीलाई भेटेर सर्वसम्मतिले पारित गरेको प्रस्ताव र मागहरू बारे वगत गराउने अध्यक्ष रसाइलीले बताए।

Insert your Ads code here

यसैगरी प्रकोष्ठका महासचिव सोनाम नोर्गे लाचुङ्पाले अहिले यो महामारीले गर्दा सम्पूर्ण पर्यटन व्यवसाय ठप्प बनेको अवस्थामा राज्य भित्रै होम स्टे तथा अन्तरजिल्ला पर्यटनको विकास बारे पनि वैठकले चर्चा गरेर सोच बनाएको अनि पूर्वोत्तर राज्यहरूको ग्रीन जोनमा परेका राज्यहरूसित भारत सरकारले शुरु गरेको उडान योजना अन्तर्गत पाकिम विमानस्थलबाट आपसी पर्यटन शुरु गरेर स्थितिलाई समाधान गर्ने प्रयास गर्न सकिने निर्णय लिएको हुनाले यसले पर्यटन हितधारकहरूलाई थप सहयोग पुग्न सक्ने बताए। यसैगरी प्रकोष्ठका सचिव यज्ञेस पन्तले विशेष गरेर होटेल रेष्टोरेण्ट व्यवसायलई अन्य पर्यटनको झैं ठूलो मार परेको हुनाले यसबाट निजारको निम्ति पहल गर्नलाई आजको वैठक सकारात्मक रहेको बताए। वैठकमा सूटो, टास, आस्था, सिक्किम प्याराग्लाइडिङ एसोसिएसन, एसएसईटीए, लग्जरी भेकल एसोसिएसन, एसएचआरए, एसकेएम चालक मोर्चाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो भने वरिष्ठ पर्यटक हितधारकहरू पनि उपस्थित रहेका थिए। उनीहरूले पनि विभिन्न सुझाउहरू अघि ल्याएका छन्।
यसैक्रममा वरिष्ठ पर्यटन हितधारक तथा चालक मोर्चाकी अध्यक्ष रजनी गुरुङले पर्यटनसित सम्बन्धित सबै चालकहरूको हितको निम्ति मोर्चाको पक्षबाट विभिन्न पहल भइरहेको अनि निकट भविश्यमा सरकारबाट राहत पेकेज पनि उपलब्ध हुनसक्ने र वाहनहरूको लोनहरूबारे पनि विभिन्न पहलहरू चलाइरहेको बताइन्। यसरी नै वरिष्ठ हितधारकहरूमा सतिस बर्देवाले पाकिम विमानस्थल सुचारू गर्नुपर्ने अनि पर्यटन व्यवसायीहरूको निम्ति आर्थिक सुधारको निम्ति नीति अवलम्बन गरिनुपर्ने सुझाउ राखे। यसरी नै सैलेस प्रधानले यस स्थितिलाई सिक्किमको पर्यटनको गुणस्तरता बडाउनुपर्ने स्थितिको रूपमा लिनुपर्ने र अहिलेसम्म सञ्चालन हुँदै आएको काम चलाउ प्रकारको पर्यटनलाई बडाएर अब खोलिने पर्यटनमा गुणस्तरीय पर्यटनको नमुना बनाउनुपर्ने बताए। यसको निम्ति ट्रेकिङ ट्रेलहरूको सुधार, अन्तर्राष्ट्रिय स्तरको खानपान बनाउने प्रशिक्षण, गाइडहरूलाई प्रशिक्षण आदिमा लक्षित गर्नुपर्ने सुझाउ राखे। यसरी नै अर्का वरिष्ठ हितधारक कर्मा भोटियाले अहिले सिक्किमको टीआरपी भनेकै कोरोना मुक्त राज्य हुनुहो भन्दै यसैलाई मार्केटिङ गरेर विश्व बजारमा सिक्किमको गुणस्तरीय पर्यटन विकासको निम्ति भावि योजनाहरू तय गर्नुपर्ने बताए। यसरी नै विभिन्न संघ संस्थाका प्रतिनिधिहरूले आ-आफ्नो संक्षिप्त सम्बोधन राख्दै सुझाउ र मागहरू राखे।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!