गान्तोक, 14 फरवरी। सिक्किमको सत्तारूढ एसकेएम पार्टीले सरकारी कर्मचारीहरूको निम्ति सबै शनिबार छुट्टी गर्ने घोषणै गरेर सत्तासम्म पुगेपछि आफ्नो वचन पूरा गर्दै राज्यमा सबै शनिबार विदा घोषणालाई कार्यान्वयन गरिएको थियो।
त्यसपछि अधिसूचना जारी गर्दै सरकारले सरकारी कार्यालयहरूको काम गर्ने समय 9-30 देखि 4-30 सम्म बनाएर शनिबार विदा गरेको थियो। यद्यपी अहिले आएर दोस्रो अनि चौथो शनिबारमात्र छुट्टी गरिने कुरालाई मुख्यमन्त्री पीएस गोलेले घोषणा गरेका छन्। जुन अहिले सबै विभागहरूमा लागु हुनेगरी अधिसूचना ननिस्किएपनि शिक्षा विभागले भने गत वर्ष 19 दिसम्बर 2019-मै यसबारे अधिसूचना जारी गरेको छ जसमा काम गर्ने दिन कम्ति भएको हुनाले शिक्षाको अधिकार ऐन 2009- अन्तर्गत गृह विभागको पूर्वव अधिसूचनालाई निरस्त गर्दै नयाँ अधिसूचना लागू हुनेगरि जारी गरिएको छ। अन्य विभागहरूको छुट्टी काट्ने सन्दर्भमा अहिलेसम्म अन्योलता नै रहेपनि शिक्षा विभागले भने आफ्नो प्रतिबद्धता अघिसारिसकेको छ। अतिरिक्त मुख्यसचिव जीपी उपाध्यायले जारी गरेको अधिसूचना अब सबै शिक्षा विभागमा लागू हुने भएको छ।