सिक्किमको सबै ब्याङ्क अब किसानमुखी हुनेछ हप्ताको बुधबार किसानको दिनः मन्त्री लोकनाथ शर्मा
गान्तोक, 3 जुन। सिक्किम सरकारले हरित अर्थनीति अन्तर्गत किसानलाई प्रथमिकता दिँदै कृषि ऋणको निम्ति प्रोत्साहन गर्न प्रत्येक बुधबार किसानको दिन सुनिश्चित गर्ने निर्णय़ गरेको छ। रिजर्ब ब्याङ्क अफ् इण्डिया र लिड ब्याङ्क एसबीआई तथा अन्य ब्याङ्कहरूका प्रतिनिधिहरूसित बैठक गरेर महत्वपूर्ण निर्णय गरेको छ। यसबारेमा कृषि तथा वागवाणी विभागका मन्त्री लोकनाथ शर्माले पत्रकार सम्मेलन आयोजन गरेर जानकारी दिए। उऩले दिएको जानकारी अनुसार अब राज्यको सबै ब्याङ्कमा हप्तामा एक दिन बुधबार किसानको दिन नामक कार्यक्रम अनुसार कृषकहरूलाई प्राथमिकता दिएर ऋण तथा अऩ्य ब्याङ्क सम्बधि कार्यहरू गरिदिने निर्णय गरेको बताए। यसैगरि प्रत्येक महिनाको पहिलो विहिबार जिल्लास्तरमा ब्याङ्क र कृषि वागवाणी, पशुपालन विभागका प्रतिनिधिहरूले बैठक गरेर जिल्लाको कुन कुरामा असुवुधा भएको छ किसानहरूले के कति ऋण पाउँदैछन् त्यसबारे जनकारी लिने अनि बैठक गर्ने छ। अब उसो राज्य सरकारले अब चाँडै तीन तीन वटा निर्वाचन क्षेत्रलाई लिएर लोन मेला लगाएर किसानहरूलाई कृषि विकासमा सहयोग गर्ने निर्णय गरेको छ। पहिलो चरणमा योक्सोम टासीडिङ, मानेबुङ देन्ताम र बर्मेक निर्वाचन क्षेत्रको निम्ति मेला आयोजन गरिनेछ। यस्तो गर्दा किसानहरूलाई अहिलेसम्म कृषि लोनबारे भइरहेको समस्या समाधान हुने बताए। यस्तो मेलामा सबै मानदण्ड पुरा भएमा मेलाको टबलमै ऋण आवन्टन गरिने बताए। एक लाख 60 हजार रूपियाँसम्म कुनै धितो नराखी ऋण प्रदान गरिने प्रावधान रहेको अनि स्वयं सहायता समूह अनि गैर सरकारी संघ संस्थाहरूले 10 लाख रूपियाँसम्मको निम्ति ब्याङ्कमा कुनै धितो राख्नु नपर्ने तर त्यो भन्दा अधिक पैसा चाहिएमा भने ब्याङले धितो राख्नु पर्ने व्यवस्था गरेको अनि योजना बनाउन नाबार्डले सहयोग गर्ने पनि बताए। अर्कोतिर राज्यभरि सबै बाँझो जमीनहरूलाई ग्राम पञ्चायतद्वारा चिन्हित गरेर उक्त ठाउँमा खेती गर्ने अनि राजस्व विकासमा मद्दत गर्ने बताए। अर्कोतिर हरेक वर्ष सबै ब्याङ्कहरूमा सबैभन्दा धेरै किसान लोन दिने ब्याङ्कलाई प्रोत्साहन गर्न पुरस्कार पनि राखिऩे मन्त्री शर्माले बाताए। आज संयुक्त रूपमा पत्रकार सम्मेलन गर्नुको मुख्य उद्देश्य सबै ब्याङले किसानलाई सहयोग गर्छौं भन्ने दाबी गरेको कुरालाई पुष्टि गर्नु अऩि हरेक व्यावसायको निम्ति ऋण दिने प्रतिबद्धता जाहेर गरेको विषयमा सार्वजनिक गर्नु रहेको बताए। उनले किसानहरूले सरकारद्वारा सिर्जित अवसरलाई उपयोग गर्ने आह्वान गर्दै सबैले कृषिमा रहेको अवसरलाई समात्ने आह्वान पनि गरे। उनले अब सबै राष्ट्रकृत र निजी तथा स्थानीय वित्तिय संस्थानहरूलाई आरबीआईले ने विशेष निर्देश दिएर किसानमुखी पहल गराउने भएको हुनाले यसको फाइदा लिनुपर्ने बताए।
यसैगरि कार्यक्रममा विभागीय सचिव रविन्द्र तेलाङले सबै ब्याङ्कको प्रतिनिधिहरूलाई लिएर मङ्गलबार बैठक गरिएको अनि किसानमुखी नीति अलम्बन गर्दै विभिन्न निर्णयहरू गरिएको बताए। अनि ब्याङकका प्रतिनिधिहरूले पनि जानकारी दिए।
सिक्किममा 66 बजार किसान रहेको अनि अहिलेसम्म 11 हजारले कृषि ऋण प्राप्त गर्न सकेको आरबीआईका महाप्रबन्धक रवी साङ्बीले बताए। उने सरकारको पहलमा बैठक गरेर किसान मुखी निर्णय लिइएको अनि त्यसको प्रत्यक्ष फाइदा किसानहरूले लिनुपर्ने बताए। यसैगरि कुतमा बसेर मालिकको जमिन कमाउनेहरूको निम्ति पनि ब्याङ्कले ऋण दिने विषयमा पहल गर्ने अनि अहिलेसम्म केवल जग्गाको मालिका आफै भएकालाई मात्र ऋण दिने प्रक्रियामाथि नयाँ सोच अघि आएको बताए। यसैगरि स्टेट ब्याङ्क अफ् इण्डियाका क्षेत्रिय प्रबन्धक अफताब अहम्द मल्लिकले आफ्नो पक्षबाट हुने सबै सहयोग गर्न किसानहरूको निम्ति तयार रहेको अनि सरकारले गरेको निर्णयलाई पूर्ण समर्थन जनाए।