Loading... आजः शनिबार , श्रावण १२, २०८१

सिक्किमका प्रत्येक सरकारी अस्पतालहरूमा आईपीएचएस नियम लागु र निःशुल्क अाैषधीकाे माग सहित आयो एसपीवाईएफ


गान्तोक, 167 फरवरी। सिक्किम प्रोग्रेसिव यूथ फोरम (एसपीवाईएफ)-ले वर्तमान सरकारलाई आफू विपक्षमा हुँदा उठाएको माग राज्यका सरकारी अस्पतालहरूमा आईपीएचएस-को अनुरूप सुविधा हुनुपर्छ भन्ने कुरा आफू सत्तामा आएपछि पूरा गर्छ भन्ने आशा रहेको एउटा पत्रकार सम्मेलनमा बताएका छन्। प्रेस क्लब अफ सिक्किमको सम्मेलनकक्षमा आज पत्रकारहरूलाई सम्बोधन गर्दै एसपीवाईएफ-का सदस्य रूपेन कार्कीले एसपीवाईएफ-ले सिक्किममा आईपीएचएस-को नियम पूर्णरूपमा लागु हुनुपर्ने र निःशुल्क दवाई उपलब्ध गराउनुपर्ने माग राखेको जानकारी दिएका छन्। उनले भनेका छन्, हाम्रो आन्दोलन व्यक्ति विशेष होइन यो सबै सिक्किमेको आन्दोलन हो। स्वास्थ्य सेवा आधारभूत सेवाहरूमा प्रमुख भएको कारण आउँदो बजेट सेशनमा यसको निम्ति बजेट पास गरेर हाम्रो माग पूरा गर्नुपर्छ। हाम्रो आन्दोलन हुँदा त्यस समयमा विपक्षमा रहेको वर्तमान सरकारले पत्रकार सम्मेलन डाकेर आईपीएचएस नियम पूर्ण रूपमा लागु गर्ने वचन दिएका थिए त्यो आफूहरू सरकारमा आएपछि पूरा गर्नेछन् भन्ने आशा रहेको छ। उनीहरूले निःशुल्क दवाईको पनि माग राखेका थिए। वर्तमान सरकारको पनि यो मुद्दा भएको कारण यसलाई लागु गर्नुपर्छ भनेका छन्। सिक्किममा एउटा सानो विमारले पनि आफ्नो ज्यान जाने गरेको बताउँदै यस्तो अवस्थाबाट पनि सिक्किमलाई परिवर्तन गराउनुपर्छ भन्ने कुरा राखेका छन्। फोरमले यदी यो माग पनि पूरा नभए आफ्नो आन्दोलन जारी राख्ने अनि आफूहरूलाई संविधानले दिएको अधिकार अनुरूप अघि बढ्ने पनि जानकारी दिएको छ।
यसरी नै अर्का सदस्य शङ्कर शर्माले सिक्किमका सरकारी अस्पतालहरूमा आईपीएचएस-को नियम अनुरूप सुविधा उपलब्ध हुनुपर्छ भन्दै पूर्व सरकारमा पनि आफूहरूले आवाज उठाएको बताएका छन्। उनले भनेका छन्, विशेष गरेर गेजिङ सरकारी अस्पतालहरूमा राम्रो स्वास्थ्य सुविधाको निम्ति पूर्व सरकारमा आफूहरूले एउटा मेमोरेण्डम पुऱ्याएको थियो। तत्कालिन मुख्यमन्त्रीले मौखिक आश्वासन दिएपछि पनि गेजिङ अस्पतालमा कुनै सुधार आएन। पछि गएर राज्यका तत्कालिन स्वास्थ्य विभागका मन्त्रीलाई लिखित रूपमा मेमोरेण्डम चडाएको तर त्यसमा कुनै सुनवाई नहुँदा युवाहरू धरनामा बसेका थिए। स्वास्थ्य विभागका मन्त्रीले लिखितरूपमा आश्वासन दिँदै गेजिङ अस्पतालमा तीस दिन भित्रमा 90 प्रतिशत काम गर्ने अनि 10 प्रतिशत काम तीन महिना भित्रमा पूरा गर्ने बताएका थिए। तर 6-7 महिना पर्खिँदा पनि गेजिङ अस्पतालमा कुनै सुधार नआउँदा युवाहरूले 20 जनवरी 2019-को दिन देखि ‘गान्तोक चलो’ आन्दोलन गरेका थिए। 10 दिनको आन्दोलनपछि राज्य सरकारले कदम चाल्दा केही कामहरूमा भने सुधार आएको थियो। आफ्नो माग पूरा नहुँञ्जेलसम्म आन्दोलन जारी राख्ने प्रतिबद्धता लिएका युवाहरूले राज्यका प्रायः अस्पतालहरू घुमिसकेपछि देखिएको अस्पतालको दयनीय अवस्थालई लिएर यसको सुधारको निम्ति राज्यभरी घुमेर लगभग 10 हजार मानिसहरूको हस्ताक्षर उठाएका छन् जो आगामी दिनमा राज्यका स्वास्थ्य विभागका मन्त्रीसम्म पुऱ्याउने जानकारी दिएका छन्।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!