Loading... आजः सोमबार , असार २, २०८२

सिक्किममा अब उसो लिखित अन्तर्वार्त पछि भाइवा भाइस नहुने तथा ओबीसीमा नपरेकालाई केन्द्रीय रोजगारमा 10 प्रतिशत आरक्षण


गान्तोक, 15 जुन। सिक्किम सरकारको मन्त्री परिषदको बैठकले अब उसो सिक्किममा सरकारी नोकरीको निम्ति ग्रुप सी अनि डीको लिखित परिक्षा उत्तिर्ण गरेपछि मेरिटको आधारमा सोझै नियुक्ति दिइने निर्णय गरेको छ। मुख्यमन्त्री पीएस तामाङको अध्यक्षामा सम्पन्न मन्त्री परिषदको बैठकमा लिइएको निर्णय़बारे मुख्यमन्त्रीका सचिव एसडी ढकालले पत्रकार सम्मेलन आयोजन गरेर यसको जानकारी दिए। उनले भने सरकारले पहिले चुनावी घोषणा पत्रमै यसको प्रतिबद्धता जाहेर गरेको हुनाले यसलाई आज मन्त्री परिषदको बैठकमा पारित गर्दै अब यसै हप्ता भित्र अधिसूचना जारी गरेर यो नियम लागु गर्नेछ। यसले अब उसो सी अनि डी वर्गको निम्ति सरकारी नोकरीको कुनै पनि पदको आवेदन खुल्नेछ त्यसपछि लिखित परिक्षा मात्र गर्नेछ। यसैगरि राज्य सरकारले वर्ष 2019 को जनवरी महिनामा केन्द्र सरकारबाट अधिसूचित गरेर केन्द्रीय ओबीसीको दर्जा पाउनबाट छुटेका तथा अनुसूचित जाति र जनजातिको आरक्षण नपाएकोहरूको निम्ति केन्द्र सरकारको नोकरीको निम्ति 10 प्रतिशत आरक्षण प्रदान गर्ने अधिसूचनालाई सिक्किमेहरूको निम्ति लागु गर्ने मन्त्री परिषदले निर्णय गरेको पनि बताए। यो केन्द्रीय ओबीसीको आरक्षण नपाएका आर्थिक रूपमा कमजोर वर्गका समुदायलाई 10 प्रतिशत केन्द्रीय रोजगारमा आरक्षण प्रदान गर्नेछ। यसको निम्ति सरकारले केन्द्र सरकारद्वारा जारी निर्देशहरूलाई मन्य ठहर गर्दै आर्थिक स्तरको आधारमा कमजोर रहेको परिवारका सदस्यलाई आरक्षण प्रदान गर्नेछ। यसैगरि उनले यो आरक्षण छेत्री बाहुन, नेवार र माझी समुदाय लाभान्वित हुने बताए। यसैगरि उनले अहिलेपनि राज्य सरकारले यी सबै समुदायलाई केन्द्रिय अनुसूचित जनजातिको मान्यताको निम्ति निरन्तर प्रयास पनि गरिरेको अनि त्यो मान्यता प्राप्त भएपछि सबै ठीक हुने बताए। यो आरक्षण सितै राज्य सरकारमा रहेको आरक्षण पनि यथावत रहने बताए। उनले मन्त्री परिषदको बैठकलाई राज्य सरकारले लिएको ऐतिहासिक फैसला हो भनी दाबी गरे।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!