Loading... आजः शनिबार , श्रावण १२, २०८१

सिक्किममा 21 जुलाई देखि एक हप्ता हुने पूर्ण लकडाउन जनता आत्तिने काम छैन अहिले स्थिति नियन्त्रणमा रहेको छः मुख्यमन्त्री तामाङ


गान्तोक, 20 जुलाई। सिक्किम सरकारले बड्दो कोरना संक्रमणलाई ध्यानमा राखेर भोलि 21 जुलाईदेखि 27 जुलाईसम्म राज्यमा पूर्ण लकडाउन पालन गर्ने घोषणा गरेको छ। यसबारेमा मुख्य सचिव एससी गुप्ताले आदेश जारी गर्दै भोलि बिहान 6 बजीदेखि 27 जुलाईसम्म राज्यभरि लकडाउन गरिने बताएका छन्। यसबारेमा राज्यका मुख्यमन्त्री पीएस तामाङले पनि जनताको नाममा एउटा भिडियो सम्बोधन जारी गर्दै अहिले पनि सिक्किममा स्थिति नियन्त्रीत रहेको बताउँदै देशको सुरक्षासित सम्झौता गर्न नसक्ने अनि सिक्किम सीमावर्ती राज्य भएको तथा छिमेकीसित अहिले अवस्था प्रतिकूल भएको कारण राज्यबाहिरबाट सेनाको हात हतियार गोलाबारुद भित्र्याउन अनुमति दिनु परेको अनि ग्रेफका जवानहरूलाई भित्रिन दिँदा संक्रमण भएको तर उनीहरूकै कारण राज्यवासीले शान्तिसित बाँच्न पाइरहेको बताएका छन्। यसैगरि उनीहरूको शिघ्र स्वास्थ्य लाभको कामना पनि गरेका छन्। केन्द सरकारको आदेश अनुसार नै राज्य बाहिर रहेका सिक्किमेलाई फर्काइल्याइएको अनि उनीहरूको पनि महामारीमा आफ्नो घर परिवारसम्म आइपुग्न अतिनै जरूरी थियो, मुख्यमन्त्री तामाङले भने।
उनले कोरोना भाइरसलाई लिएर जनता आत्तिनुपर्ने कुनै अवस्था छैन। स्थिति पूर्ण नियन्त्रणमा छ उपचारमा रहेका रोगीहरू जाती हुँदैछ राज्यमा अहिलेसम्म कसैको मृत्यु भएको छैन भनि बताए। आइसोलेशन बाहिर भएकालाई पनि चिन्हित गरिएको छ। आइसोलेशन बाहिर रहेकाहरूबाट भाइरसको चेन चुडाउन 21 जुलाईदेखि लकडाउनको घोषणा गर्दछु। जनताले राज्यको हीतमा पूर्ण रूपमा पालन गरिदिनेछ भन्ने आशा व्यक्त गरेका छन्। उनले सबै राज्य र केन्द्र सरकारको कार्यालय, संस्थानहरू सबै बन्द रहनेछ।
राष्ट्रहीतलाई ध्यानमा राखेर सेना, अर्ध सेना ग्रेफलाई भित्रिन दिइऩे छ। तर उनीहरूको आवश्यक जाँच गरिनेछ भनि बताए। उनले लकडाउनको कठोर निर्णय लिनुपरेकोमा जनताले साथ दिने विषयमा पनि विश्वास व्यक्त गरेका छन्।
आज जारी आदेश अनुसार 21 जुलाई 6 बजीदेखि 27 जुलाई 6 बजी बिहान सरकारी कार्यालय, दोकान, कारखाना संस्थान, सबै बन्द रहनेछ। यसैगरि कार्यक्रम बैठक भेला हुने कार्यक्रम बन्द रहनेछ। आवश्यक सामान बोक्ने वाहन, पेट्रोलियम, एलपीजी, दुध, खाद्यन्न सब्जी बोक्ने वाहनहररू खुल्ला रहनेछ। खाद्यन्न, ग्रोसरी, मासु, चारो, दोकानहरू खुल्ला रहनेछ। 8 बजीदेखि 5 बजीसम्म खुल्ला रहनेछ भने दवाई दोकान 7 बजीसम्म चालु रहनेछ। अस्पताल, भेटनेरी, टेलिकम, ब्याङ्क, एटीएम,पावर, पानी, अर्बन सर्विसेस, हुलाक, मिडिया, ओल्ड एज होम, आगनवाडी वाहनहरू आवश्यक मानदण्ड पुरा गरेर चल्न पाउनेछ। सेना र प्यारा मिल्टेरीलाई छुट दिइएको छ भने आपतकालीन वाहनहरू चल्न सक्नेछ। आपतकालिन चिकित्साको निम्ति भने कागजपत्र देखाएर गर्न पाउने। मेडिकल वाहन मात्र आवत जावत गर्ने अनुमति छ। बाहिर जाने ट्रक खालि जानुपर्नेछ भने फार्म कम्पनीका ट्रकहरू लोडिङ गरेर जान पाउनेछ। यसैगरि विहे मरौमा 20 जना मात्र उपस्थित हुनुपर्ने छ भने एमजी नरेगा, खेती निरन्तर चल्नेछ। कोरियर र सेक्युरिटि सेवा निरन्तर चल्नेछ। ट्रेनिङ कोचिङ शिक्षा संस्थानहरू सबै 31 अगस्तसम्म बन्द निरन्तर रहनेछ। यसैगरि प्रत्येक दिन लकडाउन अवधिमा 7.30 बजीदेखि बिहान 6 कर्फ्यु लगाइएको छ भने दिशा निर्देश उलङ्घन गर्नेहरूलाई कानुनी कार्वाही गरिने पनि बताइएको छ।
अर्कोतिर आज मात्र 22 वटा नयाँ कोरना पोजेटिभ मामिला आएको छ। यसका साथै सिक्किममा अब 213 वटा एक्टिभ मामिला उपचाराधिन बनेको छ। यसका साथ अहिलेसम्म 305 वटा कोरोना संक्रमण पुष्टि भएमध्ये 92 जना निको भइसकेका छन्। अहिलेसम्म 16 हजार 9 सय 6 जनाको नमुना जाँच गरिएको छ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!