Loading... आजः शनिबार , श्रावण १२, २०८१

सिक्किमको डिजिपिलाई निलम्बित गरेर स्वातन्त्र नियाकबाट मल्ली काण्डको जाँच गर्नुपर्छः केबी राई


गान्तोक, 5 जुलाई। दक्षिण सिक्किमको मल्ली चेकपोष्टबाट कोविड 19 को मानदण्डलाई अवैधरूपमा उलङ्घन गर्दै पाँचजना सिक्किम बाहिरका मानिस छिर्न दिएको सन्दर्भमा मुख्य दोषी सिक्किम पुलिसको डिजिपी रहेको पुलिसले गरेको पत्रकार सम्मेलनबाटै थाहा भइसकेको बताउँदै सिक्किम रिपब्लिकन पार्टी (एसआरपी) का अध्यक्ष केबी राईले यसबारे निष्पक्ष जाँच गर्न तुरन्तै डिजिपीलाई निलम्बित गरेर स्वतन्त्र निकायबाट जाँच गरिनुपर्ने माग गरेका छन्। अध्य़क्ष राईले पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै भने, सिक्किम पुलिसको पत्रकार सम्मेलन पूर्व नियोजित तथा सुनियोजित प्रकारले बनाइएको नाटक जस्तो महशुस भएको छ। डीआइजीले दिएको सफाईसित कसैलाई पनि चित्त बुझ्ने अवस्था भएको छैन। उनको एसएचओ र डीजीपीको बीचमा टेलिफोनिक वार्ता भयो अऩि नाइक पूर्ण राणा, टासी राब्गे भोटियाको वार्ता सुनायो तर स्पष्ट थिएन। डीआइजीले डीजीपीको कुरामा विश्लेषण गर्दिनँ भन्यो त्यसमा रहस्य लुकेको छ दालमा कालो देखिएको सिक्किमे जनताले बुझिरहेको छ। डीजीपीले नै फोन गर्दा स्पष्ट गरेको छैन। कता जान चाहन्छ भन्ने स्पष्ट गरेर मल्ली एसएचओलाई निर्देश दिनु पर्नेथ्यो तर सम्पूर्ण पुलिसलाई अन्योलमा पारेको छ।, उनले भने। यसैगरि अध्य़क्ष राईले यसबारे जाँच निष्पक्ष हुनुपर्छ नायक र कन्स्टेबललाई मात्र होइन शङ्काको घेरामा डिजिपी पनि छ त्यसकारण भारत सरकार, सिक्किम सरकार र कोविड 19 को कारण बनाइएको नीतिलाई पूर्ण रूपमा उल्ङ्घन गरेर सिक्किम भित्र पसेका हुन् यसरी सिक्किम र भारत सरकारको नियम तोडेर आघात पुऱ्याउने कोशिश गऱ्यो त्यसले सिक्किमलाई भारतभरि बद्नाम गरिएको छ। उनले अझ भने यसको सम्पूर्ण काम डिजिपीबाटै भएको छ र सिक्किम सरकारले दुइ जनामात्र होइन एसएचओ, डीजीपी सबैलाई निलम्बन गरेको हुनुपर्छ। यो कुराले मुख्यसचिवले जति सफाई दिने प्रयास गरे पनि मुख्य सचिव शङ्काको घेरामा छ यसकारण जाँच समितिको सदस्य हुनुहुँदैन। उऩीहरूलाई निलम्बन गरेर राख्नुपर्छ अनि शङ्काको घेरामा भएकाहरूलाई जाँच समितिमा राख्नु हुँदैन। कानुनलाई बद्नाम गर्न चहानेलाई राख्नु हुँदै, पूर्व न्यायाधिश, मुख्यसचिवहरूलाई निष्पक्ष जाँच समिति गठन गरिनुपर्छ भन्ने हाम्रो माग छ, उनले भने। यो कुराको जाँच ठीकसित हुँदैन भने हामी राष्ट्रिय स्तरमा चिट्ठिलेखेर सिक्किममा भएको अपराधको बारेमा बताउने छौं भनि बताए।
अर्कोतिर अध्यक्ष राईले भने, डिआइजीले पत्रकार सम्मेलनमा टाउकेको टाउको जोगाउने जस्तो कुरा गरेको भएपनि उनले जीउ भने छर्लङ् देखाइदिए अब हामी जिउ भएर टाउको सम्मपुग्न चहान्छौं वास्तविकता के हो भन्ने प्रमाणित गर्छौं।उऩले दाबी गर्दै भने यो मामिलामा सतप्रतिशत सिक्किमको डीजीपी दोषी छ। गौरी शङ्करको नाममात्र आउँदैछ तर त्यसमा को को थियो भन्ने कुरा पत्ता लगाउँदैछौं यहाँ व्यापारको साम्राज्य फैलाउनेमा आइपीएस र आइएएस पनि छन् त्यसबारे हामीमा पनि सूचना आउँदैछ। यदी गौरी शंकर सिक्किम भित्रै थियो भने डिजिपीले फोन गरिरहनु पर्ने अवस्था नै थिएन त्यसमा बाहिरबाट आउन चाहनेले नै फोन गर्न लगाउँछ त्यसकारण पुलिसको पत्रकार सम्मेलनमा अर्थहीन छ। गौरी शङ्करले जोरथाङबाट बाहिर जान्छु या त भित्र पस्नु चहान्छु भनेका छन् डीजीपी र गौरी शङ्करले गरेको बात डीआईजीले सार्वजनिक गर्नुपर्छ, उनले माग गरे।
पुलिसले पत्रकार सम्मेलनमा सिक्किम बाहिर जान चहानेलाई केही पर्दैन भनेको छ भनेपछि गौरी शङ्कर र अरूले डीजीपी जस्तो मान्छेलाई फोन गर्दैछ त्यसकारण पुलिसको पत्रकार सम्मेलन नाटक गरेको जस्तो भयो तर सिक्किमको व्यक्ति डिआइजी, एचएसओ र निलम्बितहरू नाइक र कस्टेबल कोही डराउने काम छैन, उनले सिक्किमे जनता उनीहरूको साथमा रहेको बताए।
यसैगरि राज्य सरकार चुप लागेर बसिरहेको जनतालाई भ्रममा पार्नमात्रै साना साना मुद्दामा लोक दोहोरी खेल्छ एसकेएमका प्रवक्ता,सिक्किम सरकार र मुख्यमन्त्रीले आइपीसीको धारा 307 लगाउने कुरा कहा गयो उनले प्रश्न गरे। यस्तो नाटक र ढोङ गर्ने राजनीतिज्ञहरूले सिक्किमेलाई हेप्ने छुट दिएको कारण सिक्किमेको ज्यानलाई खतरा हुने काम गरेको छ आइपीएस आइएएसले यस्तो काम गरिरहेको छ। यदी रिपोर्टमा चित्त नबुझ्ने आएर विरोध गर्न जनता सबै तयार हुनु नत्र विरोध गर्न नसक्ने हो भने जिउँदो छु नभन्नु मूर्द बराबर हुनेछ तर जिउँदोले मूर्दाको संज्ञा पाउनु सबैभन्दा खराब हो उनले बताए।
उनले भने एसएचओले चेकपोष्टमा छिर्न डीजीपीको नाम लिन्छ भनेको छ भने उसको फोनको कुरा पनि नाटकीय बनाइएको हुनुपर्छ। सिक्किमको डिजिपी र मुख्य सचिवले सबैलाई दबाइरहेको बुझिन्छ। सिक्किमको रैथाने पुलिसले कहिले यस्तो गर्दैन डिजिपी र मुख्यसचिवले नै यसो गरेको स्पष्ट भएको छ। तर अब डराएर टाउकेहरूलाई जोगाउने काम पनि नगर्नु भनि आह्वान गरे। उनले डिजीपी र गौरी शंकरको भोइस रेकर्ड सुनाउनुपर्ने माग गरे।

सिक्किमे जनताले मतदान दिएर विधिको शासन चलाउनु भनेर पठाएको सरकारको नियममाथि जनता बाँच्दैछ भने सरकार भन्दा माथि हुने व्यक्तिहरू जन्मिँदैछ हामी त्यो सहनेछैनौं जनताले सहनु हुँदैन, अध्यक्ष राईले आह्वान गरे।
अर्कोतिर उनले मल्ली चेकपोष्टमा खटिएका डॉ. अश्विन प्रधानलाई पनि दबाउ गरिएको छ। त्यसकारण डीजीपीलाई निलम्बित गरेर दोषी प्रमाणित भएमा आइपीसीको धारा 307 मा कानुनी कार्वाही गरेको हुनुपर्छ मुख्यमन्त्रीले दिएको बचन अनुसार काम गर्नुपर्ने तर अस्तीत्वबिनाको कुरा नगर्नु भनेका छन्।
यसैगरि अध्यक्ष राईले भने, मानवताको नातामा कानुनलाई पर सारेर पुलिसले काम गर्छ भन्छ भने त्यहीबाट बुझिन्छ डीजीपीले नै हुकुम गरेको छ भन्ने डीआइजीले खुलासा गऱ्यो। मानवताको नातामा कतिजनालाई छोड्यो के ठूलो पद ओहदाकोलाई मात्र छोड्ने प्रश्न गरे। मानवताको नातामा छोड्ने भनेर सरकारले कहाँ नियम बनाएको छ अनि त्यस्तो हो भने पुस्तौदेखि कागजपत्र नभएर बस्दैछ भने मानवताको नातामा सुष्मिता सुब्बाको परिवारलाई पनि झट्टै सिक्किम भित्र्याउनुपर्छ। त्यसैगरि बङ्गालको एक युवकले सिक्किममा उपचाराधिन पिताको निम्ति खर्च जुटाउन जाँदा फर्किन पाएन अनि उनको निधन भयो लाश समेत लान पाएन त्यसको बारेमा कहाँ गयो मानवता भनि प्रश्न तेर्साए।

Please follow and like us:

Insert your Ads code here


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!