Loading... आजः बुधबार , मंसिर १९, २०८१

सिक्किमले पनि देशसित ऐक्यबद्धता जनाउँदै सहीदहरूलाई चडायो श्रद्धाञ्जलि


सिक्किमवासी चिन्तित नहुनु हाम्रो सीमानामा कसैले केही गर्नसक्दैनःराज्यपाल प्रसाद

गान्तोक, 19 जुन। भारत-चीनको सेनाबीच लद्दाखको गलवानमा भिड्न्त हुँदा सहीद बनेका 20 जना भारतीय सैनिकलाई सिक्किमले पनि देशसित ऐक्यबद्धता जाहेर गरेर श्रद्धाञ्जलि अर्पण गरेको छ। राजधानी गान्तोकको एमजीमार्गमा शुक्रबार बिहान सिक्किमको राज्यपाल गङ्गा प्रसाद, राज्यको शहरी विकास तथा आवास मन्त्री अरूण उप्रेती, भाजपाका गान्तोक क्षेत्रका विधायक वाई टी लेप्चा, गान्तोक नगर निगमका मेयर शक्तिसिंह चौधरी, भाजपा कार्यकर्ता अनि आम नागरिकले सहीदहरूको तस्वीर अगाडि दियो बालेर खादा पुष्प अर्पण गर्दै देशको निम्ति उनीहरूले दिएको उच्च शहादतको सम्मान गर्दै सिक्किमेको पक्षबाट श्रद्धाञ्जलि अर्पण गरे। श्रद्धाञ्जलि कार्यक्रम 11 बजी बिहादेखि अपराह्न 5 बजीसम्म सहीद बेदीमा जो कोहीले पनि आएर श्रद्धाञ्जलि अर्पण गर्न सकिने बताइएको छ। कार्यक्रममा दुइ मिनटको मौन धारण गरेर सहीदहरूको चीर शान्तिको कामना गरे। राज्यपालले पत्रकारहरूसित कुराकानी गर्दै भने त्यसो त भारत शान्तिप्रिय देश हो शान्तिको साथ छिमेकीसित पनि शान्तिसित रहन चहान्छ यदी कसैले गलत गर्छ भने त्यसको जवाफ दिइऩेछ। उनले अझ भने, भारतको जनतामा जुन आक्रोश छ अनि बदला लिनुपर्छ भन्ने माग छ त्यसबारे सरकार अनि सेनाले गम्भीरताले चिन्तन गर्दैछ। अब 1962 को भारत छैन अहिले अनि सामरिक रूपमा पूर्ण रूपले सक्षम छ अहिले आफ्नो सीमानाको रक्षा गर्न पूर्ण रूपमा सक्षम रहेको उनले बताए।

Insert your Ads code here

यसैगरि उनले भारतीय सेनाले धेरै कठीनाइ हुँदा पनि जवानहरू सीमाना सुरक्षामा लागिरहने गरेको अनि सहीद भएकाहरूप्रति सैब चिन्तित रहेको तथा घटनाको सही जवाफ दिने बताए। उनले सीमानाको विवादबारे अहिले वार्ता पनि चलिरहेको तर देशको भूमीको प्रत्येक इञ्चको सुरक्षा गर्नको निम्ति भारतीय सेना तयार रहेको तथा एक एक इञ्च सुरक्षा गर्न तत्पर छ भनि बताए। उऩले अझ भने हाम्रो कुनै हिस्सा कुनै सीमाना सुरक्षा गर्न सैन्यबल तयार छ सिक्किमवासीलाई चिन्ता नगर्ने आह्वान गर्छु हाम्रो सीमानामा कसैले केही गर्न सक्दैन यसको सुरक्षाको निम्ति हामी पूर्ण रूपमा सक्षम छौं। यसैगरि मन्त्री उप्रेतीले सिक्किमेहरूको पक्षमा गलवानमा सहीद भएकाहरूप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै उनीहरूको परिवारप्रति हार्दिक सम्वेदना प्रकट गरे। यसैगरि भाजपा विधायक वाइटी लेप्चाले सहीदहरूको आत्मा शान्तिको कामना गर्दै उनीहरूको परिवारलाई सिक्किमेको पनि साथ रहेको कुरा अवगत गराउन यो श्रद्धाञ्जलि कार्यक्रम राखेको बताए। यसैगरि उनले श्रद्धाञ्जलि कविता पनि सुनाएका थिए। कार्यक्रममा भाजपा उपाध्यक्ष जीडी अग्रवालले यो श्रद्धाञ्जलि अर्पण गरेर सहीदहरूको सम्मान गरेको तथा उनीहरूको परिवार प्रति सिक्किमेको सम्वेदना रहेको बताए।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!