Loading... आजः शनिबार , श्रावण १२, २०८१

सिक्किममा अनियन्त्रित ढङ्गमा चल्दैछ होटल, दार्जीलिङको होटल बन्द हुँदा सिक्किममा पनि असर पर्छः रोशनराज श्रेष्ठ


इकोनमिक रिभाइबल कमिटिसित एसएचआरएको बैठक

गान्तोक, 4 जुन। सिक्किमलाई कोरोनाले ल्याएको आर्थिक मन्दीबाट जोगाउन सरकारले गठन गरेको इकोनमिक रिभाइबल कमिटिसित र होटल व्यावसायीहरूको छाता संगठन सिक्किम होटल एण्ड रेस्टुरेन्ट एसोसिएशन (सारा)का प्रतिनिधिहरूले बैठक गरेको छ। जहाँ होटल व्यावसायीहरूको विभिन्न समस्या र कमिटिलाई सुझाउ साझा गरिएको थियो। कमिटिका अध्यक्ष सोनाम भेञ्चुङपा र अन्य सदस्यहरूसित बैठकमा राज्यमा सञ्तालन भइरहेको होटलहरूको स्थिति अनि त्यसको निम्ति आवश्यक राहतका कुराहरूबारे माग राख्नका साथै सुझाउहरू पनि दिइएको थियो। जसमा राज्यमा अहिले लगभग 11 सय होटल लजहरू रहेको अनि त्यसमा के कति पञ्जिकृत अनि जीएसटीको पञ्जिकरण गरेर कर भुक्तान गर्ने तथा व्यवस्थित ढङ्गमा नियन्त्रित पाराले अब उसो सञ्चालनको मानदण्ड तय गर्नुपर्ने सुझाउ पनि राखिएको थियो। यसै गरि अहिले होटल व्यावसायीहरूको हातमा भएको लाइसेन्सकै आधारमा अन्य व्यावसाय गर्न पाउनुपर्ने माग पनि गरिएको थियो। बैठकपछि पत्रकारहरूसित कुराकानी गर्दै एसएचआरएका अध्यक्ष रोशनराज श्रेष्ठले आजको बैठकमा होटल सञ्चालकहरूको लोनमा राहत, भुक्तान गर्नुपर्नेमा एकसालसम्म स्थगित गर्नुपर्ने तथा व्यवसायलाई अघि बढाउनको निम्ति सरकारद्वारा सफ्ट लोन दिनुपर्ने माग राखेको बताए। अर्कोतिर होटल निर्माण गर्दै गरेको मानिसहरू पनि रहेको अनिउनीहरूलाई निर्माण गर्न दिनुपर्ने तथा सामान ल्याउँदा एसएनटीमा तिर्नुपर्ने करलाई छुट गरिनुपर्न माग पनि राखेको बताए। अर्कोतिर राज्यमा धेरैजसो होटल पञ्जिकरण नभएको तथा जीएसटी बिना नै चलाउँदै गरेको कुराहरूलाई ध्यानमा राखेर सबै कुरा सरकारले पुनमुल्याङ्कन गर्ने पर्ने अऩि सबैले कर जीएसटी बुझाउनुपर्ने बताए। अर्कोतिर पर्यटन आउनथालेपछि होटलको रेट बड्ने अनि त्यसमा जीएसटी पनि बढ्ने भएकोले सबै पञ्जिकृत र जीएसटीमा अन्तर्भुक्त भएको हुनुपर्ने बताए। सिक्किममा भने पञ्जिकरण नगरिएको अनियन्त्रित प्रकारले चलिरहेको छ होटलहरू। जसले गर्दा किराइको घर पनि पाउन नसक्ने स्थिति भएको छ तर सरकारले सबै कुरामा नियन्त्रित ढङ्गमा चलाएर सही पञ्जिकरणसित चलाइयो भने सबै समस्या समाधान हुन्छ। तीनसय जति होटलको पर्यटन विभागको लाइसेन्ससम्म नभएकाहरूले होटल चलाइरहेको अनि अहिले लिज फर्काउने माग गरिरहेका छन् जुन अनियन्त्रित रहेको छ भनी बताए।
यो महामारीले सिक्किमको होटल व्यावसायीलाई मार्च अप्रेलको मौसममा मात्र 650 करोड़ रूपियाँको नोक्सानी भएको छ भने एक मौसममा साढे सात लाख पर्यटक आउँदा प्रतिव्यक्ति 15 हजार रूपियाँमात्र खर्च गर्ने हो भने भने कति करोड रूपियाँको आर्थिक घाटा राज्यमा परेको छ हिसाब लगाउन सकिन्छ उनले भने।
अर्कोतिर उनले भने, राज्यमा होटलहरू लिजमा दिनेहरूले राज्य प्रशासनलाई झुक्काउँदैछ। सिक्किममा व्यापार गर्नु सजिलो भएको छ। व्यवस्थित रूपमा पञ्जिकृत भएको छैन। विभाग र प्रशासनले पनि प्रयास गर्दैछ जीएसटीको मान्छेले पनि गर्दैछ नियममा ल्याउने काम हुनु आवश्यक छ।
अहिले राज्यमा रेस्टुरेन्टहरूको केवल होम डिलिभरी मात्र गर्दा धेरै होटलहरू बन्द हुने अवस्थामा पुगेको बताउँदै केवल होम डेलिभरीले मात्र हुँदैन अब सामाजिक दूरत्व पुरा गरेर होटल रेस्टुरेन्ट चलाउन दिनुपर्छ भन्ने लागेको छ भनी बताउँछन्। यस नहुँदा स्थानीय मानिसलाई नै रोजगारमा राखिएको छ तिनीहरू समस्यामा परेका छन्।
अहिले राज्यभरि होटल बन्द रहेको तर राज्यको मुख्य पर्यटक आउने ठाउँ दिल्ली, मुम्बई, चेन्नई र बङ्गाल रहेको तर र अहिले हटस्पट भएको हुनाले पर्यटक आउने सम्भावना नरहेको बताए। अहिले देशको अन्य राज्यहरूमा गोवा केरलाले पर्यटन खोल्न थालेको तर सिक्किमले स्वास्थ्यसित सम्झौता नगर्ने भन्दै अक्टोबरसम्म नखोल्ने निर्णय लिएको बताए। यद्यपी अहिले एमजी मार्ग र अन्यमा धेरै रेस्तराँ र होटलहरू बेच्ने नोटिस टास्न थालेकोले चिन्ता बढाएको पनि बताए।
यसैगरि छिमेकी दार्जीलिङ पाहाडमा आगामी जुलाईदेखि दार्जीलिङको 350 वटा होटल बन्द हुँदा सिक्किममा पनि त्यसको प्रत्यक्ष प्रभाव पर्ने एसएचआरएका अध्यक्ष श्रेष्ठले बताए। उनले भने सिक्किममा आउने पर्यटकलाई सर्किट बेचिएको हुन्छ केवल गान्तोक, पेलिङ र लाचुङ मात्र घुम्दैन दार्जीलिङ पनि घुमेर जान चहान्छन्। यदी दार्जीलिङमा 4 सय होटल छ भने 350 बन्द हुँदा दार्जीलिङमा बस्ने
ठाउँ नपाएपछि सिक्किम पनि आउन चाहदैनन् अनि त्यसको साटो अर्को ठाउँ त्यही बजेटमा जाने सोच बनाउँदा सिक्किममा पनि प्रभाव पर्नेछ। उनले अझ भने, पर्यटक सिक्किम भनेर मात्र आउँदैन दार्जीलिङ कालेबुङ पनि घुम्न आउँछन्।

Please follow and like us:

Insert your Ads code here


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!