Loading... आजः शनिबार , श्रावण १२, २०८१

सिक्किममा असारे झरीको ताण्डव उत्तर सिक्किम सबैतिर प्रभावित पश्चिम सिक्किम पनि झरीको प्रभावमा


गान्तोक, 27 जुन। सिक्किमको विभिन्न भागमा पछिल्लो चार दिनदेखि परिरहेको हात्तीसुँढे असारे झरीको कारण निक्कै क्षति भएको छ। यसैक्रममा उत्तर सिक्किमको विभिन्न ठाउँमा पैह्रो गएर मूलधारसित सम्पर्क विहिन भएको छ। सम्पूर्ण उत्तर सिक्किम नराम्रो घतले प्रभावित बनेको छ भने चार दिनदेखि लगातार पानी परिरहेको छ। जिल्लापाल तेञ्जिङ टी काल्योनले दिएका जानकारी अनुसार सम्पूर्ण उत्तर जिल्ला प्रभावित बनेको छ। यसकैक्रममा 12 भन्दा धेरै परिवारको घरलाई क्षति पुगेको छ। क्षतिग्रस्त घरका परिवारहरूलाई उनीहरूको आफन्तहरूको घरमा सारिएको जिल्लापालले बताएका छन्।

उत्तर सिक्किमको विशेष गरेर चुङथाङ, लाचेन, लाचुङ राफोङ खोलामा गएको पैह्रोले विक्षिन्न बनेको छ। यसबारेमा जिल्लाप्रशासनले चुङथाङको महकुमा कार्यालयले आकलन गरेको क्षय क्षतिको प्रतिवेदन पर्खिरहेका छन्। जिल्लापालले खतरामा परेका परिवारको जीवन रक्षाको निम्ति पहल गरिरहेक तथा मानिसहरूको खेती पनि क्षति भएको बताए।

राजधानी गान्तोकसित जोड्ने उत्तर सिक्किमको दुइवटै हाइवे टासी भ्युपोइण्टबाट रामथाङ अनि दिक्चु मगन सड़क सोकपे नामोक खोलामा बन्द भएको छ।

सीमा सड़क संगठनले बन्द भएको सड़क खोल्ने प्रयास गरिरहेको भए पनि लगातार रूपमा पानी परिरहेको हुनाले कार्य अघि बढ्न बाधा पुगिरहेको छ।

लवर जङ्गुको लुम गाउँलाई जोड्ने सडक एनएचपीसीको चरण पाँच परियोजना क्षेत्र आँप डाँडामा गएको पैह्रोले अन्य जिल्लासित विछिन्न पारेको छ। जल विद्युत परियोजनाको बाँधमास्तिरबाट आएको ठूलो पैह्रोले सड़क सम्पर्क चुडिएको छ।

यसैगरि मानीखोला नजिक हि ग्याथाङ अनि साङदोङ लवर जङ्गबीचमा बन्द रहेको छ। यसैगरि लिङदोङ ही ग्याथान सड़क लिङदोङमा बन्द रहेको छ। मगन चुङथाङ सड़क मगन थाना नजिक राफोङमा गएको पैह्रोमा बन्द भएको छ। यसैगरि जङ्गुको रिङदाङ जाने बाटो साङ्कालाङ पुलिस आउटपोष्ट नजिक बन्द भएको छ बने लाचेन बजार र लाचेन थाना बीचमा पनि बाटो बन्द भएको छ। राङराङ गान्तोक भाया फुदोङ भने खुल्ला रहेको बताइएको छ।

मुख्य सम्पर्क मार्गहरूमा पैह्रो गएर बन्द भएको छ भने गाउँ गाउँमा पैह्रो गइरहेको बताइएको छ यद्यपी अहिलेसम्म कुनै ज्यान मालको ठूलो क्षति भएको रिपोर्ट छैन्। उत्तर जिल्लामा झरी भनेर लगातार रूपमा अऩवरत परिरहेको छ।

यसैगरि टिस्टा चरण 5 जल विद्युत परियोजनाबाट अतिरिक्त पानी छोडिन्दा सिङतामको आदर्श गाउँमा पनि हाइ अलर्ट जारी गरिएको छ। टिस्टाको जलस्तर निक्कै बढेकोछ।

यसैगरि पश्चिम सिक्किमको योक्सुममा बर्खे झरीको ताण्डव शूरु भएको छ। योकसम बजार नजिक गिछेन कलोनीमा भल पैह्रोले निक्कै क्षति पुऱ्याएको छ। गत दुइ दिनदेखि लगातार रूपमा परिरहेको पानीले सडक,गाउँ सबै जलमग्न भएको छ। पानी लगातार परिरहे अझ खतरा बढ्ने स्थानीय मानिसहरूले चिन्ता जनाएका छन्।

Please follow and like us:

Insert your Ads code here


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!