Loading... आजः शुक्रबार , श्रावण ११, २०८१

सिक्किममा 20 अप्रेलदेखि किसान, श्रमिक र कर्मचारीलाई फुक्को गरिनेछ छः मुख्य सचिव


गान्तोक, 18 अप्रेल। कोविड 19 को महामारीबाट बच्न भारत सरकारले गरेको राष्ट्रिय लकडाउनको दोस्रो चरण बीच केही कुरालाई भने छुट दिने निर्णय गरिएको छ। सिक्किम सरकारको मुख्य सचिव एससी गुप्ताले आज मिडिया ब्रिफिङमा आगामी 20 अप्रेलदेखि लकडाउनमा दिइऩे केही छुटहरूको बारेमा जानकारी दिएका छन्। उनले भारत सरकारको नयाँ दिशा निर्देशन र राज्य सरकारले तय गरेको मानदण्डहरूको बारेमा अवगत गराउँदै 20 अप्रेलदेखि निर्माणमा खटिएका मजदूर, एमजी नरेगाका श्रमिक, किसान र सरकारी कर्मचारीहरूलाई लकडाउनको समय पनि हिँडडुलको अनुमति दिइने छ। यद्यपी मजदूरहरू पहिलेदेखि नै सिक्किममै काम गर्दै आएको तथा निर्माण कार्यहरूमा प्रयोग गरिने सामान पहिलेबाटै आयत गरिएको हुनुपर्ने बताएका छन्। यसैगरि चलाचलको समय मास्क लगाउन अनिवार्य गरिएको छ भने सार्वजनिक स्थलहरूमा थुक्ने तथा फोहोर गरेको फेला परेमा जरिमान गरिने पनि बताए। मुख्यसचिवले आगामी 3 मईसम्म अन्य निकायहरूमा लकडाउन यथास्थितिमा नै पालन गरिनुपर्ने आह्वान पनि गरेका छन्। उनले सिक्किममा अहिलेसम्म कुनै पनि कोविड 19 को संक्रमण नहुनुमा सरकारको पहललाई जनताले गरेको समर्थककै प्रतिफल हो भनि बताएका छन्। उनले आगामी 3 मईसम्मको लकडाउनलाई अझ कडा गरेर सबैले पालन गरिदिनुपर्ने आह्वान पनि गरेका छन् अनि छुट सिमितरूपमा दिइएको पनि बताएका छन्। सिक्किमबाट कोविड 19 को शङ्कामा 78 वटा स्वाबको नमुना जाँचको निम्ति पठाइएको थियो। ती मध्ये सबै नमुनामा कोविड 19 नकारात्मक भेटिएपछि अहिले भारतको एकमात्र राज्य सिक्किम कोविड-19 शुन्य राज्यको रूपमा रहेको छ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!