Loading... आजः मंगलबार , मंसिर १८, २०८१

सिक्किमको आइटी सचिव मृणालिनी श्रीवास्तवलाई बनाइयो ओएसडी


गान्तोक,24 अगस्त। सिक्किम सरकारको सूचना तथा तकनिकी विभागकी सचिव मृणालिनी श्रीवास्तवलाई अफिसर अन ड्युटि (ओएसडी) योजना विकास विभागमा तत्काल स्थान्तरण गरेर नयाँ दिल्ली पठाइएको छ। उनकै सक्रियतामा सिक्किममा चारजना कथित आइटी अभियन्ताहरू भित्रएको अनि सबैजना कोरोना पोजेटिभ भेटिएको थियो। जसले निक्कै ठूलो प्रशासनिक लापरवाहीको प्रश्न उठेको थियो। उनी सिक्किम पुलिसमा 2002 को आइपीएस ब्याचका अधिकारी हुन्। कार्मिक विभागको सचिव केसी लेप्चाले निकालेको कार्यालयी आदेशमा उनले काम सम्बन्धि राज्यको अतिरिक्त मुख्य सचिव योजना तथा विकास विभागसित सम्पर्क गर्न सक्नेछन् भनी उल्लेख गरिएको छ। उऩको ठाउँमा जीपी उपाध्यायले अतिरिक्त मुख्य सचिव शिक्षा विभागद्वारा आइटी विभागको पनि अतिरिक्त प्रभार सम्हाल्नेछन्।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!