Loading... आजः शनिबार , श्रावण १२, २०८१

सिक्किमको कानुन व्यवस्थालाई नै उभ्याए एसडीएफ पार्टीका प्रवक्ता जेबी दर्नालले कठघरामा


गान्तोक, 12 अगस्त। सिक्किमको कानुन व्यवस्थालाई नै एसडीएफ पार्टीका प्रवक्ता जेबी दर्नालले कठघरामा उभ्याएका छन्। आज एसडीएफ पार्टीको मुख्यालय एसडीएफ भवनमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले वर्तमान सरकार गठन गरिएदेखि यता राज्यको प्रमुख विपक्षी पार्टीको हैसियतमा सिक्किममा भएका विभिन्न गैर कानुनी कार्यहरूलाई सरकारले लुकाउने गरेको आरोप लगाएका छन्। पत्रकारहरूलाई सम्बोधन गर्ने क्रममा उनले हालै सिक्किमका मुख्य सचिव र उनका वाहन चालकको सन्दर्भसँगै एसडीएफ पार्टीले वर्ष 2019 देखि नै पुलिसमा दर्ता गरेका एफआईआरमाथि अहिलेसम्म कुनै न्यायिक सुनवाई नभएको बताएका छन्। उनले इन्दिरा बाइपासमा आफूमाथि प्राणघातक आक्रमण भएको कुरामा अहिलेसम्म कुनै न्याय नपाएको बताउँदै सिक्किम पुलिसका डीआईजीले आफ्नो मामिलामाथि दिएको बयानमा पनि असन्तुष्टि देखाएका छन्। उनले पश्चिम सिक्किमका पुलिसले हालै भएको एउटा हत्या काण्डको आरोपीलाई 12 घण्टा नबित्दै पक्राउ गरेको छ तर गान्तोक पुलिसले भने दिउँसै खुल्ला सडकमा प्राणघातक आक्रमण भएका आफूले कुनै न्याय पाउन नसकेको कुरालाई पनि सम्मेलनमा राखेका छन्।
उनले अघि भनेका छन्, एसडीएफ पार्टीले वर्ष 2019-मै सिक्किम सरकारका मन्त्री सञ्जित खरेलले पवन चामलिङलाई शेष गर्छु भन्ने दिएको वक्तव्य, यसरी नै मुख्यमन्त्रीको गोपनीयता सचिव विकास बस्नेतले विधानसभा अध्यक्षमाथि जातियरूपमा दिएको बयान, राज्यका पूर्व मुख्यमन्त्री तथा नाम्ची सिङ्गिथाङका विधायकमाथि सिक्किम विधानसभामा भएको अभद्र टिप्पणी (हुटिङ)लाई लिएर पनि प्राथमिकी दर्ता गरिएको थियो। तर अहिलेसम्म उक्त कुनै मामिलामा सुनवाई भने भएको छैन। यसरी पूर्व मुख्यमन्त्री अनि एउटा प्रमुख विपक्षी दलका प्रवक्तामाथि त न्याय हुन सकेको छैन भने मुख्य सचिवका वाहन चालक जस्तो सानो काम गर्नेले कसरी न्याय पाउनसक्लान भनि प्रश्न गरेका छन्। उनले उक्त मामिलाहरू सबै सडिएका छैनन् के भनेर प्रश्न गरेका छन्।
प्रवक्ता दर्नालले आफ्नो मामिलामा राज्यको पुलिसले 4 जना अधिकारी खटाए पनि एइटा आरोपीलाई समाउन सकेको छैन भन्दै अहिलेसम्म पुलिसले पनि आफूलाई राम्रोसँग सोधपुछ गरेको छैन भनेका छन्। उनले यस्ता मामिलामा कुनै काम गर्न नसक्ने सिक्किमको खुफिया विभागले यदी सिक्किममा देशद्रोही शक्ति छिर्यो भने के गर्न सक्ला भनेका छन्। उनले आफूलाई आक्रमण गरेको कुरामा आँखोदेखि जस्तो बयान दिने एसकेएम पार्टीका प्रवक्तालाई किन पुलिसले बोलाएर सोद्धैन भनेर प्रश्न गरेका छन्। उनले उक्त सबै घटना सङ्गठित अपराध हुन भनेका छन् भने उनले आफूलाई आक्रमण भएको कुरालाई लिएर एसडीएफ पार्टीले एसकेएम समर्थक अनि प्रवक्ता जेकब खालिङको भीडीयोसँगै लगभग 25 जनाको नाम पुलिसलाई दिएको पनि जानकारी दिएका छन्।
यसरी नै उनले राज्यमा अहिलेको मुद्दा सिक्किम विश्वविद्यालयमाथि आफूहरूले राजनीति नगर्ने बताउँदै उनले सरकारको ध्यान पश्चिम जिल्लाको पैह्रो, बिजुली आपूर्ती आदिमाथि ध्यान दिनुपर्ने बताएका छन्। उनले राज्यमा सञ्चालित अनलाइन क्लास राम्रो भएपनि फोन र लेपटप चार्ज गर्नको निम्ति बिजुली आपुर्ती नभएपछि कसरी विद्यार्थीहरूले पढ्नसक्छन् भनेका छन्। अर्कोतिर वान फेमेली वान जबमा बोल्दै उनले भनेका छन् यो पूर्व सरकारको ध्वजवाहक योजना हो। यसमा धेरै अनुभवी सरकारी कर्मचारीहरूको अनुभव छ अनि यसको विरोध गर्नुभनेको उनीहरूको दक्षतामाथि औंला उठाउनु हो भनेका छन्। उनले वर्तमान सरकार र सरकारी अधिकारीहरू भ्रष्टाचारमा संलग्न रहेको कुरा पना चाँडै लिएर आउने जानकारी दिएका छन्।
उनले वर्तमान सरकारले नियुक्त गरेका वित्तीय सल्लाहकार डा. महेन्द्र पी लामा, ओएसडी सुनिल सरौगी, पलुसन कण्ट्रोल बोर्डका अध्यक्ष डा थोमस चाण्डीको नियुक्तिपछि राज्य सरकारले कति उपलब्धी गर्यो त्यस बारेमा पनि प्रश्न राखेका छन्। यसरीनै उनले राज्य सरकारले सुदेश जोशीलाई एडिसनल एडवकेट जेनेरल नियुक्त गरेको कुरामा पनि विरोध जनाएका छन्। उनले सुदेश जोशी विवादित हुँदा हुँदै पनि राज्य सराकरले कसरी नुयक्ति दियो भनेका छन्। उनले स्मार्ट सिटी अन्तर्गत निकालिएका कर्मचारीहरूको पक्षमा पनि कुरा राखे भने, संस्कृत शिक्षकहरूलाई दिएको वचन, एडहक शिक्षक, अनि भाषा शिक्षकहरूले पनि न्याय पाउनुपर्छ भनेका छन्। यसरी नै उनले गएको 10 अगस्तको दिन मुख्यमन्त्री प्रेम सिंह तामाङले आफ्नो सम्बोधनमा पूर्व सरकारले आफूलाई जेल हालेको हो भन्ने विषयमा दिएको बयानको खण्डन गर्दै उनले कानुनी दस्तावेजहरूको अध्ययन गर्ने सल्लाह दिएका छन्। उनले मुख्यमन्त्रीलाई दुधालु गाई वितरणमा गरेको घोटालामा कोर्टले सजाय सुनाएको हो भनेका छन्। यसरी नै उनले यो मामिला 4 मार्च 2003 मै हालिएको थियो तर उनले एसडीएफ पार्टीबाट 2004 र 2009 मा टिकट पाउँदा किन कुराको विरोध गरेनन् भनेर प्रश्न राखेका छन्।
अर्कोतिर पत्रकारले गरेको एउटा प्रश्नको उत्तरमा उनले भनेका छन्, यदी वर्तमान सरकारले पनि पूर्व सरकार जस्तै काम गर्छ भने के को परिवर्तन? भनेका छन्।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!