Loading... आजः आइतबार , माघ २७, २०८१

सिक्किमको स्वास्थ्य मन्त्री डॉ एमके शर्मासमेत 46 जनालाई कोरोना पोजेटिभ


गान्तोक, 21 अगस्त। सिक्किममा कोरोनाको प्रकोप धेरै बढ्न थालेको छ। यसैक्रममा राज्यको स्वास्थ्य मन्त्री डॉ. एमके शर्मालाई पनि कोरोना सकरात्मक भेटिएको छ। उनले यसबारेमा आफै जानकारी दिएका छन्।

उनले भनेका छन् मलाई कोरोना पोजेटिभ पुष्टि भएको छ। उनी अहिले आइसोलेशनमा रहेको अनि स्वास्थ्य रहेको बताएका छन्। सबैलाई चिन्तित नहुने अपिल गरेका छन्। सेल्फ आइसोलेशनमा बसेको अनि आगामी 7 दिनपछि पुनः जाँच गर्ने बताएका छन्।

यस खबरलाई स्वास्थय विभागका सचिव डॉ. पेम्पा टी भोटियाले पुष्टि गरेका छन्। यसैगरि आज सिक्किममा नयाँ 46 वटा कोरोना पोजेटिभ पुष्टि भएसँगै सक्रिय मामिला 499 वटा पुगेको छ। अहिलेसम्म जम्मा संक्रमितको संख्या 1338 रहेको छ। ती मध्ये निको हुनेहरूको संख्या 834 रहेको छ। आज बिहान 8 बजीसम्म भेटिका 46 वटा पोजेटिभ मामिला सबै पूर्व सिक्किमको रहेको छ सचिव भोटियाले बताएका छन्।

Insert your Ads code here
Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!