Loading... आजः शनिबार , श्रावण १२, २०८१

सिक्किमको सुरक्षा, विकास हाम्रो मूल मुद्दा हो, विलय होइनः ज्याकब खालिङ


गान्तोक, 13जनवरी। ‘सिक्किम क्रान्तिकारी मोर्चाको मूल मुद्दा सिक्किमको विकास र सुरक्षा हो, विलय होइन। एसकेएमले आफ्नो स्थापनाकालदेखि नै सिक्किम-दार्जीलिङ विलय मुद्दाको विरोध गरेको छ, गर्दैआएको छ अनि भविष्यमा पनि विलयको विरोध गर्नेछ। हामी भारतको 22 औं अङ्ग हौं। भारतीय संविधानको धारा 371 (एफ)-ले हामीलाई विशेष प्रावधान र सुविधा दिएको छ। हामी खाँट्टी भारतीय सिक्किमे हौं अनि भविष्यमा पनि खाँट्टी सिक्किमे भारतीय रहनेछौं।’ यो वक्तव्य हो मुख्यमन्त्रीका राजनीतिक सचिव ज्याकब खालिङको। यो वक्तव्य त्यतिबेला आयो जतिबेला सिक्किमको विपक्षी पार्टी एसडीएफ राजनीतिक चर्चाबाट ओझेल पर्नलागेको समय सिक्किम-दार्जीलिङ विलय मुद्दाको बैसाखी चढ़ेर एसडीएफको सामाजिक सञ्जालकर्मीहरूले सिक्किमको राजनीतिक क्षेत्रमा छाउने प्रयास रच्यो। एउटा अंग्रेजी दैनिकमा गोर्खा राष्ट्रिय कंग्रेस नेता भरत दोङको प्रकाशित वक्तव्यलाई एसडीएफको सञ्जालकर्मीहरूले सो सन्दर्भलाई औंल्याएर भाइरल गर्योर। सिक्किमको शान्ति र आनन्दलाई गलत दिशातिर लैजाने प्रयास रचिँदैथियो। ‘दार्जीलिङमा संविधानलाई शिरोपर गरी उठाइएका हरेक मागहरूमा एसकेएमको नैतिक समर्थन रहनेछ तर ती मागहरूमाथि हस्तक्षेप रहनेछैन। तर एसकेएमले सिक्किम दार्जीलिङ विलय मागको एसकेएमले त्यतिबेलादेखि आज अनि भविष्यसम्म विरोध गर्नेछ।’ खालिङले विलय मागको विरोध गर्दै एसकेएमको प्रतिवद्धता यसरी जारी गरे।
गत 7 जनवरीको दिन भारतको एक अंग्रेजी समाचार पत्रमा प्रकाशित समाचारको उठान गर्दै एसडीएफ खेमाले सामाजिक सञ्जालहरूमार्फत गरेको सुनियोजित षड़यन्त्रको छिनाफानो र मूल्याङ्कन गर्न सिक्किमका दिग्गज जनतामाझ छोड़िदिए। गोर्खा राष्ट्रिय कंग्रेसका नेता दोङले जे बोले यसले पूर्व मुख्यमन्त्री पवन चामलिङलाई विलय मुद्दाबाट क्लिनचीट दिएको अनि वर्तमान मुख्यमन्त्री पीएस गोलेलाई आरोपको दलदलमा फँसाउने कोशिश गरिएको दावी गर्दै दोङलाई अर्को राज्यको मुख्यमन्त्रीलाई फँसाउने कोशिश नगर्ने सुझाउ राखे। ‘दार्जीलिङमा पनि यहाँ जस्तै सबै जात-जाति बस्छन्। एउटै भाषा बोल्छन्। उनीहरूको खुशीसँग हामी खुशी हुन्छौं अनि उनीहरूको दुःखमा हामी पनि दुःखी हुन्छौं।’ दोङले आफ्नो वक्तव्यमा सिक्किमका मुख्यमन्त्री पीएस गोलेले आगामी वर्ष 2022 भित्र विलयको मुद्दा पूरा गर्नेछन् भनेर दावी गरिएको छ। यदि दोङले यसो भनेका हुन् भने हामी पूर्णरूपले उनको वक्तव्यको निन्दा र भर्त्सना गर्छौं। आजको दिनसम्म भरत दोङसँग औपचारिक हाम्रो कुनै भेटघाट भएको छैन अनि उनीसँग विलयबारे चर्चा यो दिनसम्म भएको छैन एवं भविष्यमा पनि हुनेछैन। उनले मुख्यमन्त्री गोलेसँग भेटेको दावी गरेका छन् जब हाम्रो सरकार गठन भयो, एसकेएम सरकार गठन भयो यो सुखद क्षणमा सिक्किमका आम मानिसमा खुशीको सीमा थिएन। पच्चीसवर्षे सरकारलाई परिवर्तन गरी एसकेएम सरकार गठन गर्न सफल बनेकोमा आम सिक्किम खुशीमा डुबेको थियो। यो समय हामीले पूर्व सरकारको सुरक्षाको जुन कठोर घेरो निर्माण गरिएको थियो यसलाई परिवर्तन गरी साधारणभन्दा साधारण व्यक्तिलाई समेत मुख्यमन्त्रीसँग भेट्नसक्ने प्रथा बसाल्यौं। मुख्यमन्त्रीलाई भेट्न खदा लगाउन मानिसको ताँती लागेको लश्करबीच उनले (दोङ) तथा उनका सहयोगीहरूले भेटेको हुनसक्छन्। तर सिक्किम दार्जीलिङ विलयको चर्चा भएन। उनीहरूले मेमोर्या ण्डम (स्मारक पत्र) दिएको कुरा गर्छन् भने यो अफिसियल रिसिभ गरेको छैन। खदाको थाकमा उनीहरूले त्यो कागज चढ़ाएका छन् भने यसलाई सरकारले मान्नेछैन तथा सरकारमा स्वीकार्य छैन। श्री दोङले यसो भन्छन् भने यसले पूर्व मुख्यमन्त्री पवन चामलिङको सुनियोजित षड़यन्त्र, निर्देशन र प्रायोजनमा भनिएको अथवा गरिएको त होइन?’ खालिङले प्रश्न गरेका छन्। पूर्व मुख्यमन्त्री चामलिङमाथि शङ्काको प्रश्न खड़ा गर्दै यसको उत्तर यसरी पेश गरेका छन्, ‘पेपरमा देखिए अनुसार दोङले दुइवटा विशेष काम गरेका छन्। यो के हो भने सिक्किमे जनताअघि चामलिङलाई राम्रो सिक्किमेको रूपमा स्थापित गर्ने प्रयास गरेका छन् अनि उनलाई सिक्किम-दार्जीलिङ विलय मुद्दाबाट क्लिनचीट दिने काम गरेका छन्। अनि त्यही मुद्दामा वर्तमान मुख्यमन्त्री पीएस गोलेलाई अचाहिँदो षड़यन्त्रपूर्वक दलदलमा फँसाएर बदनाम गर्ने काम गरेका छन्। उनले पूर्व मुख्यमन्त्री पवन चामलिङलाई 25 वर्षसम्म भेट्न नसकेको तर वर्तमान मुख्यमन्त्री पीएस गोलेलाई सहजै भेट्नसक्यौं भनेका छन्। यसरी चामलिङलाई क्लिनचीट र मुख्यमन्त्री गोलेलाई विवादमा फँसाउने कोशिश गरेका छन्।’ मुख्यमन्त्रीका राजनीतिक सचिव खालिङले यसो भन्दै दोङको वक्तव्यलाई केलाउँदै यस्तो वक्तव्य जारी हुनुमा चामलिङकै निर्देशनमा गरेका त होइनन्? भन्ने अझ प्रश्न उठाए। यसकासाथै यी यावत विषयको छानबीन, मूल्याङ्कन र छिनोफानो गर्ने, केलाउने जिम्मेवारी पनि सिक्किमका दिग्गज जनतासामु छोड़े। यसो भन्दै उनले एसडीएफले गत विधानसभा चुनाउअघि अनि चुनाउपछि गरेको गलत प्रचार, ढाँटको राजनीतिलाई फेरि एकचोटि स्मरणमा ल्याए। गत विधानसभा चुनाउ प्रचार अवधिमा एसडीएफका प्रवक्ताहरूले एसकेएम नेता पीएस गोलेले चुनाउमा भाग लिन नपाउने दावी गर्दै मुख्यमन्त्री त के पञ्चायतको लागिसम्म चुनाउमा भाग लिननपाउने ढाँटको राजनीति पेश गरेको अवगत गराए। चुनाउमा भाग लिन पाउँदैन भनिएको तर भारतीय चुनाउ आयोगको फरमान बमोजिम चुनाउ लड़ेर उनी आज निर्वाचित मुख्यमन्त्री बनेको सत्यको दशी प्रस्तुत गरे।
चुनाउअघि त एसडीएफले झूटोको सहारा लिएर राजनीतिक खैलाबैला मच्चाउने प्रयास गर्योी गर्योए चुनाउपछि पनि ढाँटको राजनीतिमा विराम नलगाएको उजागर गर्दै तिनले एसडीएफले फेरि अर्को ढाँटको राजनीति गरेको उदाहरण प्रस्तुत गरे। ‘जतिबेला चुनाउ सिद्धियो अनि सरकार गठन भयो यसपछि भूतपूर्व मुख्यमन्त्री चामलिङलाई देशको ठूलो नेता मानेर भारत सरकारले एसपीजी कमाण्डो पठाएर सुरक्षा प्रदान गरेको चर्चामा ल्यायो। यसबारे खोजी तलास गर्दा यी दुइजना सुरक्षाकर्मी एसपीजी कमाण्डो नभएर हरियाणाबाट ल्याइएका प्राइवेट बाउन्सरहरू रहेको फेला पर्योर। एसडीएफले चुनाउपछि पनि अर्को ठूलो झूटो कुरा बोलेर सिक्किमे जनतालाई ठग्यो’ भनी एसडीएफको चरित्र उदाङ्गो पारे। आजको डिजिटल युगमा सिक्किमका आम जनता ज्ञानी, दिग्गज, शिक्षित रहेको अनि यस्तो समय ढाँटको राजनीतिले सिक्किमे जनताको आँखा छल्नुनसक्ने सुझाउ पनि राखे। एसपीजीको उपनाम दिएर ल्याइएका बाउन्सरहरू सत्यको उजागर भएको थाहा पाएर एकाबिहानै सिक्किमबाट सुइँकुच्चा ठोकेको उल्लेख गरे। यति मात्र होइन विधानसभा चुनाउपछि एक पछि अर्को गर्दै झूटो कुरा फिँजाउन एसडीएफ पछि परेन। आम मानिसलाई मूर्ख बनाएँ भन्दै आफूलाई नै मूर्ख बनाउने काम गरिरह्यो। यसको उदाहरणमा भूतपूर्व मुख्यमन्त्री चामलिङलाई लद्दाखको लेफ्टिनेन्ट गर्वर्नर बन्दैछन् भनेर एसडीएफका सञ्जालकर्मीहरूले झूटको अर्को राजनीतिक खेती फैलाउने कोशिश गरेको विषयको पनि उल्लेख गरे। एसडीएफले चुनाउ अघि ढाँट्यो ढाँट्यो, चुनाउपछि पनि जनतालाई ढाँटेको उदाहरण प्रस्तुत गरे। ढाँटको राजनीतिमा विश्वास गर्ने अनि जनतालाई अन्योलताको भुवँरीमा हालेर जनतालाई डर र भयको कराइमा भुटेर आफ्नो राजनीतिक रोटी सेक्ने एसडीएफको राजनीतिक कर्तूतसँग जनता सचेत र जागरूक भइसकेको विश्वास प्रकट गरे। आजको जनता पारदर्शी, विकसित र डिजिटल युगमा कागले कान लग्यो भन्दैमा कागको पछि कुद्ने छैन। पहिले आफ्नो कान छाम्ने जनता छन् भन्दै यस्ता झूटो कुरामा कहिल्यै अघि बढ़्नेछैनौं भन्ने विश्वास व्यक्त गरे। जबसम्म सिक्किममा मुख्यमन्त्री पीएस गोले रहनेछन्, जबसम्म एसकेएम रहन्छ तबसम्म सिक्किमे जनताले सुर्ता गर्नुपर्दैन। एवं सिक्किमको अस्तित्वमा, सिक्किमको सुरक्षामा एक इञ्च पनि आँच आउन नदिने दृढ़ संकल्प व्यक्त गरे। सिक्किमको शिरलाई उच्च राख्ने, मान-मर्यादालाई एवं सिक्किमको सुरक्षालाई सदैव अघि राख्ने पनि संकल्प व्यक्त गरे। एसडीएफका कार्यकर्ताहरूलाई झूटा कुरालाई भाइरल गरिरहनुभन्दा सिक्किम निर्माणको बहसमा अघि आउने अनि राजनीति नै गर्ने हो भने राजनीतिलाई वैज्ञानिक शास्त्रको रूपमा, विज्ञानको रूपमा लिनपर्छ भन्ने आग्रह गरे। विज्ञानले सधैं सत्यता माग्छ, अनुसन्धान र प्रमाण माग्छ। आजको युग हिजोकोजस्तो होइन। वैज्ञानिक, विकास र सभ्यताको रूपले आजको योग चरमममा पुगेको छ। यसैले यहाँ सत्यताको वकालत हुनपर्छ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!