Loading... आजः शनिबार , श्रावण १२, २०८१

सिक्किममा कोविड टेस्टिङ मशिन आइपुग्यो, दिल्लीमा कोरोना पोजेटिभ भेटिएकासित सम्पर्कमा रहेका सबै सिक्किमेलाई कोरिन्टिनमा राखियोः सचिव डॉ भोटिया


गान्तोक, 29 अप्रेल। सिक्किमबाट किड्नीको उपचार गराउन दिल्ली डीकेके भवनमा बस्दै आएकी एक महिलालाई कोविड-19 संक्रमण पाइएपछि उनीसित सम्पर्कमा आएका मानिसहरूलाई कोरण्टिनमा राखिएको अनि बिरामी महिलाका पति, छोरा र वाहन चालकलाई भने दिल्ली सरकारद्वारा प्रदान गरिएको फेसेलिटी कोरण्टिनमा पुऱ्याइएको सिक्किम स्वास्थ्य विभागका डीजी तथा सचिव डा. पेम्पा टी भोटियाले जानकारी दिएका छन्। आज टाशीलिङ सचिवालय नजिक स्वास्थ्यविभागको आफ्नो कार्यालयमा पत्रकारहरूसँग बोल्दै उनले यो जानकारी दिएका हुन्। नयाँ दिल्लीको डीकेके भवनमा बसेर क्रोनिक मिर्गौलाको उपचार गराइरहेकी पश्चिम सिक्किमको उत्तरेकी महिलामा कोविड-19 पोजेटिभ पाएपछि डीकेके भवनका सम्पूर्ण विरामी अनि उनीहरूका अभिभावकलाई फेसिलिटी कोरण्टिनमा राखिएको जानकारी दिए। डा. भोटियाले अहिले डीकेके भवनमा बस्ने विरामी अनि कर्मचारीहरूको कोविड-19 टेस्ट हुनुपर्ने दिल्लीमा रहेका आरसीलाई निर्देश दिएको बताए। दिल्लीमा अहिले डीकेके भवनमा बस्ने डायलोसिसमा 6 जना रहेको अनि अन्य भवनमा बसेर उपचारको निम्ति अस्पताल धाउनेहरूलाई अस्पतालमै भर्ती गराउने प्रावधान मिलाउने कुरामा आरसीसँग चर्चा गरिएको पनि जानकारी दिएका छन्। उनले ओपीडी बेसमा उपचार गरिरहेका बिरामीहरूको निम्ति पनि फायल चलाएर अस्पतालमै उपचार गराउने प्रावधान मिलाउने पनि बताए।
यस अतिरिक्त डा. भोटियाले हिजो मङ्गलबारको दिन नयाँ एसटीएनएम अस्पतालमा कोविड टेस्टिङको मेसिन आइपुगेको र त्यसलाई लगाउने कार्य आरम्भ भइसकेको पनि जानकारी दिएका छन्। उनले भनेका छन्, हिजो हाम्रोमा चारवटा ट्रुजेन मसिन अनि टेक्निसनहरू आइपुगेर यसलाई लगाउने काम आरम्भ गरिसकेका छन्। यसको निम्ति बायो सेफ्टी केविनट चाहिने भएको कारण यसलाई टीबीको लेबमा जडान गरिएको बताए। उनले यस मसिनलाई लगाउने, यसको सञ्चालनको प्रशिक्षण अनि डेमोस्ट्रेसन सबै भइसकेको जानकारी पनि दिएका छन्। डा. भोटियाले चारवटा अतिरिक्त आफ्नोमा पुरानो एउटा मेसिन भएको कारण त्यसलाई पनि काम लगाउने उद्देश्यले जडान गरिएको बताएका छन्। उनले उक्त मसिनहरूलाई सञ्चालनमा ल्याउनको निम्ति किटहरू चाहिने अनि जसको निम्ति 1440 वटा कीट अहिले विभागसँग रहेको बताएका छन्। उनले अहिले सिक्किममा कोविड-19को 1440 वटा टेस्ट भने गर्न सकिने जानकारी दिएका छन्। एउटा टेस्ट एउटा मसिनमा हुने भएको कारण एउटा नमुना जाँचको निम्ति एक घण्टाको समय लाग्ने पनि बताए। यदी पाँचैवटा मसिन राम्रोसँग चले एक पल्टमा पाँचवटा नमुना जाँच गर्न सकिने बताउँदै यी मशिनहरूको पनि जाँच लिमिट भएको कारण मशिनको गाइडलाइन्सभने दिल्लीबाट आउन बाँकी नै रहेको जानकारी दिएका छन्। उनले उत्तर बङ्गालमा भइरहेको आरटीपीसीआर सबैभन्दा राम्रो रहेको छ भन्दै यहाँ जडान गरिएको मसिनमा भने चार किसिमले टेस्ट हुने बताएका छन्। उनले यहाँ भाइरल ल्यापको पनि निर्माण कार्य चाँडै भएपछि सिक्किममै आरटीपीसीआर हुनसक्ने सम्भावना रहेको बताएका छन्। आरटीपीसीआर राज्यमै भए राज्य बाहिर नमुना जाँचको निम्ति पठाइरहनु नपर्ने अनि सिक्किममै छिट्टो जाँच गर्न सकिने बताए। उनले सिक्किममा सीबीनेट मसिन उपलब्ध भएको जानकारी दिँदै भनेका छन् यदी सीबीनेट मसिनको कार्डरिस आइदिए त्यो मशिनपनि काममा लगाउन सकिने बताएका छन्। डा. भोटियाले यस कार्यमा सरकारपनि धेरै सकारात्मक भएको बताउँदै आज विभागीय मन्त्रीले उक्त मसिन जडान गरिएको स्थानहरूको निरिक्षण गर्ने पनि जानकारी दिएका छन्।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!