गान्तोक, 24 अगस्त। सिक्किम सरकारको गृह विभागले राज्यभित्रै एक जिल्लाबाट अर्को जिल्ला यातायात खुल्ला गरेको छ। आज गृह विभागले जारी गरेको आदेशमा हप्तामा सोमबारदेखि शुक्रबार एक जिल्लाबाट अर्कोजिलला जोर बिजोर नम्बरको हिसाबले यातायात गर्न पाइनेछ। यसका साथै कोविड 19को मानदण्ड भने पूर्ण रूपमा पालन गर्न पर्नेछ। यद्यपी कन्टेनमेन जोनबाट भने कुनै वाहन चलाचल गर्न पाइने छैन्।
यसैगरि गृह विभागको आदेश अनुसार एक जिल्लाबाट अर्को जिल्ला शनिबार र आइतबार बन्द रहनेछ भने त्यसबेला केवल स्थानीय स्तरमा मात्र यात्री तथा यात्रीवाहक वाहनहरू चलाचल गर्न पाउनेछ।
यसगैर एक जिल्लाबाट अर्को जिल्लामा मालवाहक तथा सानो व्यावसायीक वाहनहरू पछिल्लो 10 अगस्तको आदेश अनुसार नै समान्य रूपमा चल्ने अऩुमति प्रदान गरिएको छ।
अर्कतिर राज्य सरकारको सबै सरकारी कार्यालयहरू शनिबार र आइतबार बन्द रहनेछ। यो प्रक्रिया अघिल्लो आदेश नआएसम्म जारी रहनेछ। यो दुइदिनको विदाको समयमा कार्यालय परिसर सबै स्वच्छीकरण गर्ने विभागीय प्रमुखहरूले व्यवस्था गर्नुपर्ने आदेशमा उल्लेख छ।
यसैगरि राज्य सरकारको अधिनमा रहेको कर्मचारीहरू जसलाई कोविड 19 को प्राथमिक सम्पर्कमा रहेको व्यक्तिको रूपमा चिन्हित गरिएको छ।उनीहरूलाई चिन्हित गरेपछि स्वास्थ्य विभागले नाम सहीत कति दिन एकान्तवास बस्नुपर्ने भन्ने बारेमा सम्बन्धित विभागीय प्रमुखलाई अवगत गराउनेछन्। यसबेला विभागीय प्रमुखले प्राप्त सूचनाको आधारमा एकान्तवासको निम्ति विशेष छुट्टीको आदेश निल्ने छ भनि आदेशमा उल्लेख गरिएको छ। यसैगरि विभागीय प्रमुखले जारी गरेको विशेष छुट्टीको आदेश बाहेक कोही कर्मचारी छुट्टीमा बस्न पाउनेछैन्। यदी यस्तो भएको खण्डमा वेतनबिना छुट्टीमा गनिने बताइएको छ।