Loading... आजः शनिबार , श्रावण १२, २०८१

सिक्किममा नयाँ 6 वटा कोरोना थपियो अब 10 वटा एक्टिभ मामिला


गान्तोक, 9 जून। सिक्किममा पुष्टि भएको नयाँ 6 वटा कोविड 19 मामिलाबारे स्वास्थ सचिव डॉ. पेम्पा टी भोटियाले पत्रकार सम्मेलनमार्फत दिए बिस्तृत जानकारी। अहिले सिक्किम नयाँ 6वटा मामिलासितै 10 वटा एक्टिभ मामिलाको उपचार भइरहेको छ भने तीनजनाको जाँच नेगेटिभ आएको छ। स्वास्थ्य विभागको सचिवालयमा आयोजित पत्रकार सम्मेलनमा डा. भोटियाले दिएको जानकारीमा नयाँ मामिलामा चार जना पश्चिम सिक्किमको क्योङ्सामा रहेको एकान्तवास केन्द्रमा भएकाहरूको मामिला सकारात्मक आएको छ। यसरी नै एक जना दक्षिण सिक्किमको चीसोपानी सीसीसीटीमा रहेको एकान्तवासका व्यक्ति हुन भने अर्को पूर्व सिक्किमको रिनाक निवासी एक युवती जो हिमालयन फार्मेसीको छात्रावासमा रहेकी थिइन्। उनलाई कोरोना सकारात्मक भेटिएको बताए। पश्चिम सिक्किमको दुईजना भने 33 वर्षीय महिला र 44 वर्षीय पुरुष लोग्ने स्वास्नी रहेको अनि उनीहरू सिलगढीबाट फर्किएको बताइएको छ। उक्त दुई संक्रमित लोग्ने स्वास्नी गेलिका हुन्। यसरी नै योक्समका 23 वर्षीय युवक र 42 वर्षीय थर्पु निवासी महिला रहेको डा. भोटियाले बताए। उनले मामिला जति नै बढेपनि उपचार प्रणाली एउटै भएको हुनाले सबैलाई एकै प्रकारले उपचार गरिने बताए । यसकारण कसैले पनि अत्तालिने काम नरहेको बताए। उनले झुटो खबरहरूको पछि नलागिदिने अनि सही कुराको जानकारी लिएर मात्र समाचारहरूपनि प्रकाशित गरदिने समाचार माध्यमहरूलाई पनि अनुरोध गरे। अर्कोतिर उनले अब उसो सबै जाँच एसटीएनएममै हुने अनि उत्तर बङ्गाल पठाउन छोडेको जानकारी दिए। अर्कोतिर सिक्किमको पहिलो कोविड-19 पोजिटिभ मामिला अहिलेपनि पोजिटिभ नै रहेको र 14 दिनपछि जाँच गर्दा भाइर लोड कम्ति भएपनि जाँच पोजिटिभ आएकोले गर्दा छुट्टी दिन नमिल्ने बताए। यस कारण अझै केहीदिनपछि जाँच नेगेटिभ आएमात्र उनलाई छुट्टी दिइने जानकारी दिए। अब राज्यमा 10 वटा सक्रिय कोरोना मामिला रहेको बताए। यसका साथै थप मामिलाहरू आएपनि विभागले एसटीएनएम अस्पताललाई कोविड अस्पताल घोषित गरिसकेको हुनाले उक्त मामिलाहरूको उपचार गर्न कुनै असुविधा नहुने अनि फर्किआउनेहरूको संख्या घट्न थालेकोले गर्दा जाँच पनि छिट्टो हुनसक्ने बताए। जनताले सतर्क भएर कुनै भदभाउ नराख्ने आह्वान गरे भने रोग सजिलै नसर्ने भएकोले फर्कि आउनेहरूले सबै दिशा निर्देशलाई सही रूपमा पालन गरे समस्या नहुने पनि बताए।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!