Loading... आजः शनिबार , श्रावण १२, २०८१

सिक्किममा हुने तीनदिने ग्लोबल सिनेमा फेस्टिबल 2020 आशा पारेखलाई लाइफ टाइम एचिभमेन्ट अवार्ड


गान्तोक, 17 जनवरी। सिक्किम फिल्म को-अपरेटिफ सोसाइटी लिमिटेडका आयोजनामा आगामी 27 फरवरीदेखि 1 मार्चसम्म तीन दिवसीय ग्लोबल सिनेमा फेस्टिबल सिक्किम 2020 आयोजन हुने भएको छ। सुभाष घई, रणधीर कपुर जस्ता बलिवुडका चर्चित निर्देशक तथा कलाकारहरूको उपस्थिति रहनेछ। यसैगरि आशा पारेखलाई लाइफ टाइम एचिभमेन्ट अवार्डले सम्मानित गरिने छ। सिक्किमसमेत भारत र विश्वका विभिन्न देशका 40 वटा विभिन्न भाषाका चलचित्र फेस्टिबलमा प्रदर्शन गरिनेछ। सोसाइटीका प्रतिनिधिहरूले एउटा पत्रकार सम्मेलन आयोजन गरेर यसको जानकारी दिएका छन्। सिक्किममा जम्मा 40वटा चलचित्र निर्माता कम्पनी रहेको छ भने 3 सयजना जति कलाकार रहेको पनि सोसाइटीले बताएको छ।
सोसाइटीका अध्यक्ष दिपेन्द्र मोहोराले भने फिल्म फेडेरेशन अफ इण्डिया (एफएफआई) सित सम्बद्ध भएपछि यो फेस्टिबल आयोजन गर्न लागिएको हो। उनले यसको मुख्य उद्देश्य सिक्किम र सिक्किममा रहेको चलचित्रको निम्ति आकर्षित स्थलहरूकोबारेमा अवगत गराउनु र बलिबुड अनि अन्य विश्वस्तरका चलचित्र निर्माताहरूको ध्यान आकर्षित गराउनु रहेको बताए । यसैगरि सिक्किमा चलचित्रको छायाङ्कनको निम्ति सरकारी विभागबाट लिइनुपर्ने निरापत्ति पत्र वितरण प्रणालीलाई पनि सरलीकरण गराउने दिशामा पहल भइरहेको जसले भविष्यमा सिक्किमको विभिन्न क्षेत्रमा रहेको सुन्दरताले तानिएर चलचित्र उद्योगका उद्यमीहरू आकर्षित हुने आशा रहेको बताए। यसैगरि उनले आगामी 27 फरवरी देखि 1 मार्चसम्म हुने फेस्टिबलमा बलिवुडका नामी निर्माता र निर्देशक समेत वरिष्ठ कलाकारहरूको पनि उपस्थिति रहने बताए। पत्रकारसम्मेलनलाई सम्बोधन गर्दै सोसाइटीका सल्लाहकार चुन्नीलाल घिमिरेले पनि सम्बोधन गरेका थिए भने उनले गान्तोकको मनन केन्द्रमा उक्त चलचित्र उत्सव हुने बताए। यसको निम्ति राज्य सरकारसित पनि सम्पर्क गरेर मुख्यमन्त्रीले पनि हरियो झण्डी देखाइसकेको बताए। यसैगरि अर्की सल्लाहकार मन्दिरा छेत्रीले आफ्नो कुरा राख्दै कलाकार र सिनेमाको क्षेत्रलाई प्रोत्साहित गर्ने उद्देश्यले यो पहल गरिएको बताइन्। 2019 सालमा गठन भएको सोसाइटीले क्षेत्रिय स्तरको फिल्म उद्योगलाई विकास गर्ने अनि राज्यको स्थानीय कलाकारहरूलाई प्रोत्साहित गर्नु रहेको छ। आगामी 25 जनवरीसम्म इच्छुक फिल्म निर्माताहरूले आफ्नो फिल्म सोसाइटीलाई आउँदो फिल्म उत्सवको निम्ति चयन गर्न पठाउन सक्ने बताइएको छ। फेस्टिबलमा फिल्म लगाउन अघि चयन समितिले हेरेर उत्सवको निम्ति चयन गर्ने या नगर्ने निर्णय लिइऩे बताइएको छ। यसमा भारतीय क्षेत्रिय भाषा, नेपाल समेत अन्य ठाउँका फिल्महरू प्रदर्शन गरिनेछ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!