Loading... आजः शुक्रबार , श्रावण ११, २०८१

सिक्किममा बढ्यो अझै एउटा कोरोना बिमारी, पुग्यो तीन


गान्तोक, 4 जुन। सिक्किममा फेरि अर्को एउटा कोरोना पोजेटिभ भेटियो। मुम्बईबाट फर्किएका उक्त व्यक्ति श्रमिक रेलमा आएका थिए। उनलाई न्यूजलपाइगढीबाट गान्तोकको एसटीएनएम कोविड अस्तपतालमा भर्ना गरिनेछ। स्वास्थ्य विभागका डिजि तथा सचिव डॉ. पेम्पा टी भोटियाले तेस्रो व्यक्ति कोविड पोजेटिभ भएको पुष्टि गरेका छन्। अब राज्यमा जम्मा तीनवटा कोविड मामिला पुगेको छ। डॉ. भोटिया अनुसार उनी मुम्बईबाट हिँडन अघि मुम्बई नगरपालिकामा उनले आफ्नो स्वाब जाँच दिएका थिए। जुन उनी बाटोमा आउँदैगर्दा कोविड 19 सकरात्मक पाएको फोनमा जानकारी गराइएको बताए। उनी आएको रेलको चौथो नम्बरको बग्गीमा अलग्गै बसेको अनि उक्त बग्गीमा सिक्किमको अन्य मानिस नभएको पनि थाहा लागेको यद्यपी अन्य राज्यकाहरूको निम्ति सबै जानकारी उपलब्ध गराइएको डॉ. भोटियाले बताए। अर्कोतिर उक्त कोविड पोजेटिभ भेटिएका व्यक्ति दक्षिण सिक्किम निवासी भएको हुनाले उनलाई एनजेपीबाट बसमा ल्याउएर दक्षिण सिक्किम लानको साटो सोझै एसटीएनएम कोविड अस्तपताल गान्तोक ल्याउने निर्देश दिइएको बताए। जहाँ उनलाई आइसोलेशनमा राखिने डॉ. भोटियाले जानकारी दिए। उनी चडेको बसमा चालक सहित 14 जना मात्र भएको हुनाले कुनै ठूलो समस्या नहुने र सामाजिक दूरत्व पनि पालन हुने भएको पनि डॉ. भोटियाले आज साँझको हेल्थ बुलेटिनमा बताएका छन्।
अर्कोतिर आज एकजनाको कोरोना सकरात्मक हुनुका साथै सिक्किममा जम्मा 3 जना कोविड 19 को बिरामी भएका छन्। सबैलाई एसटीएनएनएम कोविड अस्तपतालमा उपचार भइरहेको छ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!