गान्तोक, 7 फरवरी। विश्वभरी त्रासको रूपमा फैलिएको कोरोना भाइरसको प्रकोप सिक्किममा पनि आयो भन्ने भिडियो र अडियो रिकर्ड विभिन्न सामाजिक सञ्जालमा तीब्र रूपमा फैलिएको घटनालाई प्रक्रिया गर्दै सिक्किम सरकारको स्वास्थ्य तथा परिवार कल्याण विभागले आधिकारीक प्रेस बयान जारी गर्दै खण्डन गरेको छ। विभागले प्रेस बयान जारी गरेर भनेको छ, विभागको नजरमा सिक्किममा केही दिग्भ्रमित अफवाह, झुटो भिडियो र अडियो केही दिनदेखि सामाजिक सञ्जालमा फैलिरहेको छ त्यो पूर्ण रूपमा झुटो हो। घटनाबारे पूर्ण छानबीन र तर्क गरेर विभागले अहिलेसम्म कुनै त्यस्तो विरामी नआएको पुष्टि भएको बताइएको छ। सिक्किममा आजको दिनसम्म पनि कुनै व्यक्ति कोरोना भाइरसको प्रकोपमा परेका छैन भनि बताइएको छ। यसैगरि आज शुक्रबार 7 फरवरीको बिहान 6 बजीसम्मको प्रतिवेदनअनुसार विश्वभरि 31 हजार 204 जना कोरना भाइरसको प्रकोपमा परेको जसमा 637 जनाको निधन भएको अनि 15 सय 31 जनाको भने उपचार पछि पूर्ण रूपमा जाती भएको स्वास्थ्य विभागले बताएको छ। यसैक्रममा भारतको कुरा गर्ने हो भने अहिलेसम्म 3 जनालाई कोरोनाको प्रकोप परेको तर उनीहरूको अवस्था स्थिर रहेको पनि बताइएको छ।