Loading... आजः शनिबार , श्रावण १२, २०८१

सिक्किमको डल्ले खुर्सानीले पायो जीआई ट्याग पञ्जिकरणको स्वीकृति


गान्तोक, 2 सेप्टेम्बर। सिक्किमको बहुचर्चित ठूलो अलैची पछि अब सिक्किमकै अर्को चर्चित उत्पाद डल्ले खोर्सानीलाई पनि भौगोलिक संकेत ट्याग (जीआई ट्याग) प्राप्त भएको छ। ठूलो अलैचीजस्तै डल्ले खोर्सानी पनि सिक्किमको मनपर्ने अनि लोकप्रिय खाद्य हो। जसलाई जीआई ट्याग पञ्जीकरणको निम्ति अनुमोदन गरिएको छ। सिक्किमको जैविक उत्पादनहरू मध्ये डल्ले खोर्सानी पनि हो जसलाई अकबरे खोर्सानी पनि भने चिन्ने गरिन्छ भने सिक्किमको हरेक घरको मन पर्ने अनि प्रत्येक व्यक्तिको जिब्रोको स्वाद हो डल्ले खोर्सानी। यसको कडा पिरोपन र बास्नायुक्त स्वादले गर्दा विश्वको विभिन्न ठाउँमा यसको चर्चा र माग रहेको छ।
सिक्किमबाट डल्ले पेस्टको रूपमा तथा सादेर अचार बनाएको विभिन्न परिकारमा अर्ध सरकारी, गैर सरकारी, घरेलु उद्योगले बजारमा ल्याउने तथा निर्यात गर्ने गरेको छ। काँचो डल्लेको रूपमा गान्तोकको लालबजारमा हरदर 350 देखि 400 रूपियाँ प्रति किलोग्रामको दरमा बिक्री गरिन्छ भने उत्पादक किसानहरूलाई पनि राम्रै आर्थिक विकासको बाटो खोलेको छ। डल्ले खोर्सानी सिक्किम लगायत दार्जीलिङ, कालेबुङ, पूर्वी नेपाल तथा पूर्वोत्तर भारतको केही ठाउँमा खेती गरिन्छ।
अर्कोतिर जीआई ट्यागको बारेमा भन्नु पर्दा यो एक संकेत हो जसको उपयोग विशिष्ट क्षेत्रको भौतिक सामानलाई भौगोलिक संकेतक (पञ्जीकरण अनि संरक्षण) अधिनियम 1999 (2003 मा लागू) अन्तर्गत अनुमोदित गरिन्छ।
डल्ले खोर्सानी शिमला मिर्चकै एक उप-प्रजाति हो विशेष रूपमा क्याप्सिमक एनुम परिवारको खोर्सानी हो। यो सिक्किम र उत्तर बंगालमा व्यापक रूपमा उत्पादन गरिने गरिन्छ भने यो धेरै पिरो हुने खोर्सानीहरूमा एक हो। जसको पिरोको क्षमता अर्थक एसएचयुको रेटिङमा 100,000 देखि 350,000 मानिएको छ। जुन चर्चित नागा किङ खोर्सानीको भन्दा कम हो। यद्यपी यो नागा किङको भन्दा स्वाद र बास्नामा उत्कृष्ट रहेको कारण सबैको जिब्रोको निम्ति स्वादिलो रहेको छ।
डल्ले खोर्सानी भन्दा पहिले सिक्किमको एकमात्र जीआई ट्याग उत्पाद ठूलो अलैची रहेको थियो। जसलाई 2015 सालमा स्वीकृति दिइएको थियो। ठूलो अलैची पनि सिक्किमको सबैभन्दा राम्रो उत्पादहरूमा एक हो। जसको उत्पादन शुरुदेखि नै पूर्ण जैविक रहेको तथा बास्नादार मसलाको रूपमा विश्वले चिनेको छ। उत्तर सिक्किमको जङ्गुलाई ठूलो अलैचीको राजधानी भनिन्छ।
अर्कोतिर जीआई ट्यागले केवल राज्यहरूको अनौठो उत्पादनको पहिचान मात्र गर्दैन तर राज्यको आर्थिक विकास अऩि प्रगतिसित पनि जोडिएको हुन्छ। यसले नक्कली उत्पादनहरू चिन्नमा पनि सहयोग गर्दछ जुन कानुन अऩुसार दण्डनीय अपराध हो त्यसै अन्तर्गत लागु गरिएको हुन्छ।
अब सिक्किमको डल्ले खोर्सानीको जिआई ट्यागको निम्ति नर्थ इस्टर्न एग्रीकल्चर मार्केटिङ कर्पोरेशन लिमिटेड (नेरामेक) नामक संस्थाले गत वर्ष 10 दिसम्बरको दिन आवेदन गरेको थियो। जसलाई  जीआई ट्याग प्रदान गर्ने भारत सरकारको उद्योग तथा वाणिज्य मन्त्रालयको औद्योगिक विकास तथा आन्तरिक व्यावसाय विभाग अधिनस्थ  रहेको भौगोलिक संकेत रजिस्ट्रीले प्रदान गरेको छ।
उल्लखनीय छ भारतको सबैभन्दा पहिलो जिआई ट्याग उत्पाद विश्व प्रसिद्ध दार्जीलिङको चिया हो। जसलाई 2004-05 मा जिआई ट्याग प्रदान गरिएको थियो। अहिलेसम्म भारतमा जम्मा 365 वटा उत्पादहरूलाई जिआई ट्याग प्रदान गरिएको छ। यो भन्दा अघि सिक्किमले चर्चित तिमी चियालाई जिआई ट्यागको निम्ति आवेदित गरेको थियो जसले 2019 सालमा नै जिआई ट्याग पाउने सम्भावना रहेको बताइएको थियो भने प्राप्त हुन सकेन। यद्यीप सिक्किममा अहिले दुइवटा कृषि उत्पाद ठूलो अलैची र डल्ले खोर्सानी जिआई ट्यागको पञ्जिकृत उत्पाद बन्न पुगेको छ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!