गान्तोक, 4 अगस्त। सिक्किममा आज एकै दिनमा 95 वटा नयाँ कोरोना पोजेटिभ मामिला पुष्टि भयेको छ। आज बिहान 8 बजीसम्मको रिपोर्ट अनुसार 95 जना नयाँ पोजेटिभ भएका लगायत अब एक्टिभ मामिला 483 पुगेको छ। यसैगरि अहिलेसम्म संक्रमितको संख्या 783 पुगेको छ।यसैगरि 4 वटा पोजेटिभ मामिला भने 119 जनालाई रेपिड एन्टिजेन टेस्टिङबाट पुष्टि भएको छ। आज पोजेटिभ पाइएका 91 जना 805 वटा नमुना जाँच आरसीपीसीआरद्वारा गरिएकोबाट पुष्टि भएको छ। ती मध्ये पूर्वसिक्किमको सिङतामबाट 23 जना रहेका छन् भने 31 जना रम्फू चाना टारका हुन। अर्कोतिर दक्षिण सिक्किमको नाम्चीबाट 37 जना नयाँ कोरोना पोजेटिभ भएका छन्। अहिलेसम्म जम्मा 783 जना संक्रमित मध्ये 299 जना भने पूर्ण रूपमा निको भइसकेको छन् भने एक जनाको मृत्यु भएको छ।