Loading... आजः शनिबार , श्रावण १२, २०८१

सिक्किमको पहिलो महिला पत्रकारलाई श्रमजिवी पत्रकारहरूले दियो भावपूर्ण श्रद्धाञ्जलि


गान्तोक, 15 जूनः सिक्किमकी पहिलो महिला पत्रकार श्रीमती सन्तोष निराशको निधनमा इण्डियन जर्नालिस्ट यूनियन (आईजेयू) सिक्किमले श्रद्धाञ्जलि सभा आयोजन गरेर उनलाई भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरेको छ। गत 10 जूनमा निधन भएकी सिक्किमकी पहिलो महिला पत्रकार सन्तोष निराशलाई सम्झना गर्दै श्रद्धाञ्जली अर्पण गर्न राजधानी गान्तोकका अधिकांश श्रमजीवि पत्रकारहरूको उपस्थिति रहेको थियो। सोमबार राजधानी गान्तोकमा आयोजित श्रद्धाञ्जलि सभामा जर्नालिस्ट यूनियनसित सम्वद्ध श्रमजीवि पत्रकारहरू साथै वरिष्ठ सामाज सेवक तथा वास्तुकार किरण रसाईलीको विशेष उपस्थिति थियो। उनकै अध्यक्षतामा आयोजित यो सभाको अवसरमा सबै पत्रकार स्वर्गीय सन्तोष निराशको तस्बिरमा खादा चढ़ाएर श्रद्धाञ्जली अर्पण गरे।
सभामा स्वागत सम्बोधन राख्दै जर्नालिस्ट यूनियन सिक्किमका अध्यक्ष भीम रावतले सन्तोष निराशको पत्रकारिता जीवन र उनले सिक्किमेली समाजलाई दिएको योग्दानमाथि प्रकाश पारे। यसरी नै वरिष्ठ पत्रकार किशोर कुमार छेत्रीले सन्तोष निराशलाई आफूले विद्यार्थी जीवनदेखि नै चिनेको उल्लेख गर्दै उनले दिएको पत्रकारिता क्षेत्रको योग्दानलाई युवा पत्रकारहरूले अनुकरण गर्नुपर्ने बताए। पत्रकार प्रकाश अधिकारीले सिक्किमका वरिष्ट पत्रकार साथै सामाजिक कार्यकर्ताहरूको योगदानलाई प्रकाश पार्ने प्रकारको दस्तावेजीकरण जर्नालिस्ट यूनियनको पक्षबाट हुनुपर्छ भन्ने सुझाव राखे। यसरी नै सिक्किम एक्सप्रेसका एसोसिएट एडिटर विजय गुरुङले सन्तोष निराशले सिक्किममा पत्रकारिता शुरु भएको कठिन परिस्थितिम पत्रकारिताको क्षेत्रमा लागेर प्राप्त गरेको उपलब्धि सबैका लागि प्रेरणादायी रहेको बताए। यसरी नै दिछेन अङ्मू भोटिया र कविता शर्माले स्वर्गीय सन्तोष निराशसित सम्बन्ध र उनले दिएको प्रेरणाबारे उल्लेख गरे भने समय दैनिकका सम्पादक डिल्लीराम दुलालले सन्तोष निराशले सिक्किममा शिक्षा तथा पत्रकारितामा दिएको योगदानको स्मरण गरे। सभामा पत्रकार विष्णु न्यौपाने, प्रवीण खालिङ र सुजल प्रधानले पनि आ-आफ्नो मन्तव्य राखे। सभाध्यक्ष किरण रसाइलीले स्वर्गीय सन्तोष निराशको पत्रकारिता जिवनबारे बोल्दै उनी निष्पक्ष र निडर पत्रकार रहेको उनको परिवारसित आफ्नो पारिवारीक सम्बन्ध पनि रहेको उल्लेख गरे। पत्रकार अर्पण प्रधानले सञ्चालन गरेको श्रद्धाञ्जली सभामा उपस्थित सबैले स्वर्गीय सन्तोष निराशको आत्माशान्तिको कामना गर्दै मौन धारण पनि गरेका थिए।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!