Loading... आजः शनिबार , श्रावण १२, २०८१

सिक्किमको कानुन र आदेश अनि आर्थिक अवस्था सकिएकोले अब राष्ट्रपति शासनलेमात्र सिक्किमको सुरक्षा हुन्छ- एसडीएफ


गान्तोक, 15 जून। सिक्किमको विपक्षी दल सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ)ले सिक्किमको वर्तमान एसकेएम सरकारले राज्यको कानुन र देशको शुरक्षा गर्न नसकेको अनि कोविड-19को समहामारीमा आइपरेको आर्थिक सङ्कटबाट सिक्किमलाई राहत दिन नसकेको आरोप लगाउँदै अन्तर्राष्ट्रिय सीमा क्षेत्रमा पर्ने संवेदनशील राज्य सिक्किमको अस्तित्व बचाउन अब राज्यपालले संविधानको धारा 371 एफको उपधारा जी अन्तर्गत रहेको विशेष अधिकारको प्रयोग गर्दै राज्यपालले सिक्किममा झट्ट भन्दा झट्ट् संविधानको धारा 356 लागू गर्नुपर्ने माग गरेको छ।
एसडीएफका प्रमुख प्रवक्ता एमके सुब्बाले पार्टी मुख्यालयमा पत्रकार सम्मेलन आयोजन गरेर सिक्किमममा सत्ता सम्हालेपछि एसकेएम सरकारले लगाताररूपमा हिंसालाई प्रोत्साहन दिइरहेको अनि जसको ज्वलन्त उदाहरण गत 12 जूनको दिन एसडीएफ पार्टीका प्रवक्ता जेबी दर्नालमाथि प्राण घातक हमला भएर पनि अहिलेसम्म आरोपीहरू खुल्लारूपमा हिँडिरहेको अनि प्रशासनबाट कुन कार्वाही नहुनु भनेको राज्यबाट कानुन आदेशको नाम निशान मेटिनु हो भन्दै अब सिक्किम र प्रजातन्त्रको सुरक्षाको निम्ति राष्ट्रपति शासन लागाउन बाहेक अर्को विकल्प नरहेको ठोकुवा गरे।
यसैगरी राज्यमा महामारीले ल्याएको आर्थिक महामारीलाई वित्तीय पुनर्जागरण नभएर बाँच्नको निम्ति बित्तीय सहयोग वितरण हुनुपर्ने जुन कुरामा सरकार अहिलेसम्म पूर्णरूपमा असफल भएको हुनाले कानुन आदेश संगसँगै आर्थिक अवस्था पनि खत्तम भएको हुनाले अब चाँडै एसडीएफ अध्यक्ष पवन चामलिङले राज्यपालसित भेटेर यसबारे ज्ञापन पत्र चडाउने निर्णय गरेको पनि बताए।
उनले प्रवक्ता जेबी दर्नालमाथि दिउँसै प्राणघाक आक्रमण भएर अहिले अस्पतालमा उपचाराधिन रहेको 72 घण्टा बितिसक्दा पनि कुनै कार्वाही र एकजना आरोपी समेत पक्राउ नपर्नु भनेको कानुन आदेशको राज सकिएको प्रवक्ता सुब्बाले बताए। आरोपी पक्राउ गर्नको साटो अहिले पुलिसले पार्टीको क्याडरजस्तो अस्पतालमा उपचाराधिन जेबी दर्नाललाई भेट्न आउनेको चियो चर्चा गरिरहेको छ तर आगामी 20 जूनसम्म हामीले दर्ता गरेको प्राथमिकीको आधारमा कार्वाही गर्दै आरोपीलाई पक्राउ गरिएन भने हामी जनताको सुरक्षा र कानुन आदेशको रक्षाको निम्ति हामी आफैं कडाभन्दा कडा निर्णय विन एसडीएफ पार्टी बाध्य हुनेछ प्रवक्ता सुब्बाले भने।
उनले सिक्किमका सबै प्रजातन्त्र प्रेमी आम जनता विभिन्न राजनीतिक दल सबै अब एकजुट भएर राज्यमा भैरहेको हिंसात्मक गतिविधि र अस्थिरतालाई रोक्न एकबद्ध भएर अघि आउने आह्वान गर्दै एसडीएफ पार्टीले अब चाँडै राजनीतिक दलहरूसित कुराकानी गर्ने बताए। उनले राज्यमा असामाजिक तत्वहरू, अपह्रादीहरू स्वतन्त्र घुमिरहेको अनि जेबी दर्नाललाई प्राण घातक आक्रमण गर्नु पहिलो घटना नभएर राष्ट्रिय झण्डामुनी रहेको सत्तारूढ दलको मन्त्रीमाथि कुटपीट हुनु, उपचुनाउको समय पूर्व मुख्यमन्त्री पवन चामलिङमाथि आक्रमण गरिनु साथै वर्तमान एक मन्त्री सञ्जित खरेल स्वयंले दुई महिनाभित्र पवन चामलिङलाई सक्ने सार्वजनिक घोषणा गर्नु सबै सुनियोजित ढङ्गमा भैरहेको छ भन्दै प्रवक्ता दर्नाललाई आक्रमण गर्नभन्दा अघि 9 जूनको दिन नै एसकेएमका कार्यकर्ता प्रभास लिम्बूले सामाजिक सञ्जालमा दर्नालमाथि आक्रमण गर्ने घोषणै गरिसकेको कुरा थाहा पाएर पनि पुलिसले कार्वाही नगर्नु पुलिस प्रशासन राज्यमा पूर्णरूपमा फेल भएको ठोकुवा गरे।
यसैगरी महामारीको समय चारसय जना भन्दा अधिक सरकारी कर्मचारीहरूलाई विभिन्न राजनीति कारणको आडमा स्थानान्तरण गरेर आईसीएमआर र केन्द्र सरकारको आदेशलाई पनि उल्लङ्घन गरिएको आरोप लगाए। उनले कोविड-19को सिक्किममा संख्या बढ्नु सरकारको अदूरदर्शी कार्यले हो भन्ने आरोप लगाए। उनले राज्यमा आउने विभिन्न जोनका राज्यवासीलाई जोन छुट्याएर नराख्नु फर्कि आउने पञ्जिकरणमा कोविड-19को स्थिति बारे घोषणा नगराउनु अनि ट्रूनेट मशिन राखेर आउनेजति सबैलाई मल्ली र रम्फू चेकपोष्टमा जाँच नगरी सबैलाई मिसाएर राख्दा खतरा बढेको अनि अहिले आएर सरकार यस क्षेत्रमा पनि पूर्णरूपमा असफल भएको अनि अर्कोतिर सरकारले आर्थिक राहतको निम्ति केन्द्र सरकारले बुझाउनु भनेको 15 मई सम्मको म्यादमा पनि आर्थिक प्याकेजबारे कुनै रिपोर्ट प्रस्तुत नगर्नु राज्य सरकारको कोविड-19 बारे असफलता हो भनि आरोप लगाए। यी सबै कुरालाई ध्यानमा राखेर राष्ट्रपति शासनले मात्र सिक्किमको सुरक्षा हुनेछ भन्दै तुरन्तै राष्ट्पति शासनको माग गरे।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!