Loading... आजः शनिबार , श्रावण १२, २०८१

सिक्किमको स्वास्थ्य डॉ. शर्माले कोरोना मुक्त भने कोरना भाइरसलाई जित्न सकिन्छ


गान्तोक,6 सितम्बर। सिक्किमका स्वस्थ्य मन्त्री डॉय एमके शर्मा 15 दिनसम्म कोरोना भाइरससित लडेर स्वस्थ्य बनेका छन्। कोरोना पोजेटिभ हुनका साथै उनको स्वास्थ्यमा कोविड निमोनिया पनि पाइएको थोय। उनले आज कोरोना जाँच पछि आफू नेगेटिभ आएको बताएका छन्। उनले आफै भिडियो बयान जारी गरेर यसको जानकारी दिएका हुन्।
उनले आफ्नो सम्बोधन राख्दै भनेका छन् मैले पछिल्लो 15 दिनसम्म चलेको उपचारपछि कोरना नेगेटिभ आएको छ। उनले आफ्नो बिरामीको समयमा चिन्ता गर्ने स्वास्थ्य लाभको कामना गरेर पुजापाठ प्रार्थना गरिदिनेहरूप्रति आभार प्रकट गरेका छन्। उनले आफ्नो लागी सिक्किमको सबै देवी देउराली, गुम्पा मन्दिर भाकेर जसले पनि चिन्ता गरिदिए उनीहरूलाई आफ्नो मनबाट कृतज्ञता अनि आभार प्रकट गर्न चाहेको बताएका छन्। यसैगरि चितिक्साको समयमा चिकित्सक, नर्स र सबै स्वास्थ्यकर्मीले दिनरात एक गरेर सबै बिमारीहरूको उपचार गरिरहेको सेवा गरिरहेको अनि आफ्नो पनि सेवा उपचार गरेरकोमा आभारी रहेको बताउँदै कृतज्ञता प्रकट गरेका छन्। यसरी नै आफ्नो उपचारको क्रममा स्वस्थ्यबारे जनतालाई निरन्तर स्वास्थ्यबारे अवगत गराउने मिडियाकर्मीलाई पनि आभार व्यक्त गरेका छन।
उनले विश्व महामारी कोरोनासित डराउनु नहुने यसलाई जित्न सकिने बताउँदै जनतालाई केही कुराहरूको आह्वान पनि गरेका छन्। उनले आफै कोविड निमोनियाले बिरामी भएको अनि जीतेर आएको त्यसै गरि यो बिमारीसित सबैले जित्न सक्ने अनि लड्ने क्षमता रहेको तर आवश्यक निर्देश र स्वच्छताको पालन भने गर्नुपर्ने बताए। उनले कोरोना सित निरन्तर लड्नुपर्ने अनि यो यत्तिछट्टै नहट्ने भएकै कारण पनि यससित जुझ्न सबै तयार रहनु पर्ने आह्वान पनि गरेका छन्। उनले विशेष गरेर अहिलेको प्राथमिकता भनेको बुढाबुढी र केटाकेटीलाई यो रोगबाट संक्रमित हुनबाट बचाउने दिशामा सबैले कार्य गर्नुपर्ने आह्वान गरेदै कोमर्बिड रोगीहरू मिर्गौला, फोक्सो सम्बन्धित रोगीहरूको सुरक्षा र देखभालमा विशेष ध्यान पुऱ्याउनुपर्ने बताए। यसैगरि उनले स्वास्थ्य सेवासित विश्वास राख्नु पर्ने तथा व्यक्तिगत स्वाच्छताको पालन गर्दै अनावश्यक यात्रा नगर्ने आह्वान पनि गरेका छन्। डॉ. शर्मा दुई हप्तादेखि एसटीएनएम अस्पतालमा उपचाराधिन थिए। उनी जस्तै अहिलेसम्म सिक्किमको 13 सय 71 जना कोरना रोगी निको भएर स्वास्थ भइ सामान्य जीवन बाँचिरहेका छन्। यसैगरि अहिलेको दिनमा पनि 534 जना संक्रमितको उपचार भइरहेको छ। यसैगरि कोरनाको कारण अहिलेसम्म 5 जनाको ज्यान पनि गएको छ। यद्यपी उनीहरू अन्य विभिन्न गम्भीर बिरामीबाट पनि ग्रस्त रहेकाहरू थिए।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!