Loading... आजः शनिबार , श्रावण १२, २०८१

सिक्किमको एक महिलालाई नयाँ दिल्लीमा कोरोना लागेको छ, अन्यलाई सुरक्षित कोरण्टिनमा राखेका छौं- मुख्यमन्त्री


गान्तोक, 28 अप्रेल। देशभरीमै कोरोनामुक्त राज्यमा रहेको एक्लो राज्य सिक्किमको एक महिलालाई भने कोरोनाले भेटेको छ। यसको पुष्टी मुख्यमन्त्री प्रेमसिंह तामाङ स्वयंले गरेका छन्। पश्चिम सिक्किम निवासी उक्त महिलालाई अहिले सुरक्षित प्रकारले उपचार गराउन आइसोलेसनमा राखिएको छ मुख्यमन्त्री तामाङले बताए। यसैगरि उनले पत्रकारहरूसित कुराकानी गर्दै महिलामा कोविड 19 पोजेटिभ रहेको थाहा पाएपछि तुरन्तै दिल्ली सरकारसित कुरा गरेर उनलाई उपचारको निम्ति पठाइएको अनि उनीसितै रहेकाहरूलाई सुरक्षित रूपमा कोरिन्टिनमा हालिएको बताए। उक्त महिला किड्नी रोगी रहेको अनि उनी अहिले नयाँ दिल्लीको डीडीके भवनमा डायलेसिस गराउँदै आएकी थिइन्। उक्त भवनमा बस्ने सबैलाई अहिले सुरक्षित प्रकारले राम्रो व्यवस्था गरेर कोरिन्टिनमा ऱाखिएको बताए। मुख्यमन्त्री तामाङले कोविड 19 सकरात्मक देखियो भन्ने साथै त्यसबाट मृत्यु भइ नहाल्ने भएको कारण कसैले डराउन नहुने अनि कोविड 19 बाट संक्रमित भएर पनि मानिस जाती हुने गरेको छ। यसैगरि उनलाई कसरी कोबाट संक्रमित भएको छ थाहा नभएको तर उनलाई तुरन्तै सुरक्षित प्रकारले चिकिस्ता शुरु गरिहालेको बताए। यसैगरि उनलाई स्याहार्न बसेका अनि सबै डीडीके भवनमा रहेका बिमारी र उनका आफन्तहरूलाई सुरक्षित रूपमा कोरिन्टिनमा राखेको बताएका छन्। महिलालाई पुष्पवती सिङ्घानीया रिसर्च इन्स्टिट्युड अस्पतालमा उपचार गरिरहेको अनि सिक्किम हाउसलाई पनि कडा निरिक्षण गर्ने आदेश दिइएको बताए।
अर्कोतिर मुख्यमन्त्री तामाङले लकडाउनको पूर्ण रूपमा पालना अनि सिक्किमलाई कोरोना मुक्त राज्यको रूपमा बनाइराख्न सिक्किमे जनताले दिएको सहयोग अनि अनुशासनात्मक रूपमा यसलाई पालन गरेको कारण रहेको बताए। उनले प्रधानमन्त्रीले लकडाउन घोषणा गर्न केही समय अघिबाटै सतर्कता सबै फ्रन्टलाइन वारियरहरूको असल कामले सिक्किम कोरोना शुन्य राज्यको रूपमा स्थापित हुनसकेको बताए।
मुख्यमन्त्री पीएस तामाङले आज मिडियासितको विषेश बातचीतको क्रममा लकडाउन र कोविड 19 ले राज्यको पर्यटनमा परेको असरलाई ध्यानमा राखेर यसको पुनरूत्थानको निम्ति गरिने पहलबारे पनि उनले बताए। उनले पहिलो पर्यटकीय मौसम गएको अनि यस्तै प्रकारको स्थिति रहेकमा अन्तरराज्य पर्यटनलाई बिस्तार गर्ने निर्णय़ गरेको अनि राज्यभित्रैका राज्यवासीलाई होमस्टे र अन्य पर्यटनसित जोड्ने बताए।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!