Loading... आजः शनिबार , श्रावण १२, २०८१

सिक्किममा एकै दिन 45 कोरोना मामिला दुईवटा महकुमा पूर्ण रूपमा लकडाउन


गान्तोक 14 जुलाई। भारतको हिमाली राज्य सिक्किममा एकै दिनमा 45 वटा नयाँ कोविड 19 सकरात्मक सङ्क्रमणको मामिला प्रकाशमा आएको छ। ती मध्ये 6 वटा रम्फू चेकपोस्टमा एन्टीजेन टेस्टको रिपोर्ट रहेको छ। वस्तावमा एन्टीजेनमा कूल 9 वटा रिपोर्ट पोजिटिभ आएको थियो जस मध्ये तीनजना रम्फूबाटै फर्काइएको छ। उनीहरू एक दिनको निम्ति सिङताम आउने भएका थिए त्यसैले उनीहरू फर्किएको स्वास्थ्य विभागका सचिव डॉ. पेम्पा टी भोटियाले बताएका छन्। उल्लेखनीय छ, आज पोजिटिभ आउनेहरूमा केही रङ्गेली र रिनाक क्षेत्रका वासिन्दा पनि रहेका छन् जो रङ्गेलीको ग्रेफ क्याम्पका पोजिटिभ कर्मचारीहरूको सम्पर्कमा आएका थिए। यसरी समुदाय सङ्क्रमणको खतरा बड़ेपछि राज्य सरकारले रङ्गेली र पाकिम महकूमालाई पूर्णरुपले लकडाउन गर्ने निर्णय लिएको छ। आज बिहान मुख्यमन्त्री पीएस तामाङले स्टेट टास्क फोर्ससित उच्च स्तरीय बैठक गरेपछि यो निर्णय लिइएको हो। पछि यहाँको मनन केन्द्रमा एउटा कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस बारे जानकारी गराएका थिए।
भोलि बुधबारदेखि राज्यमा सामुदायिक सङ्क्रमणको खतरा बड़ेर जानसक्ने सम्भावनालाई ध्यानमा राखेर सरकारले रङ्गेली र पाकिम महकूमालाई पूर्णरुपले लकडाउन गर्ने निर्णय लिएको मुख्यमन्त्री गोलेले आफ्नो सम्बोधनमा बताए। केही दिन अघि जसरी रङ्गेलीको ग्रेफ क्याम्पमा धेरै सङ्ख्यामा कर्मचारीहरू कोरोना सङ्क्रमित भए त्यसको फलस्वरुप अहिले आएर केही स्थानीयवासीहरू पनि सङ्क्रमित भएका छन्। यसैले अब हामीले गम्भीर भएर सोच्नुपर्ने समय आएको छ। त्यसैकारण आज सरकारले रङ्गेली र पाकिम महकूमलाई पूर्ण लकडाउन गर्ने निर्णय गरेको हो ताकि यो सङ्क्रमण समुदायमा नपुगोस, मुख्यमन्त्रीले भने। यसरी नै राज्यका अन्य क्षेत्रमा पनि कतिपय रोकहरू लगाइने भएको उनले बताए। विशेष गरेर वाहनहरूको आवागमनमा रोक लगाइने उनले जानकारी गराए। मुख्यमन्त्रीले बताएअनुसार भोली बिहान 6 बजीदेखि 29 जुलाईसम्म अन्तर जिल्ला कुनै पनि वाहन चल्ने छैन भने जिल्लाभित्र पनि कुनै पनि निजी वहान चल्न पाउने छैन। केवल ट्याक्सीलाई छुट दिइएको छ। ट्याक्सी पनि आफ्नो क्षेत्रमा मात्र गुड़न पाउनेछ, एउटा क्षेत्रदेखि अर्को क्षेत्र जान पाउने छैन। यसरी नै दुई चक्के वाहनलाई पनि पूर्णरुपले प्रतिवन्ध लगाइएको छ। अर्कोतिर राज्यभरि जीम र बारहरू पूनः पूर्णरुपले बन्द गरिएको पनि मुख्यमन्त्रीले आज बताए।
उल्लेखनीय छ, यस बारेमा आज नै मुख्य सचिव एससी गुप्ताले एउटा आधिकारिक आदेश पनि जारी गरिएको छ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!