Loading... आजः शनिबार , श्रावण १२, २०८१

सिक्किमको स्वास्थ्य सेवा जन्मिएको दुइ दिनमै कोरोना भएका दुइ नवजात शिशु निको पार्न सफल


गान्तोक, 21 सितम्बर। सिक्किमको कोरोनाको इतिहासमा स्वास्थ्य सेवाले एउटा महत्वपूर्ण सफलता प्राप्त गर्न सफल बनेको छ। जन्मिएको दुइ दिनमै कोविड 19 को संक्रमण हुन पुगेका दुइजना नवजात शिशु र उनीहरूको आमाहरूलाई पूर्ण रूपमा निको पारेर छुट्टि दिइएको छ। स्वास्थ्य सेवाको यो सफलतालाई स्वास्थ्य विभागका डीजी तथा सचिव डॉ. पेम्पा टी भोटियाले स्वास्थ्यकर्मीहरूको निष्ठा र कार्यप्रति सराहना गर्दै बधाई दिएका छन्। उनले दिएको जानकारी अनुसार निको हुने नवजात शिशुहरूमा पहिलो पूर्व सिक्किमको कुपुप निवासी 32 वर्षीय आमा रेफर भएर एसटीएनएम आएकी थिइन् जसले 8 सितम्बरको दिन एउटा छोरो जन्माएकी थिइन्। आमा कोरोना पोजेटिभ भएको हुनाले नानीको पनि जाँच गर्दा पोजेटिभ पाएको अनि उपचार गरेर 6 दिनमा उनलाई पूर्ण निको पारेर गत 16 सिम्तबरको दिन छुट्टी दिइएको छ। यसैगरी अर्को नानी 9 सितम्बरको दिन सिङताम अस्पतालबाट 24 वर्षीय महिलालाई रेफर गरिएको थियो नुमुना जाँचपछि छोरी नानी जन्म दिएकी थिइनँ उनको पनि आज पूर्ण रूपमा निको भएर आज छुट्टी भएको छ। उनले भने, यो सिक्किममा अहिलेसम्मको सबैभन्दा कलिलो उमेरको कोविड बिमारी निको पार्न सफल भएकोमा स्वास्थ्यकर्मीहरूलाई बधाई दिँदछु र यस्तो काम निरन्तर गरिरहनु पर्छ भन्ने आह्वान पनि गर्न चहान्छु।
अर्कोतिर डॉ. भोटियाले सिक्किममा कोविडको कारण मर्नेहरूको विषयमा बताउँदै कोमर्विड बिमारीहरूलाई धेरै साह्रो पार्ने कुरा अवोकन गरिएको बताए। उनले 29 जनाको मृत्युमा 24 जना कोमर्विड बिमारी नै मृत्यु हुन पुगेको अनि जसमा मधुमेह, हाइपर टेन्सन, डाइलेसिस, एमडीआरहरूको मृत्यु भइरहेको बताए। यसैगरि शुरु देखि नै 10 वर्षसम्मको अनि 65 वर्षदेखिमाथिको उमेर पुगेकाहरूलाई हुने गरेको खतराबारे जानकारी गराउँदै आएको अनि अब पनि त्यही कुरालाई ध्यानमा राखेर सबै सतर्क हुनु अनिवार्य रहेको कुरा उल्लेख गर्दै यसलाई ध्यान दिनुपर्ने बताए। उनले प्रारम्भीक सम्पर्कमा आएकाहरूले जाँच गर्नु मात्र ठूलो होइन तर आफैलाई सतर्क राख्नु र आइसोलेशनमा राख्नुपर्ने विषयमा ध्यान पुऱ्याउनु पर्ने तथा प्रारम्भिक सम्पर्कमा रहेको भन्ने विषयमा गाइडलाइन अनुसार सबैले पालन गर्नु अनिवार्य रहेको पनि बताए। अर्कोतिर पूर्व एसटीसीएसका अध्यक्ष रस्तमान राईको निधन पनि कोविड 19 कै संक्रमणको कारण भएको भन्नु कुरा स्पष्ट पार्दै यसबारेमा अन्योलता रहेको हुनाले जान्न आवश्यक रहेको बताए। अर्कोतिर आज सिक्किममा 56 वटना नयाँ कोरोना पोजेटिभ मामिला आएको छ। ती मध्ये 36 वटा पूर्व जिल्लाबाट रहेको छभने 18 वटा दक्षिण जिल्लाबाट छ साथै 2 वटा पश्चिम जिल्लाबाट रहेको छ। गेजिङ अस्पताललाई पनि 72 घण्टाको निम्ति कन्टेनमेन जोन घोषित गरिएको छ जहाँ दुइवटा कोरोना मामिला आएको छ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!