Loading... आजः शनिबार , श्रावण १२, २०८१

सिक्किममै भविष्य खोजिरहेका विद्यार्थीहरूको निम्ति विश्वविद्यालय आवश्यक छ, विद्यार्थी आन्दोलनलाई हाम्रो पूर्ण समर्थन छ- केबी राई


गान्तोक, 10 अगस्त। सिक्किम राज्य विश्वविद्यालयको निर्माण प्रक्रियामा ढिलाई र सरकारको अकर्मण्यतामाथि प्रश्न उठाउँदै सिक्किम रिपब्लिकन पार्टीले निर्माणकार्य तुरन्तै गरेर सिक्किमे विद्यार्थीहरूलाई शैक्षिक सुरक्षा सुनिश्चि गर्नुपर्ने माग गरेको छ।

एसआरपी अध्यक्ष केबी राईले एउटा भीडीयो बयान जारी गर्दै भनेका छन्, वर्ष 2003 मा सिक्किम विधानसभामा भई 2014 देखि सञ्चालनमा ल्याईएको सिक्किम राज्य विश्वविधालयको विषय लिएर उच्च शिक्षा अध्ययनरत सिक्किमे विधार्थीहरुले संयुक्त रुपमा जुन आवाज उठाईरहेका छन् त्यो समय सापेक्ष र न्यायसम्मत आवाज हो। देशको मूल भु-भागदेखि हजारौ माईलको दुरीमा अवस्थित यो सीमावर्ती राज्य भारतीय गणराज्यको ईतिहासमै कान्छो र पछौटे राज्य हो। स्वतन्त्र भारतको मानचित्रमा मूलत:अठाह्र वर्षपछि समावेश भएको यस विकट हिमाली राज्यले वर्षौंको संघर्षपछि एउटा केन्द्रिय विश्वविधालय पाएको छ। यध्यपि यसले सिक्किमेली विधार्थीका उच्च शिक्षाको तृष्णालाई पूर्ण रुपले सम्वहन गर्न सकिरहेको छैन। केन्द्रीय विश्वविधालय भएकै कारण पनि यसको आफ्नै सीमितताहरु छन् त्यस विश्वविधालयमा रैथाने सिक्किमेहरुले सीमित कोटा मात्र उपभोग गर्न पाउँछन्।

उनले अझ भनेका छन्, रहल देशसित जोड्न सिक्किमसित केवल एउटा राष्ट्रिय सड़क मार्ग छ र त्यो पनि रुग्न अवस्थामा रहिआएको छ। सिक्किमको आर्थिक पछौटेपन र भौगोलिक विकटताको कारणले पनि सिक्किमका बहुसंख्यक विधार्थीहरु उच्च शिक्षाको चाह पुरा गर्न सिक्किम बाहिर असमर्थ छन्। अत:तिनै विषयहरुलाई ध्यानमा राख्दै सिक्किम सरकारले सिक्किम राज्य विश्वविधालय स्थापना गर्ने निधो गरेको हो। 2003 मा कानुन बनाएर 2018 देखि सञ्चालनमा ल्याईएको उक्त विश्विविधालयको अवस्था भने लाजमर्दो रहिआएको छ। उक्त विश्वविधालयमा नेपाली र संस्कृत भाषाको अध्ययन सिवाय अन्य विषयको अध्ययन शुरु नहुनु ,योग्य प्राचार्यहरुको नियुक्ति नगराईनु , विश्वविधालयको नीजि भवन नहुनु , आदि समस्यै समस्याको घेरोभित्र सिक्किम राज्य विश्वविधालयले केवल नामको मात्र अस्तित्व धानीरहेको अवस्था रहेको छ भनि उनले समालोचना गरेका छन्।

Insert your Ads code here

अध्यक्ष राईले अझ थपेका छन्, हाल सिक्किममै आफ्नो भविष्य खोजिरहेका विधार्थीहरुले सरकार समक्ष जुन मागहरु उठान गरि आन्दोलनरत छन् त्यो नितान्त कानुनसम्मत भएको हुनाले उक्त विधार्थी आन्दोलनलाई सिक्किम रिपब्लिकन पार्टी हरसम्भव समर्थन जनाँउदछ| विश्वविधालय खोलिदिने र यूजीसीबाट स्वीकृति लिईदिने र चुपचाप बस्नाले सरकारको जिम्मेवारी त्यही टुङ्गिदैन। सरकार आवश्यक पूर्वाधारहरु पूरा गर्न पनि त्यतिकै गम्भीर र जिम्मेवार बन्नुपर्छ उनले भनेका छन्।

अर्कोतिर अध्यक्ष राईले भनेका छन्, पच्चीस वर्षे छिप्पटे सरकारलाई परिवर्तनको नाराले ढालेर हाल एसकेएम पार्टीले नयाँ सरकार गठन गरेको छ। जसले चुनाउ अगावै शिक्षाको क्षेत्रमा नवीकरण गर्ने नयाँ नौलो घोष्णाहरु गरेको छ। त्यसकारण विधार्थीहरुको आन्दोलनले दावानलको स्वरुप लिनुभन्दा अघि नै वर्तमान सरकार विधार्थीवर्गले उठाईरहेका ति जायज मागहरुप्रति अत्यन्तै गम्भीर बन्नुपर्ने छ। किनभने आजको विधार्थी भनेकै भोलिको समाज जिम्मा लिने अभिभावकहरु हुन्। जसको भविष्यसितको खेलवाड कुनै शर्तमा पनि सहनीय हुनै सक्तैन , रहनै सक्तैन। सिक्किम रिपब्लिकन पार्टी सिक्किम राज्य विश्वविधालयका विधार्थीहरुको उक्त आन्दोलनको पक्षमा चट्टान सरह खड़ा रहेर उनीहरुको आवाजलाई कदाचित दब्न नदिई न्यायका निम्ति बराबर आवाज बुलन्द गर्न कम्मर कस्दछ भनि विद्यार्थीको पक्षमा एसआरपी उभिएको बताएका छन्।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!