Loading... आजः मंगलबार , मंसिर १८, २०८१

सिक्किममा नयाँ 11 जना कोरोना पोजेटिभ 1 हजार 76 जना भए निको


गान्तोक, 26 अगस्त। सिक्किममा नयाँ कोरोना पोजेटिभ 11 वटा आएको छ। 1486 संक्रमित 1076 निको भए 407 जनाको उपचार चलिरहेको छ भने 3 जनाको मृत्यु भएको छ।
10 जना आरटीपीसीआरमा आएको छ भने एक जना रेपिट एण्टिजेन टेस्टबाट पोजेटिभ आएको स्वास्थ्य विभागको बुलेटिनले बताइएको छ। एकजना 27 वर्षीय युवा सिच्छेबाट फ्लू क्लिनिकमा आएको तर अहिलेसम्म सम्पर्क गर्न नसकेको कारण बुलेटिनमार्फत सम्पर्क गर्ने आह्वान पनि गरिएको छ। उनले एसटीएनएम अस्पतालको फ्लू क्लिनिकमा टेस्ट गर्न आएका थिए जसको अहिले सम्पर्क हुन नसकेको बुलेटिनमा बताइएको छ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!