Loading... आजः शनिबार , श्रावण १२, २०८१

सिक्किममा अर्को एकजना कोरोना पोजेटिभसितै पुग्यो संख्या दुई


गान्तोक, 3 जुन। सिक्किममा कोविड19 को मामिला फेरि एकजनामा सकरात्मक पाइएको छ। 54 वर्षीय व्यक्तिलाई हिज राति 11 बजी एसटीएनएम अस्पतालमा आरटीपीसीआरमा नमुना जाँच गर्दा कोरोना सकरात्मक भेटिएको छ। सिक्किम सरकारको स्वास्थ्य विभागका डीजी तथा सचिव डॉ. पेम्पा टी भोटियाले यसको जानकारी दिए। उनले बताएअनुसार उक्त व्यक्ति गत 25 मईको दिन देशको राजधानी दिल्लीबाट आएर रम्फू नजीक माइनिङमा रहेको सरकारी क्वारिन्टिन सुविधामा रहेका थिए। उनी आफ्नी छोरी र भानिजसित एउटै कोठामा बस्दै आएका थिए। तर भाग्यवश उनीसित सँगै बसेका छोरी र भानिजको नमुना जाँच भने नरकात्मक आएको डॉ. भोटियाले बताए। यसका साथै उनीसित प्रारम्भिक चरणमा सम्पर्कमा रहेका सबैजनालाई चिन्हित गरेर जाँच गरिएको अनि सबैको जाँच नकरात्मक निस्केको बताए। अहिले उक्त क्षेत्रलाई कन्टेनमेन्ट जोन घोषित गरिएको अनि सबैलाई यो क्षेत्रमा आउजाउ प्रतिबन्धित गरिएको बताए। उक्त क्वारिन्टिन सुविधामा जम्मा 16 जनाको निम्ति ठाउँ रहेको हुनाले अन्य सबैजना अहिले स्वास्थ्य रहेको बताए। यसका साथै हिज राति नै कोरोना सकरात्मक भेटिएका बिरामीलाई एसटीएनएमको कोविड अस्तपतालमा लगिएको बताए। जहाँ उनको उपचार र अन्य जाँचहरू शुरु भएको अनि अहिले उनी स्वास्थ्य रहेको तथा हल्की खोकीकोमात्र गुनासो रहेको अन्य सबै ठीक रहेको बताए। अर्कोतिर सिक्किमको पहिलो कोविड बिरामीले अहिले स्वास्थ्यलाभ गरिरहेको अनि उनलाई पनि पहिलो दिन आएको हल्का ज्वरो र मार्कीको संकेत बाहेक अहिलेसम्म दोस्रो पल्ट कुनै प्रकारको समस्या नदेखिएको जानकारी दिए। अहिले उपचारमा रहेको उक्त युवक पनि नयाँ दिल्लीबाटै फर्किएका थिए। अर्कोतिर उनले एसटीएनएम अस्पतालमा एनटीपीसीआरबाट कोविड 19 जाँच भइरहेको हुनाले अहिले सबै छिटो भइरहेको अनि ट्रुननेट पद्धतीलाई आपतकालिनको निम्ति प्रयोग गर्ने निर्णय पनि गरिएको बताए। यद्यपी पश्चिम बङ्गालको उत्तर बङ्गाल मेडिकल कलेज तथा हस्पिटलमा जाँचको निम्ति पठाइएको नमुना भने अझै 9 सय भन्दा अधिक थाँतिमै रहेको जानकारी दिए।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!