Loading... आजः शनिबार , श्रावण १२, २०८१

सिक्किमले कोभिड-१९ विरुद्ध उल्लेखनीय काम गर्दैछ : एलआर विश्वानाथ


गुवाहाटी, २ जुलाई, २०२०| कोभिड-१९ विरुद्धको सङ्घर्षमा सिक्किमले उल्लेखनीय काम गरिरहेको सूचना एवं प्रसारण मन्त्रालय अन्तर्गत पूर्वोत्तर क्षेत्रका महानिर्देशक एवं विभाग प्रमुख एलआर विश्व्नाथले बताएका छन्| सिक्किमले कोभिड महामारी विरुद्ध चालेको कदमहरू प्रकाश पार्दै उनले वेबिनारलाई सम्बोधित गरिरहेका थिए, ताकि अरू राज्यले पनि सिक्किमको पदक्षेपहरू अनुकरण गर्नसकून्| ‘सिक्किममा प्रभावी कोभिड प्रबन्धन – अनुकरणीय पहल’ विषयमा पत्र सूचना कार्यालय, गुवाहाटीद्वारा आजको वेबिनार आयोजित गरिएको थियो|
यस्तो सङ्कतको स्थितिमा वेबिनारको प्रभावबारे बोल्दै एलआर विश्वपनाथले अनुकूल सञ्चार रणनीतिको परिवेशमा नीति निर्णय लिने प्रमुख व्यक्तिहरूका साथमा सञ्चार रणनीति तयार पार्ने र त्यसलाई कार्यान्वयन गर्ने पत्रकारहरूले एकजुट भई वर्तमान सङ्कटको स्थितिबारे चर्चा गर्दै जनसाधारणसम्म प्रसारित गर्ने विश्वहसनीय माध्यम बनेको बताए| पूर्वोत्तरका राज्यहरूमा सङ्कटको स्थिति कसरी व्यवस्थित गरिँदैछ भन्ने विषयमा पत्रकारहरूलाई सचेत गराउन पीआइबीले कोभिड-१९ विषयमा शृङ्खलाबद्ध रूपमा वेबिनार आयोजन गरिरहेको पनि उनले बताए|
कोभिड-१९ महामारीको समय सिक्किम सरकारले शुरुदेखि नै आवश्यक रोकथामका उपाय अप्नाउँदै सङ्कटको स्थितिलाई प्रभावी तरिकाले सम्हालेको सिक्किम सरकारका कोभिड-१९ समन्वयक एवं कनिष्ठ सचिव सन्नी खरेलले वेबिनारलाई सम्बोधन गर्ने क्रममा जानकारी दिए| सिक्किम सरकारले कोभिड-१९ नियन्त्रित राख्न अप्नाएको रणनीतिबारे पनि उनले विस्तारका साथ जानकारी दिए| हालसम्म ६ लाख ५० हजारभन्दा धेरै व्यक्तिको जॉंच राज्यले सम्पन्न गरिसकेको उनले अवगत गराए| रोकथाम उपायको रूपमा सिक्किम सरकारले शुरुमै पर्यटकहरूको प्रवेशमाथि बन्देज लगाएको हुँदा महामारी फैलिन नदिन धेरै सघाउ पुगेको उनले जानकारी दिए|
यसै गरी इण्डियन इन्स्टीट्युट अव् मास कम्युनिकेशनका सहायक प्रोफेसर डा. सी लालमुआनसाङकिमीले प्रभावी कोभिड प्रबन्धनका लागि सञ्चार रणनीतिबारे अवगत गराए|
वेबिनारमा सिक्किमबाट समिट टाइम्स अङ्ग्रेजी दैनिकका सम्पादक पुरण तामाङ, प्रेस क्लब अव् सिक्किमका अध्यक्ष जोसेफ तामाङ तथा दैनिक मिरमिरे नेपाली दैनिकका सम्पादक किशोर मोक्तान प्रमुख वक्ता थिए, जसले सिक्किमा कोभिड-१९ विरुद्ध जागरूकता फैलाउन सामाजिक सञ्जालको उपयोग विषयमा बोले| राज्य बाहिरबाट सिक्किम फर्कनेहरूको समुचित प्रबन्धनका साथै लकडाउनको अवधिमा आपूर्ति शृङ्खलालाई निरन्तरता प्रदान गर्न कृषकहरूको सहयोग धेरै महत्त्वपूर्ण रहेको बताए|
यस अवसरमा पत्र सूचना कार्यालय, गुवाहाटीकी संयुक्त निर्देशिका श्रीमती कीर्ति तिवारीले स्वागत सम्बोधन पेश गरिन् भने पीआइबी शिलङका मिडिया एवं सञ्चार अधिकारी गोपाजीत दासले वेबिनारको सञ्चालन गरेका थिए| (पीआइबी)

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!