Loading... आजः शनिबार , श्रावण १२, २०८१

सिक्किममा कोरोनाले 2 को मृत्यु मृतकको संख्या पुग्यो 18


गान्तोक, 14 सितम्बर। सिक्किममा दुइजनाको कोरोनाले मृत्यु भएको छ। मर्नेहरूमा जोरथाङ माझि गाउँका 59 वर्षीय पुरूष रहेका छन् उनी गत 13 सितम्बरको दिन एसटीएनएम अस्सपतालमा आइसीयूमा भर्ना थिए। हिजमात्र रेपिड एन्टीजेनमा कोरोना पोजेटिभ पाइएको थियो। यसैगरि अर्को मृतक मल्ली निवासी 68 वर्षीय पुरूष रहेका छन्। उनी मधुमेहको रोगी थिए भने शुरुमा नाम्ची अस्पताल लगिएको थियो भने रेपिड एन्टीजेनमा कोरोना पोजेटिभ पाइएपछि एसटीएनएम गान्तोक ल्याइएको थियो जहाँ उनको चिनीको मात्र अनियन्त्रीत बनेर मृत्यु हुन पुगेको छ भने उनी राज्यमा कोरोनाले मर्ने 18औं व्यक्ति हुन्। अहिलेसम्म सिक्किमा जम्मा 18 ले कोरोनाको कारण ज्यान गुमाएका छन्।अर्कोतिर सिक्किममा आज एकजनाको मृत्यु सितै कोरोनाले मर्नेको संख्या 17 पुगेको छ भने 33 वटा नयाँ कोरोना पोजेटिभ आएको छ। जसमा 15 वटा पूर्व,13 वटा दक्षिण अनि 5 वटा पश्चिम जिल्लाबाट रहेका छन्। निको हुनेको संख्या 1522 पुगेको छ भने उपचाराधिन 572 जना छन्।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!