Loading... आजः मंगलबार , मंसिर १८, २०८१

सिक्किममा मास्क नलगाउने, थुक्ने र सामाजिक दूरी नमान्नेलाई जरिमाना


गान्तोक, 14 मई। सिक्किम सरकारले आपदा प्रबन्धन ऐन लागु गर्दै नियम विरुद्ध जानेहरूलाई कडा कार्वाही गर्ने निर्णय लिएको छ। यस बारेमा सरकारले अधिसूचना नै जारी गरेर माक्स नलागएको सामाजिक दूरी पालन नगरेको अनि जताभवी थुकेको भेटिएमा तीन सय रुपियाँ जरिमाना तोकिएको छ। उक्त गल्ति घरिघरि दोहोरिए तीन गुणासम्म फाइन तिर्नुपर्ने अन्त्यमा कानुनी कार्वाही गरेर पक्राउसम्म गर्ने प्रावधान रहेको छ। यसबारेमा स्पष्ट जानकारी दिँदै पत्रकार सम्मेलन आयोजन गरेर सिक्किम पुलिसको डीआईजी रेञ्ज सोनाम टी भोटियाले आपदा प्रबन्धन ऐनको धारा 51 अन्तर्गत अटेरीहरूलाई कानुनी कार्वाही गर्ने बताए।
गत 12 मईको दिनदेखि कानुन लागु गरिएको छ भने अहिले दुई दिनमा पूर्व जिल्लामा तीन सय दक्षिण जिल्लमा 250 पश्चिम जिल्लामा एक सय र उत्तर जिल्लामा लगभग 50 जनालाई चालान गर्दै जरिमाना गरिसकेको बताए। उनले पहिलो चरणमा केवल तीन सय रुपियाँमात्र जरिमाना गरिएको तर पछि त्यसलाई बडाउँदै लाने र पक्राउ गर्ने समेत प्रावधान राखिएको बताए। उनले अहिलेसम्म सिक्किममा जनता अनुसाशनमा रहेको अनि यसको सही पालन भइरहेको तर विशेष गरेर माक्स नलगाएको कारण कार्वाही भइरहेको बताए।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!