Loading... आजः शनिबार , श्रावण १२, २०८१

सिक्किममा 10 अक्टोबरदेखि पर्यटक भित्र्याउन राज्य सरकारको तयारी तेज, पर्यटकको निम्ति पञ्जिकरण अनिवार्य


गान्तोक । हिमाली राज्य सिक्किमले बसन्त ऋतुको पर्यटकीय मौसम कोरोनाको कारण कुनै पर्यटक भित्र्याउन नपाई सक्किएपछि शरद याममा हुने पर्यटकीय मौसममा भने पर्यटन व्यावसायलाई पुनः पटरीमा ल्याउने प्रयास शुरु गरेको छ। यसको निम्ति राज्य सरकारको गृह विभागले 27 सितम्बरदेखि पर्यटकहरूको लागी बुकिङ खुल्ला गर्ने बताएको छ भने पर्यटन तथा नागरिक उड्डयन विभागले पनि आफ्नै दिशा निर्देशनको खेस्रा तयार पारेर 10 अक्टोबरदेखि सिक्किममा पर्यटकहरूलाई स्वागत गर्ने तयारी शुरु गरेको छ। अर्कोतिर पर्यटन हितधारकहरूसित पनि बैठक गरेर अक्टुबर महिनाको पर्यटकीय मौसमको निम्ति तयारीबारे सम्बन्धित सरकारी निकायहरूले चर्चा गरिरहेको छ। मुख्यमन्त्री प्रेमसिहं तामाङको अध्यक्षतामा एउटा बैठक अगावै पर्यटन खोल्नेबारे भइसकेको छ भने स्वास्थ्य विभाग, गृह विभाग र पर्यटन तथा नागरिक उड्डयन विभागको तत्परतामा पर्यटकहरू बस्ने होटल, वाहन, टुर एण्ड ट्राभल्सको बारेमा आवश्यक दिशा निर्देशहरूको तयारी पनि भइरहेको छ।
अर्कोतिर आर्थिक र रोजगारको दृष्टिकोणले हेर्ने हो भने सिक्किमको प्रमुख आयश्रोतसित जोडिएको पेशा हो सिक्किमेहरूको पर्यटन व्यावसाय। हजारौं युवाहरू यो पेशासित प्रत्यक्ष अनि प्रत्यक्ष रूपमा जोडिएका छन् जसमा टुर एण्ड ट्राभल्स, होटल, रेस्टुरेन्ट, ट्याक्सी चालक,टुर गाइड र अन्य पेशामार्फत जीविकोपार्जन गर्ने गर्दछन्।
सिक्किम पर्यटन तथा नागरिक उड्डयन विभागका अतिरिक्त सचिव तथा निर्देशक कपिल मिणाले पत्रकारहरूसित कुराकानी गर्दै विभागको तर्फबाट भइरहेको तयारीबारे अवगत गराएका छन्। उऩले भने, पर्यटक खोल्नको निम्ति एसओपी दुई खाले हुनेछ, कोविड नेगेटिभ प्रमाणपत्र अनिवार्य हुने नहुनेबारे चर्चा भइरहेको छ। यसगरि स्वास्थ्य विभागले टेस्टिङको के छ त्यसबारे अलग्गै निर्देशन हुने छ। यसैगरि उनले राज्य भित्रिने प्रत्येक पर्यटकहरूले पर्यटन विभागको वेबसाइटमा पञ्जिकरण गर्नुपर्ने छ जसले गर्दा सबै पर्यटक विभागको ट्र्याकिङमा रहने पनि उनले बताये। पर्यटन खोल्ने बारे यसभन्दा अघि
हितधारकहरूसित बैठक पछि एसओपी बनाएको जानकारी दिए उक्त एसओपीको खेस्रा अहिले पूर्ण अनुमोदन भइनहालेको पनि बताए। यसैगरि उनले राज्यको पर्ययन चरणबद्ध रूपमा खोल्न प्रयास गरिँदैछ भन्दै त्यसको निम्ति कुन होटल खोल्ने त्यसको निम्ति एसओपी सुविधाहरू के के हुनुपर्ने भन्ने बारे विस्तृतमा एसओपी बनाउने र होटलको लागी मात्र नभएर टुर एण्ड ट्राभपल्सको लागी पनि गरिने छ भनि बताए। यसबारेमा मुख्यन्त्रीसित पनि गत शुक्रबार बैठक गरेर एसओपीबारे पर्यटन विभागको तर्फबाट आफैले प्रस्तुती पनि दिएको तथा उक्त एसओपी अन्तिम नभएको बताएका जानकारी दिए।
अर्कोतिर स्वास्थ्य विभागको आफ्नै एसओपी हुने तथा त्यसबारे स्वस्थ्य विभागले आफ्नै प्रकारले नियम बनाउनसक्छ भनी निर्देशक मिणाले बताए। यसैगरि उनले होमस्टे, होटल रिसर्टको लागी भने देशभरि जुन निर्देशन चलिरहेको छ त्यसैको आधारमा लागु गरिने तर पर्यटन पुनः खोल्ने बारेमा भने राज्यको आफ्नै दिशा निर्देश हुनेछ भनि बताए। आगामी अक्टोबर 10 तारिकसम्ममा पर्यटन खोल्न सम्भव हुने तथा यसबारेमा मुख्यमन्त्रीको अध्यक्षतामा बसेको उच्च स्तरीय बैठकमा पर्यटन टास्कफोर्स गठन गरिने निर्णय गरिसकेको अनि यसै हप्ता गठन गरेर सोमबारदेखि कार्यरूपमा जाने बताए। उनले प्रथम चरणमै सबै होटललाई खुल्ला नगर्ने अनि यसको निम्ति कोविड गाइडलाइन ध्यान दिने होटलहरूलाई खुल्ला गरिने बताए।
अर्कोतिर राज्यको कुन कुन पर्यटन साइट खोलिनेछ भन्नेबारेमा बताउँदै भने, टुरिष्ट साइटको निम्ति पनि एसओपीको खेस्रा तयार गरिएकोछ र के कस्तो कुरा गर्नुपर्ने त्यसबारे पनि उल्लेख गरिएको छ। सबै पर्यटन साइट खोलिने छैन तर खोल्न अघि सबै प्रकारको तयारी पुरा गर्न चाहेका छौं भनि बताए। कोविड 19 को विभिन्न मानदण्ड र निर्देशनबारे पार्यटन हितधारकहरूलाई पनि प्रशिक्षित गरिने तथा उक्त प्रशिक्षितहरूले अरू सदस्यहरूपाई पनि प्रशिक्षित गराउनेछ भन्दै सोमबारदेखि प्रशिक्षण प्रदान गरिने भएको बताएका छन्।
अर्कोतिर सिक्किम आउने पर्यटकहरूको निम्ति विशेष प्रावधानहरू पनि राख्ने निधो गरिरहेको बताए। जसमा सिक्किम आउने पर्यटकहरूले पहिले पर्यटन विभागको पोर्टलमा पञ्जिकृत गर्नुपर्ने छ जसले गर्दा सबै पर्यटक ट्र्याकिङमा रहनेछ भन्दै लक्जरी वाहनमा मात्र पर्यटक बोक्ने व्यवस्था पनि गरिने तथा यसको निम्ति ट्र्याकिङकै निम्ति समस्या नहोस भनेर अहिलेसम्म लक्जरी वाहनलाई मात्र दिने निर्णय गरिएको तर अहिलेसम्म यो अन्तिम निर्णय नभएको बताए।
यसैगरि पर्यटन साइटहरू खोल्ने बारेमा पर्यटन विभागको अधिनमा रहेको साइटहरू खोल्ने प्रयास गर्ने तथा निजी संस्थाहूरको अधिनमा रहेकोहरूबारे भने अहिले नखोल्ने तथा दोस्रो चरणमा खोल्ने विषयमा पहल गर्ने पनि बताए। सबै पर्यटकीय साइटहरू पनि चरणबद्ध तरिकाले खोल्नेबारेमा चर्चा गरिरहेको बताएका छन्।
सरकारको निर्णय़प्रति पर्यटन हितधारक र व्यावासायीहरू भने राहतको श्वास लिइरहेका छन् भने पुनः पर्यटन खोलिएमा डुब्दो आर्थिक स्थितिमा सुधार हुने आशा व्यक्त गरिरहेका छन्। यद्यपी कतिपय मानिसहरू भने पर्यटक भित्रिए कोविड 19 को संख्या बढ्ने भयले पनि अक्रान्त रहेको पाइएको छ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!