Loading... आजः शनिबार , श्रावण १२, २०८१

सिक्किममा अनलकको प्रक्रिया शुरु आवश्यक मानदण्ड पालन गर्दै जनजीवन सुचारू


 

गान्तोक, 3 अगस्त। सिक्किममा पछिल्लो दुइ सप्ताहदेखि चलिरहेको लकडाउनलाई फुक्को गर्दै आजदेखि आगामी 31 अगस्तसम्मको निम्ति अनलक प्रक्रिया शुरु गरिएको छ। आगामी 31 अगस्तसम्म सबैप्रकारको चलाचल व्यक्ति-वाहन स्थानीय स्तरमा शुरु भएको छ। जसमा आम मानिस लगायत ट्याक्सी र निजी वाहनहरूको चलाचललाई खुल्ला गरिएकोछ। चलिरहेको लकडाउनले अस्तव्यवस्त बनेको जनजीवनलाई पटरीमा ल्याउने सरकारको प्रयासलाई आम नागरिक, खटिखाने चालक तथा श्रमजिवी सबैले सराहना गरेका छन् भने दोकानदार र व्यापारीहरूले पनि खुसी व्यक्त गरेका छन्।

त्यसो त आजदेखि सञ्चालनमा आएको अनलकको प्रक्रियामा नगरपालीका, ग्राम पञ्चायत एकाई स्तरमा मात्र जोर कि बिजोर नियममा वाहनहरू चलाचलको अनुमति रहेको छ। जसमा अहिले वाहनको जोर र बेजोर नम्बरको आधारमा जोर बेजोर तारिखको दिन चल्न पाउने व्यवस्था गरेको छ। जसमा वाहनहरूमा सानो ट्याक्सी र मोटरले 3 जना सवारी बोक्न पाउने छ भने ठूला वाहनले पाँच जना सवारीलाई साथ लिन पाउनेछ। दुइचक्के वाहनहरू पनि चल्न पाउनेछ भने त्यसमा एक्लो सवारीमात्र हुनुपर्नेछ। अर्कोतिर घोषित कन्टेनमेन्ट जोनहरूमा भने यी अनलकको नियम लागु हुनेछैन्।

Insert your Ads code here

आजदेखि शुरु गरिएको अनलकको प्रक्रिया लागु हुनसाथै जनजीवन विस्तारै पटरीमा फर्किआएको छ। जसमा राजधानी गान्तोक लगायत सबै बजारहरूमा यातायात र आम मानिसहरू आवश्यक काम कुराको निम्ति बाहिर निस्किएको पाइयो।
आजदेखि शुरु भएको अनलकमा सबै एक ढोके दोकानहरू कोलिएको छ। वाहनहरूको सो रूम, ग्यारेज, स्पा. सेलुन, ब्युटिपार्लरलाई बिहान आठ बजीदेखि बेलुकी 6 बजीसम्मको निम्ति खुल्ला गरिएको छ।

यसैगरि सबै होटल, रेस्टुरेन्ट, फास्टफुड, बेकरी, मिठाई दोकान बिहान 8 बजीदेखि बेलुकी 8 बजीसम्म खुल्ला राख्न पाउने अनुमति छ। यसैगरि आगामी 5 अगस्तदेखि योग र वयामशाला खोलिनेछ। यसैगरि अन्तर जिल्ला यातायातको निम्ति विशेष रूपले कारखानाको कर्मचारी अऩि अन्य जिल्लामा रोकिएका कर्मचारीहरूलाई सम्बन्धित जिल्लाको जिल्लापालको अनुमतिमा आउजाउ गर्न छुट दिइएको छ। अर्कोतिर राज्यको सबै सरकारी कार्यालयहरू 30 प्रतिशत कर्मचारीको संख्या राखेर पालो पालो सञ्चालन गर्ने प्रक्रिया शुरु भएको छ। यद्यपी सरकारी वरिष्ठ अधिकारी विशेष ग्याजेटेड वर्गका सबैले नियमित कार्यालय जानुपर्नेछ। यी सबै मानदण्ड भने कन्टेनमेन्ट जोनहरूमा लागु हुनेछैन्।

सरकारको यो निर्णयले सबैभन्दा धेरै राहत आम खटिखाने वर्गका, श्रमजिवी चालक, मजदूर, दोकान र रेस्टुरेन्ट होटलका कामदार तथा अऩ्य निजी क्षेत्रमा दैनिक रोजीको निम्ति परिश्रम गरेर अर्थोपार्जन गर्ने समुदायमा ठूलो राहत भएको मन्तव्य व्यक्त गरिएको छ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!